आसन्न १२ औं राष्ट्रिय जनगणना २०७८ मा जेरुङ जातिको सवाल

wwwjerungfilmswwwjerungfilms 7 Nov 2021

नैन सेटाल्चु जेरुङ

मिति २०७८| ०७| २१  गते  आइतबार  

१ जेरुङ जातिको अवस्था र परिचय ।
जेरुङ समुदाय नौलख किरात माहाजाति र सभ्यता भित्रको एक अभिछिन्न राष्ट्र हो । जेरुङ जातिको  आफ्नै  भाषा, धर्म, संस्कार, संस्कृति, लिखित अलिखित इतिहास, भुगोल, परम्परागत भेषभुषा तथा प्रथाजनित कानुन, मौलिक पहिचान भएको एक समृद्धिशाली जाति हो तथापी नेपाल राज्य एकिकरण पश्चात चार जात, ३६ वर्णमा विभाजन भएसगै सानो र ठूलो जाति बनाउदै सानो जाति माथि विभेद र समुदाय शोषण हुनथाल्यो र फलस्वरुप नौलाख किरातहरु मध्य जिम्मेवारी पदवीलाई जातिमा परिनत हुनथाल्यो । हजारौ वर्ष अगाडी समाज वा राज्य संचालक राजा अर्थात राई प्रमुख पदवीलाई पदच्यूत पछि सान्त्वना स्वरुप राई, सुब्बा, मुखिया, जिम्मल, थरी, कारबारे, गौरुङ, ज्याबुढा, पदवी दिए, जसमध्य राई पदवीलाई २८ भाषाका सर्वसाधरण किरातहरुले जातिमा राई लेख्न सुरुवात गरेको इतिहास केलाउने हो भने १०० देखि १५० वर्ष वरिपरी मात्र पाइन्छ । राई लेख्न शुरुवात गरे देखि १४ वटा किरा भाषाहरु हराएर गएको छ भन्ने केहि विज्ञाहरुको भनाई पाइन्छ। त्यो भन्दा अगाडी र पछि, राई शासनकालमा  जेरुङ वा जिमी किरात लेख्ने सर्वसाधरण किरातहरुले राई लेखेको पाए जेलनेल, जरिवाना र दण्ड सजाय हुन्थ्यो ।

त्यसकारण शोषणबाट मुक्त बन्न र सम्मान हैसियत निर्माण गर्नको लागि यो अधिकार प्रयोग गरेको पाइन्छ । तथापी राज्यको रणनीति, जाति भाषा, धर्म, मौलिक पहिचान मेटाउने महत्वपुर्ण कुटनितिक अभियानलाई भने दह्रो सहयोग भयो । हामीले आफ्नो पहिचानलाई तिलाञ्जली दिदै गयौ । आज हामी सिमन्तकृत, लोपन्मुख अवस्थामा पुगेकाछौ जेरुङ जाति । त्यसकारण लोपन्मुख जेरुङ जातिको मौलिक पहिचानलाई राज्यको तथ्यङ्ककमा स्थापित गरी सुचिकृत गर्न जातिमा जेरुङ नै लेखौ र लेखाऔं ।

२ संक्षिप्त इतिहासमा महत्वपुर्ण भुमिका ।

हामी प्रत्यक दश दश वर्षमा हुने आउदो १२ औँ राष्ट्रिय जनगणना २०७८ को संघारमा छौँ । जनगणनाको यात्राले एक सय वर्ष पूरा गरेर दोश्रो शताब्दीको नयाँ बैज्ञानिक चरणमा प्रबेश गर्ने पहिलो खुड्किलो स्वरुप आगमी २०७८ कार्तिक २५ देखि मंसिर ९ गते सम्म  हुने राष्ट्रिय जनगणना शुरु हुदैछ । समयको विकाससँगै जनगणनाका नयाँ र मौलिक आयामहरु पनि थपिने क्रम जारी छ । जनगणनाको इतिहास हेर्ने हो भने औपचारिक रुपमा राणा प्रधानमन्त्री चन्द्र समशेरको पालामा बि.सं. १९६८ मा पहिलो पटक राष्ट्रिय स्तरमा पद्धतिगत जनगणना भएको थियो । हुन त जङ्गबहादुर राणाले पनि जनगणना गराएका थिए भन्ने इतिहास छ तर त्यो अनौपचारिक र हस्तलिखित दस्ताबेज भएकोले त्यसको तथ्याङ्क बाहिर आउन सकेन । पहिलो पटक जनगणना हुदा यसको मुल उदेश्य मुलुकमा कति संख्यामा महिला र पुरुष छन भनी किटान गर्ने मात्र थियो ।

