प्रदेश नम्बर १ को नाम किरात राख्ने लिम्बू नेताहरुको प्रस्ताव

wwwjerungfilmswwwjerungfilms 10 Nov 2021

बिराटनगर – प्रदेश नम्बर १ को नाम किरात राख्न प्रस्ताव गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही समय अघि भोजपुर जाने क्रममा शुक्रबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा प्रदेश १ को नाम पहिचानका आधारमा राखिने बताएका थिए । लामो समयदेखि लिम्बूवानजन्य संगठनहरुमा काम गनरेका नेताहरुले प्रदेश नम्बर १ को नाम किरात राख्न प्रस्ताव गरेका छन् ।

मंगलबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईलाई विराटनगरमा भेटेर प्रदेश नम्बर १ को नाम किरात राख्न प्रस्ताव गरेका हुन । यसरी प्रस्ताव गर्नेहरुमा डिल्लि मिभक लिम्बू(तेन्धङ), नवीन किराती, ओमराज धामी लगायतका नेताहरु रहेका छन् ।
मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाउदै प्रदेशको नाम किरात राख्न प्रस्ताव गरेका हुन् ।

तेन्धङ मिभक लामो समय कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, कमल छाराहाङ लगायतका नेताहरुसँग संगठनको केन्द्रीय उपाध्यक्षसम्म भएर काम गरेका ब्यक्ति हुन् । नबीन किराती किरात वर्कस पार्टीको अध्यक्ष हुन् । यी नेताहरुले पछिल्लो सयम किरात मोर्चा गठन गरेर प्रदेशको नाम किरात राख्न पहल गर्दै आएका छन्।

मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाउदै प्रदेशको नाम किरात राख्न प्रस्ताव गरेका हुन् ।तेन्धङ मिभक लामो समय कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, कमल छाराहाङ लगायतका नेताहरुसँग संगठनको केन्द्रीय उपाध्यक्षसम्म भएर काम गरेका ब्यक्ति हुन् । नबीन किराती किरात वर्कस पार्टीको अध्यक्ष हुन् । यी नेताहरुले पछिल्लो सयम किरात मोर्चा गठन गरेर प्रदेशको नाम किरात राख्न पहल गर्दै आएका छन्।

इतिहासको काल खण्डमा किरात सभ्यता सुसम्पन्न भएको दावि गर्दै नेपाली राष्ट्रियताको जग भएको ध्यानआकर्षण पत्रमा उल्लेख छ । किराती समुदायको भाषा, लिपी, संस्कृतिको बिकास गर्न प्रदेशको मिक्लाजुङ गाउँपालिकाको टाँडीमा किरात मुन्धुम विश्व विद्यालय सञ्चालन गर्न लागिएकोले सहयोग गर्न प्रदेश सरकारसँग अनुरोध गरेको छ । विश्व विद्यालय सञ्चालन गर्न किरात विद्दत परिषद गठन भएर काम अगाडि बढाइएको उल्लेख छ ।

मुख्यमन्त्री राजेद्र राईले बहुपहिचानको आधारमा प्रदेशको नाम राख्न पहल गर्ने बताए । किरात मुन्धुम विश्व विद्यालयको हकमा प्रदेश सरकारले सकेको सहयोग गर्न बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...