माओवादी कम्युनिष्ट पार्टीको संयुक्त प्रेस बिज्ञप्तिमा एमसिसि खारेज राष्ट्रिय अभियान

wwwjerungfilmswwwjerungfilms 10 Nov 2021

काठमाडौ । एमसीसी खारेज राष्ट्रिय अभियान सम्बन्धमा एमसिसि खारेज राष्ट्रिय अभियान र माओवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त प्रेस बिज्ञप्ति जारि गरेका छन ।
प्रेस विज्ञप्तिमा भनिएको छ:

एमसीसी खारेज राष्ट्रिय अभियान सम्बन्धमा संयुक्त प्रेस विज्ञप्ति

संयुक्त राज्य अमेरिकाको एमसीसी परियोजना उसको साम्राज्यवादी इन्डोप्यासिफिक सैन्य रणनीतिको प्रत्यक्ष अंग भएको त्यसले नेपालको असंलग्न परराष्ट्र नीति ठाडै उलंघन गर्ने नेपालको सार्वभौम स्वाधीनता शान्तिपूर्ण गणतान्त्रिक व्यवस्था विरुद्ध अनाहकमा वैदेशिक युद्ध थोपर्ने देशद्रोही परियोजना ठहर भइसकेको हुँदा एमसीसी परियोजनाको पूर्ण खारेजीका लागि देशभक्त नेपाली जनता एकमत प्रदर्शनमा छन् एमसीसी सम्झौताले नेपालको राष्ट्रिय आत्मनिर्णयको अधिकार स्वतन्त्रता सँगसँगै जनयुद्ध, जनआन्दोलन मधेस आन्दोलनका गणतन्त्रलगायत उपलब्धीमाथि मानवता विरोधी आपराधिक युद्ध थोपर्ने उद्योग गरिरहेको जगजाहेर अतः यस्तो संगीन सवालमा हामी निम्न दुई पक्षवीच जिम्मेवार वार्ता गरी अमेरिकी इन्डो(प्यासिफिक सैन्य रणनीतिको प्रत्यक्ष अंग एमसीसी परियोजनालाई ध्वस्त पार्ने संकल्प गर्दै त्यस निमित्त व्यवस्थित दीर्घकालीन संघर्षको योजना निर्माण गर्दै अघि बढ्ने प्रतिवद्धता सहित निम्न सहमतिको निर्णय सार्वजानिक गर्दछौं

. महाकाली सन्धिको राष्ट्रघात साँक्षी , नेपाली जनतालाई साम्राज्यवादी कम्पनी सरकारको दासमा बदल्ने देशद्रोही एमसीसी कार्यान्वयन गर्न लागि परेको गठबन्धन सरकारको नेतृत्वलाई सुगौली सन्धिका गद्धारहरु चन्द्रशेखर उपाध्याय गजराज मिश्रको राष्ट्रिय आत्मसमर्पणवादी गद्धारी नदोहर्याउन कडा शब्दमा खवरदारी गर्दछौं , विशेषतः माओवादी तथा पूर्व माओवादीका जिम्मेवार नेताहरु समक्ष महान जनयुद्धमा, राष्ट्रिय स्वधीनता खातिर बगेको अमर सहिदहरुको अमूल्य रगतको अपमान होइन, सम्मान गर्दै देशभक्त नेपाली जनता एवं गणतन्त्र नेपालको रक्षा विकास पक्षमा दृढतापूर्वक उभिन यसैसाथ गम्भीर आग्रह गर्दछौ

. . निर्ग नवीन संयोजक रहनु भएको एमसीसी खारेज राष्ट्रिय अभियानले यस अघि जसरी देशभक्तिपूर्ण संघर्ष गर्दै आएको , राष्ट्रिय स्वाधीनता गणतन्त्रलाई एकीकृत रुपमा सुदृढ गर्ने दृष्टिकोणप्रति यो अभियान दृढ अविचल रुपमा अग्रसर रहने थप प्रतिवद्धता गर्दछ

.खासगरी, देशभक्त प्रगतिशील एवं गणतन्त्रवादी युवाहरु संगठित रहेको भरोसायोग्य एमसीसी खारेज राष्ट्रिय अभियानको साझा, स्वतन्त्र तथा जुझारु संघर्षप्रति माओवादी कम्युनिष्ट पार्टी, नेपाल दृढ समर्थ गर्दछ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...