त्यो पूरा परम्परागत ढंगबाट गरिएको सर्बेक्षण भएकोले विश्वसनीयतामा ज्यादै कमजोरी थियो । जनगणनाले फड्को मार्दै जादा जनसङ्ख्या मात्र होइन चौपाया, भुमी, शिक्षा, स्वास्थ आदि आयामहरुको लेखा जोखा हुन थाल्यो । पञ्चायतकालको अन्त्यसम्म पनि जनगणनाले त्यहि परम्परागत आयामलाई मात्र अगालि रहेको थियो । त्यो बेला आम जनताले अगालेका भाषा, जात र जाती, धार्म, सस्कृतिको तथ्याङ्क संकलनलाई प्राथमिकता दिइदैन थियो । यसको कारण थियो राज्यले लिएको एकल धर्म र एकल भाषाको नीति । हिन्दु धर्म र नेपाली भाषा बाहेक अरु धर्म र भाषालाई राज्यले सिधै नजर अन्दाज गरिदिन्थ्यो ।


३. पहिचान जागरणको युग
वि.स.२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चात पहिचानको जागरण युग सुरु भयो । आदिवासी जनजाती, दलित, मधेसी, मुस्लिम समुदायले जनगणनामा आफ्नो धार्मिक, भाषिक, सास्कृतिक पहिचानका विषय खुलाउने अभियान चला्यो । जनगणनाले पनि आफ्नो मापदण्डलाई कोरा जनसंख्याको टिपोटबाट बैज्ञानिकीकरण गर्दै विभिन्न समाजिक आयामहरु समेट्ने नयाँ शिर्षकहरु स्थापना गरे । फलतस्वरुप ९ औँ जनगणना २०४८ ले नेपालमा बसोबास गरिरहेका जातजातिको धार्मिक, सास्कृतिक, भाषिक विवरण सहितको तथ्यांक सार्बजनिक गर्यो । यो जनगणनाले पहिलो पटक देशमा विद्यामान ६० जातजातिको तथ्यांक सार्बजनिक गर्यो । यसले जातजातिको सुचीकरणको लागि आधार पत्र तय गर्यो ।

यो क्रम १० औँ जनगणना २०५८ मा आइपुग्दा झन बिकसित भई एउटा अभियानको रुप नै लियो । फलस्वरुप सरकारले यहि जनगणनालाई आधार मानेर वि.सं.२०५८ मा पहिलो चोटि जातजातिको सूचीकरण गर्ने काम गर्यो ।
आदिवासी जनजातिको सवालमा तत्कालीन सूचीकरण एउटा सुनौलो ईतिहास थियो । एकल धर्म र एकल भाषा अङ्गीकार गरेको देशमा पहिलो पटक जातजातिहरुले आफ्नो जातिय पहिचान सहित राष्ट्रिय मान्यता पाउनु आफैमा गौरवपुर्ण ईतिहास थियो । तर यो सूचीकरण आफैमा पुर्ण थिएन र आमरुपमा सर्बस्विकार्य भएन । कतिपय जातजातिहरु सूचीकरणबाट बञ्चित हुन पुगेका, एक जातिलाई अर्को जातिसँग मिसाइएका, एकै जातिलाई विभिन्न जातिमा बिभाजन गरिएका जस्ता गम्भीर गुनासो हुन थाल्यो । जातजातिहरुले पहिचानको अभियान जारी नै राखे । फलतः ११ औँ जनगणना २०६८ मा आइपुग्दा १२५ जातजाति र १२३ भाषी बसोबास गरिरहेको तथ्यांक संकलन भई सार्बजनिक भयो ।

४ जनगणनाको बैज्ञानिक पक्ष ।
अहिलेको उत्तर आधुनिक युगमा जनगणना कोरा जनसंख्याको टिपोट मात्र नभएर सामाजिक, आर्थिक, धार्मिक, रानितिक, प्रशासनिक तथा समाजमा विद्यमान बिबिध क्षेत्रको वास्तविक तथ्यांक संकलन र विश्लेषणको महत्वपूर्ण अध्यायको रुपमा लिइन्छ । अहिलेको जनगणनाको मुल मर्म भनेको पहिचान, शक्ति र सम्मानको तथ्यगत विवरण उतार्नु हो । संबिधानको मुख्य भावना भनेको समानुपातिक समाबेशीताको सिद्धान्त हो । संबिधानको भावनालाई जनगणनाले आत्मसात गरेन भने त्यो असंबैधानिक हुन्छ । अतः राज्यको हरेक तह र तप्कामा समानुपातिक समाबेशीताको आधारमा हरेक नागरिकको उपस्थिति सुनिश्चित गर्न जनगणनाले आधारपत्र तयार गर्नु पर्दछ

५ जेरुङ जातिको सवाल र भुगोल ।
किरात इतिहास केलाउदा मानव सभ्याता बिकासक्रमलाई हेर्ने हो भने चाइनाको कैलाशकुट, हंङगोतालबाट एलोनदी हुदै नेपाल आइपुग्ने पहिलो मानव माहाजाति किरातहरु थिए । नेपालको विभिनन क्षेत्रमा लगायत कान्तिपुरी नगरी पश्चात पुर्वतिर लाग्ने किरातहरु जसमध्य जेरुङले स्थाई बसोबासका लागि फडानी गरी बसेको चौरासक्षेत्र आसपास ओखल्ढुगा जिल्लाकोे पश्चिम, दक्षिण भुभाग, सिन्धुली, खोटाङ जिल्लाका केहि भुभागहरु जेरुङ जातिको मुख्य पुखौलि भुमीको रुपमा  मानिन्छ भने हाल सङ्खुवासभा, भोजपुर, पाचथर, इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर धनुषा, सिराहा, ललितपुर, काठमाण्डौ, भक्तपुर आदि जिल्लाहरु बसेको छन भने इन्डिया, युके क्यानडा, अन्या राष्ट्रहरुमा समेत आफ्नो मुल बसोबास बनाएर जेरुङ जाति   बसोबास गरेको पाइन्छ ।

यो जातिको आफ्नो छुट्टै भाषा, संस्कार, परम्परा र इतिहास रहेकोछ । सूचीकरणका लागि सरकारद्वारा तोकिएको मापदण्ड पूरा गर्दा गर्दै पनि यो जातिलाई आदिवासी जनजातिमा सुचिकृत हुनबाट बञ्चित गरियो । आफ्नो जातीय पहिचानलाई राज्यले बहिष्कार गरेको भनी जाति आन्दोलनरत छ । सूचीकरण सम्बन्धी असन्तुष्टिलाई सम्बोधन गर्न वि.स.२०६४ सालमा डा.ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाती सुचीपरिमार्जन नेपाल सरकार उच्चस्तरीय कार्यदलको सिफारिसमा पनि जेरुङ जाति पर्न सकेन ।


राज्यबाट यसरी भेदभावपुर्ण व्यवहार भइरहेको परिस्थितिमा राष्ट्रिय जनगणनालाई आफ्नो जातिय, भाषिक, सास्कृतिक, धार्मिक, मौलिक पहिचान स्थापना गर्ने माध्यमको रुपमा जेरुङ जातिले लिने रणनीति लियो । फलत स्वरुप एघारौँ जनगणना २०६८ मा दोस्रो पटक भाषागत रुपमा राज्यको दस्तावेजमा जेरुङ भाषा लेखाउन सफल भयो तथापि जातिको अस्तित्व राख्न सकेनौ । २०६८ को जनगणनाले मुलुक भर १७६३ जनाको सङ्ख्यामा जेरुङ भाषी जनसङ्ख्या देखायो । तर यो साङ्केतिक मात्र थियो । जेरुङहरुको सङ्ख्या बढी हुदा हुँदै नागरिकतामा राई लेखिएको कारण जेरुङहरुको संख्या राई जातिमा गणना हुन पुग्यो । यहि मिथ्यालाई सुधार गर्न जेरुङहरुले आउने बाह्रौं जनगणना २०७८ लाई अधिकतम सदुपयोग गर्ने अभियान चलाउन जरुरी छ


जस अन्तरगत जनगणनाको फारम भराउदा जातिको महलमा ः जेरुङ , पुर्खाको भाषाको महलमा ः जेरुङ, मातृभाषको महलमाः जेरुङ, दोस्रो भाषाको महलमा ः नजिकको किरात, आदिवासी मातृभाषा लेखाउने, धर्मको महलमा ः किरात/प्रकृति पुजक, पाछा थरको महलमा ः आ—आफ्नो पाछाहरु यसरी नाम पाछा जाती लेख्दा न्यायचित हुन्छ,  उदाहरणको लागि थर र जाति यसरी प्रस्तिनु पर्दछ किनकी हामीले जातिलाई थर भनिरहदा आफनो थर हराई रहेका छौ त्यसकरण नाम आमा बुबा, हजुरबा आमाको चिनो उपहार हो थर हाम्रो कुलचुला बंशज हो भने जाति स्वर भाषा बृहत बंशज हौ । यति लेख्न जरुरी छ तथापी मुक्दुम संस्कृतिलाई सार मान्दा मानव सृष्टी तथा सभ्याताकाल देखि आजसम्मका माहाजाति किरातहरु सबैलाई सेमेतिने छन प्रकृतिक पुजक जो हामी पृथ्वी च्याङमाखा, आकाश क्वाङमाखा, वनस्पति, बोट विरुवा, वन्यजन्तुहरु, पंक्ष्ीहरु, जल, जमिन ढुंगामाटो हावा, पानी,नागदेव, गरुड,काग,वादल तथा श्रृतुहरु सम्पुर्णलाई पुजा आरधना गर्ने किरात जति नै हौ । त्यसकारण माहाजाति भित्रको एक जाति जेरुङले यसरी नाम, थर जाति लेखौ र लेखाऔ

६.जेरुङ जातिको थरहरु/ पाछाहरुको महत्व किन छ ?
०१. जेरो जेरुङ  ०२ सेटाल्चु जेरुङ  ०३. सुत्राप्चु जेरुङ  ०४. कात्राप्चु जेरुङ  ०५. लायाम्चु जेरुङ  ०६. सादाम्चु जेरुङ  ०७. ढ्वाङखुम्चु जेरुङ  ०८. भावाचाचु जेरुङ  ०९. गुर्वाचु जेरुङ  १०. क्याम्पाचु जेरुङ  ११. ब्राङखाल्चु जेरुङ  १२. योक्का गुर्वाचु जेरुङ  १३. ख्वाल्टो गुर्वाचु जेरुङ  १४. टोपिले जेरुङ  १५ टोलुके जेरुङ  १६. टोलुपे जेरुङ  १७. रोके जेरुङ  १८ महारोके जेरुङ  १९. बिन्जराप जेरुङ  २०. कुचहरी जेरुङ  २१. सनके जेरुङ  २२ . सोनाके जेरुङ  २३. जिपाचा जेरुङ  २४. जैमनी जेरुङ  २५. जोवाई जेरुङ  २६ . जुरेली रोके जेरुङ  २७. ग्वाङखु जेरुङ  २८. गौराथोके जेरुङ  २९. हासपरे जेरुङ  ३०. जसपरे जेरुङ  ३१. ज्याक्बुढा जेरुङ  ३२. गुर्वाचु जेरुङ  ३३. स्वानाके जेरुङ ३४. सुर्यवंसी रोके जेरुङ  ३५.ड्वाङखुम्चु जेरुङ  ३६ सानो रोके जेरुङ  ३७. बाजिम जेरुङ आदी थप भए, आफ्नो  पाछाहरु लेखाई हाम्रो जाति भाषागत पहिचान स्थापना गर्नु पर्दछ ।


जेरुङ समुदाय र समाजमा जेरो शब्द प्रचलित रहेता पनि जेरो विकास गर्न २०६४ सालमा आदिबासी किरात जेरो रादु समाज दर्ता भएपछि जेरो विकास गर्न लागि परेको हामी सबै जानकार छौ तथापी अध्यान अनुसन्धान गदै जादा मुल जेरुङ जाति भएको आधार पाइएपछि संस्थाको बैठकबाट जेरोबाट जेरुङ जाति लेख्ने भन्दै निर्णय समेत गरेको भएता पनि पछिल्लो समय सो निर्णयलाई वेवास्ता गरी जेरो लेख्ने पहलमा रहेकोछ त्यसकारण जेरो अपभ्रंश भएको शब्द भएकोले जेरुङ हो भन्ने दुइवता आधार भेटिएको छ ।

१ सर्वसाधारण जिमीकिरातहरुले राई लेख्न शुरुवात भएपछि जेरुङ जिमीहरु राई लेख्दै गए त्यसपश्चात जेरुङ शब्द हियाउदै र अपभ्रंश भएर जेरो बोलीचालीमा प्रचलित भएको पाइयो ।

२ किरात जेरुङहरुको परम्परा तथा प्रथाजनीत न्याय अनुरुप आठपुस्ता पुगेपछि एउतै पाछा भित्र प्रेम विवाहबारी चल्छ सो भए,  समाज ठुमले नया पाछा दिनुपर्छ यसक्रमा जेरुङबाट जेरो पाछा भएको समेत पाइएको छ । तथापी थप अध्यान गर्नुपर्दछ भने ८ पुस्ता अगाडी विवाह गरे डाडा कताउने चलन समेत रहेको पाइन्छ। जेरोको मुलजारा जेरुङ नै हो भन्ने भुमीसंग प्रसस्त आधारहरु समेत पाइन्छ जस्तै जेरुङडाडा, गैरी जेरुङ, जेरुङ घात, जेरुङतार, जेरुङगाउ आदी रहेकोले जातिमा जेरुङ नै हो भन्न सकिन्छ ।


७. जेरुङ जाति मान्ने सन्दर्भ सामाग्री र आधारहरु
१. भाषा आयोगले गरेको प्रदेश तथा स्थानीय तहको भाषिक तथ्याङ्क
२०७५ मा ५२ नं. मा जेरुङ भाषा कोड गरेको छ
२. केन्द्रिय तथ्याङ्क विभगको भाषा डाटामा ७७ नं.जेरो /जेरुङ राखेको छ ।
३.सन २०११ अनुसार जेरुङ अल्पसंख्यक जाति वक्ता भएको भाषा हो ।
जेरुङ (ISO Code-639-3 jee) भोटबर्मेली भाषा परिवारको पूर्वि
हिमाली अन्तरगत किरात भाषा हो भनिएको छ ।
४. इथनोलग २०१२ः ३९ ले पनि जेरुङ नै उल्लेख गरेको पाइन्छ ।
५ं. विन्टर १९६१/११२ ले पनि जेरुङ जाति नै उल्लेखित गरेको पाइन्छ यी
जाति ओखलढुंङगा, र सिन्धुली जिल्लाको केही भु-भाग जेरुङ जातिको
पुर्खौली भुमी भनिएको छ
६.ओपगेनर्ट २००४ जेरुङ भाषालाई जेरो,जेरुम,जेरोङ भनिएको छ भने
ग्रामर अफ जेरो प्रकाशन छ । यसको मुलजरो जरुङ नै हो भनिएको छ ।
७.इथ्नोलग (इपिली र अन्य १०१२/५१ जेरुङ भाषा चिनिया तिब्बती
भोटबर्मेली हिमाली महाकिरात परिवारको भाषा भनेको छ ।
८. कि.जे.रा.स. ले २०६९ आ.ज.रा.उ.प्र.को सहकार्यमा जेरो भाषाको
वर्ण निधारण गरेको छ
९. जेरुङ भाषा सर्भे २०१७ मा त्रिभुवन विश्वविद्यालय भाषा विभागबाट
डा. नेत्रमात्री दुमी राई र ड.राजेन्द्र ठोकरले गर्नु  भएको छ ।
१०. जेरुङ भाषाको पुर्ण १. वर्णनिधारण २. व्यवस्था ३. पाठसंकलन,
शब्दसंकलन २०७५ र जेरुङ नेपाली अग्रेजी शब्दकोष्श २०७६ दुई
वर्ष निरन्तर अध्यानमा त्रियुगा बहुमुखी क्यामपस गाइघाटले भाषा
आयोगको सहयोगमा डा. कैलाश कुमार राई डा.तारामणी राई, नैन
सेटाल्चु जेरुङ प्रविधिक आइति नविन विष्ट अध्यान गरेको छ यसबाट
पनि मुलजरा जेरुङ नै हो भन्ने निष्कर्षमा छ ।
११.इन्डो नेपाल किराती भाषाहरु डा. लाल श्यॉकारेलु रापचा २००८ (
११२९-२०६५-यले थोचे ५०५८-९४ मा जेरुङ नै हो भन्ने अध्यान
पस्किनु भएको छ । जेरो, जेरोङ, जिरुम, झिरुम, आदि भए पनि जेरुङ
मुल हो भन्नुएको छ ।
१२. आइ एल ओ १६९ ले पनि जाती भन्ने आधार भुमीसंग संबन्धित रहेने
बताएकोले जेरुङ भुमी प्रसस्त पाईन्छ ।

८. जेरुङ जातिलाई राईको तथ्याङकले गर्ने असर
माहाजाति किरात सभ्याता भित्रको विभिनन जात/जाति मध्यको एक जाति जेरुङ हौ । आजसम्मको जनगणनामा हामीले जातिमा राई लेखेको हुनाले राष्ट्रिय तथ्याङकमा जेरुङको पहिचान हुन नसक्दा हाम्रो सबै अस्तितव हराएको अवस्था छ । २०६८ को जनगणनामा राईको संख्या ६२०००४ देखियो भने राईको भाषा १५९१४४ देखाएको छ । यसमा जाति, भाषाको संख्या मिलेको छैन र राई भाषा भनिएकोमा कुन कुन किरात समुदायको कति कति भाषा हो थाहा छैन तथापी ४६०८७० भाषा कुन कुन राईले कति कति लेखाएकोछन भन्ने विषय प्रस्त नहुदा मातृभाषा विकासमा ठूलो असर पर्न गएको छ ।

राईको तथ्याङकले जेरुङ जातिहरु काहा कुन जिल्लामा कति संख्यामा कस्तो स्थितिमा रहेको सहि तथ्याङक देखाउदैन, त्यसैले जेरुङ जातिको भाषिक सांस्कृतिक धार्मिक, परम्परागत जिवनशैलिबारे अध्यान अनुसन्धान गर्ने ठोस स्थान नदेखाउनाले अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरबाट अध्यान अनुसन्धानमा पछि पर्छ । राज्यको हरेक निकाय न्यायलय, कार्यपालिका, प्रशासनिक क्षेत्रमा, पहिचान नहुदा शैक्षिक, स्वास्थ्य, राजनीतिक, सामाजिक, भाषागत, परम्परागत जिवन पद्धति, ज्ञान सिप, कला, प्रजाजनीत कानुन, परम्परागत उपचार विधि मुक्दुम दर्शन लोप भएर जाने खतरा मात्र होइन सारा कुराहरु हराएर नासिएर र चोरी भएर जाने प्रवल सम्भावना रहेकोले राईको तथ्याङक जेरुङ जाति मात्र नभएर विभिन्न किरात समुदयहरुलाई पछाडी पार्ने तथ्याङक हो ।
यतिमात्र होइन राज्यको हरेक योजना, भाषा विकास शिक्षा विकास लगायत हरेक विकासको योजनाहरुमा नपर्दा झनै जेरुङ जाति पछाडी पर्ने निश्चित छ । त्यसकारण सम्पूर्ण जेरुङहरुको मौलिक अधिकार सहितको सह–अस्तित्वलाई राज्यको तथ्याङकमा समावेश गराउनको लागि हाम्रो नगरिकतामा राई भएतापनि पछिल्लो पुस्तालाई स्व–पहिचान सहित गर्भका साथ आफ्नो अस्तित्व बचाऊन यसपालिको राष्ट्रिय जनगणना २०७८ मा जेरुङ लेखौ र लेखाऔ ।

९.जेरुङ मुक्दुम र चाडवाडको पहिचान ।
राज्य स्तरमा जेरुङ जातिको जगस्थापना नगरी समुदायको मौलिक विकास गर्न सम्भव छैन । जगविनाको घर सजाउन थाले बेमौसमी र अप्रकृतिक फिक्का रंग हुनेछ सारा सस्कृतिहरु । बलियो जग सहितको दरिलो समुदायको दिगोपन घर निर्माण गर्न आवश्यकता पर्दछ । त्यो हो राष्ट्रिय तथ्याङकमा जेरुङ जातिलाई सुचिकृत गराउनु हो ।

जेरुङ जातिले मनाउने मुक्दुमी पुजा खाःउम, फेली, न्वगी, फुर्कु, दुमा,देवा, ब्रिङकु, सिबकु माबकु, सामा, भुमे सिमे, सिकारी, नालौना देउराली, जन्म देखि मृत्युसम्मको संस्कार सस्कृति, ज्वाम्चु माङपा,नाक्सो, युवाचु, नावाचुहरुको पहिचान गराउन सकिन्छ । शास्त्रीय नृत्य, संगीत साःकी, सालमाया, सायाटोल्चाप, सारीफ्राक्चाप, जस्ता अति लोपन्मुख तथा लोप भएको संस्कृतहरुलाई अध्यान अनुसन्धान गरी बचाउन सकिन्छ । अन्यथा यी यस्ता सृष्ती र जिवन पद्धतिका अदभुत मुक्दुमी प्रकृतिक दर्शनहरु लोप भएर जानेछन ।


उधौलि उभौलि, माघेसन्क्रान्ती, साउने सक्रान्ती, फुरील्गिचाप भदौरे पुर्णिमा, तिहार, आदी सस्कृतिक चाडबाडहरुलाई जेरुङ जातिको पहिचानसंग जोड्न सक्छौ । त्यसकारण जाति स्थापना गर्न राष्ट्रिय तथ्याङमा जेरुङ जाति सुचिकृत हुन अति महत्वपूर्ण छ ।

१०. चुनौती र सचेतना ।
जेरुङ मात्र होइन अन्य जनजातिहरुले पनि जनगणनामा आफ्नो पहिचान देखाउन त्यति सहज छैन । अघिल्लो जनगणनाहरुमा पनि थुप्रै भ्रम सृजना गरिएका छन र कमजोरीहरु भएका छन । हामी आदिवासी जातिहरु प्रचार प्रसार र जागरण अभियानमा नै पछि पर्छौ । गणकहरु प्रत्येक घर दैलोमा नआउने, कुनै तालुकदारको दलानमा बसेर गाउँघरको सबै तथ्यांक लिने जस्ता गल्तीहरु भएका छन र फेरि हुन सक्छ । त्यहाको गणकहरुले आफ्नो विवेक मुताबिक तथ्याङ्क लेखिदिने परिपाटी पनि देखिएको छ । जस्तो कि सबै किरातीहरुको जात र थरको महलमा राई लेखिदिने षडयन्त्र मुलक परिपाटी पनि छ ।

घरमुलीलाई नसोधी धर्मको महलमा हिन्दु, भाषाको महलमा नेपाली लेखि दिने गणकहरु तोकिएर नै पठाइएको हुन्छ । जुन कुरा सोझा आदिवासी जाति अर्थात हामी जेरुङहरुले बुझ्न र थाह पाउन सक्दैनौ । त्यसैगरी जनगणना फारममा पेन्सिलले लेख्ने गणकहरु पनि आउने गरेका छन । त्यो सबै भन्दा बदमासी हो । त्यसैले तपाइले दिएको सहि तथ्यांकलाई मेटेर मिथ्यांक भर्ने काम गर्दछ । त्यसता काम गर्ने गणकहरुलाई कारबाही गर्ने कानुनी प्रावधान पनि छ । अतः जेरुङ जातिको मात्र यो मुद्धा होइन, सम्पुर्ण आदिवासीहरुको साझा समस्या हो । राष्ट्रिय जनगणनालाई आफ्नो पहिचान स्थापनाको अभियानको रुपमा लिन उल्लेखित षड्यन्त्रबाट चनाखो रहि सहि तथ्य राज्यको दस्तावेजमा लेखौ र लेखाउन जेरुङ समाजको अनुरोध छ ।


नैन सेटाल्चु जेरुङ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...