राई नलेख्ने । किरात खालिङ राई उत्थान संघको १२ औं राष्ट्रिय जनगणना कार्यदल संयोजक साङ्ग बहादुर राईको १९ पेजको प्रतिबेदनले जातिमा खालिङ नै लेख्ने दरिलो अनुसन्धानात्मक आधार यस्तो छ ।

wwwjerungfilmswwwjerungfilms 7 Nov 2021

  • १ जनगणना भनेको के हो ?

जनगणना भन्नाले देशभर स्थायी रुपमा बसोबास गरेका प्रत्येक व्यक्तिको निश्चित समय अवधिभित्र राज्यको सम्बन्धित निकायबाट गणना गरी व्यक्तिगत तथा पारिवारिक सम्पूर्ण विवरणहरु सङ्कलन गर्ने कार्य सम्झनु पर्दछ । यसरी सङ्कलन गरिएका तथ्याङ्कहरु प्रशोधन गरी प्रकाशन तथा वितरण गर्ने समष्टिगत प्रक्रियालाई समेत जनाउँदछ ।

२. जनगणना किन गरिन्छ ?

 जनगणनाले शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका अन्य भौतिक संरचना जस्ता विकास कार्यका साथै बृद्धभत्ता, अपाङ्गता भत्ता, विधवा तथा असहाय भत्ता, विशेष व्यावस्था तथा सामाजिक सेवा र सुरक्षा सम्बन्धी कार्यक्रम तयार गर्नको लागि चाहिने आधारभूत तथ्याङ्क उपलब्ध गराउँछ । जनगणनाबाट प्राप्त तथ्याङ्ककै आधारमा विगत दशवर्षमा नेपालले विकासका विभिन्न क्षेत्रमा हासिल गरेको प्रगतिका स्थिति समेत तुलनात्मक अध्ययन गर्न सकिन्छ । भविष्यमा देश विकासको लागि सञ्चालन गरिने लैङ्गिकमैत्री तथा सामाजिक समावेशी विकासका कार्यक्रम साथै विभिन्न नयाँ योजना तथा परियोजनाहरु निर्माण गर्न समेत मदत मिल्दछ । आवश्यक पर्ने वडा तहसम्मको आधारभूत तथ्याङ्क समेत यसै जनगणनाको तथ्याङ्कबाट उपलब्ध हुन्छ । यी तथ्याङ्कहरु नीति निर्माता, योजनाकार तथा अध्ययन अनुसन्धानकर्ताका लागि पनि अत्यन्तै उपयोगी हुन्छ । संक्षेपमा भन्नु पर्दा सामाजिक, आर्थिक, राजनैतिक र वातावरणीय हिसाबले महत्वपूर्ण तथ्याङ्क प्राप्तिका लागि जनगणना गरिन्छ ।

३. जनगणनाबाट के कस्ता तथ्याङ्क उपलब्ध हुन्छ ?

 नेपालको कुन कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, अन्य लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या कति छ, तिनीहरूको बासस्थान र सुविधा के कस्ता छन्, मानिसहरू के कस्ता पेशा ब्यवसाय गर्दछन्, रोजगारी तथा आर्थिक अवस्था कस्तो छ, विभिन्न स्थानमा कुन कुन जातजाति, भाषा–भाषी र धर्मावलम्बीहरू के कति संख्यामा छरिएर रहेका छन्, तिनीहरूको शिक्षा र साक्षरताको अवस्था कस्तो छ, बसाइँ–सराईको अवस्था कस्तो छ, जन्म तथा मृत्युको अवस्था कस्तो छ, कति मानिस फरक क्षमता भएका व्यक्तिहरु छन्, कति व्यक्ति विदेश गएका छन्? जस्ता थुप्रै, व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक, साँस्कृतिक परिस्थिति सम्बन्धी जनसांख्यिक विवरणहरू जनगणनाबाट प्राप्त हुन्छ ।

४. जनगणनाको मुख्य उद्देश्य के हो ?

जनगणनाको प्रमुख उद्देश्य जनसंख्याको प्रवृत्ति र विशेषताहरूको बारेमा जानकारी गराउने, लोक– कल्याणको लागि योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्न आवधिक रूपमा जनसांख्यिक तथ्याङ्क तथा सूचक उपलब्ध गराउनु हो ।

 ५ जनगणनाको महत्व के छ ?

जनगणनाले मुलुकको जनसंख्याको आकार, बनावट, वितरण र बृद्धिसम्बन्धी सबैभन्दा पछिल्लो तथ्याङ्क उपलब्ध गराउँदछ । यसबाट नै सबैभन्दा सानो प्रशासकीय एकाई वडा–तहसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकोले विकास निर्माणका काम तथा लक्षित कार्यक्रमहरू तर्जुमा तथा सञ्चालन गर्न आवश्यक पर्ने अति उपयोगी सूचना प्राप्त हुन्छ । त्यसैले बाटो–घाटो, पुल, विद्यालय, उद्योग– धन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिंचाई, खाद्यान्न आपूर्ति, बसोबास व्यवस्था, विकास बजेटको बाँडफाँड र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रमहरू आदि सञ्चालन गर्न आवश्यक पर्ने तथ्याङ्क समेत जनगणनाबाट प्राप्त हुने भएकोले यसको ठूलो महत्व छ । संविधानमा द्द व्यवस्था भएको मौलिक हकहरू जस्तै ः– महिलाको हक, दलितको हक, सामाजिक

न्यायको हक, आवासको हक, बालबालिकाको हक लगायत अन्य हकहरूको कार्यान्वयन गर्न र त्यसको मूल्याङ्कन गर्न, आम नागरिकको सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, संघ, प्रदेश र स्थानीय तहमा वित्तीय स्रोत बाँडफाँड लगायतका कार्य गर्न जनगणनाबाट प्राप्त तथ्याङ्कको निकै महत्व हुन्छ । साथै दिगो विकासका लक्ष्यहरूको मापन गर्न समेत जनगणनाको तथ्याङ्कको ठूलो महत्व हुन्छ ।

६. जनगणनामा व्यक्तिको गणना कसरी गरिन्छ ?

जनगणनामा कोही नछुट्ने र कोही नदोहोरिने गरी तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकोले परिवारलाई गणनाको एकाइ मानी जो व्यक्ति जुन परिवारमा अक्सर बसोबास गर्दछन्, उक्त व्यक्तिको गणना सोही परिवारबाट गरिन्छ । सामान्यतया गणना प्रयोजनको लागि परिवार भन्नाले एउटै आर्थिक व्यावस्थापनमा चलेको, एउटै छानामुनी बसोबास गरी साझा भान्सामा खाना खाने व्यक्ति वा व्यक्तिहरूको समूहलाई बुझिन्छ । एकै परिवारमा अक्सर बसोबास गरिरहेका नाता पर्ने वा नपर्ने दुवै थरीका व्यक्तिहरूको गणना सोही परिवारबाट नै गरिन्छ ।

७. मेरो गणना मेरो सहभागिता भनेको के हो ?

राष्ट्रिय जनगणना नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागलेसञ्चालन गर्ने भएतापनि सबै व्यक्ति, समुदाय तथा संस्थाको पूर्ण सहभागिताबिना यसलाई पूर्ण रूपमा सफलता पूर्वक सम्पन्न गर्न सम्भव छैन । यस नाराको मूल आसय जनगणनालाई “मेरो गणना हो” भन्ने भावना जागृत गराई आफ्नो गणनाको सुनिश्चतता गराउने हो । तसर्थ “हामी सबैले स्वस्फुर्त रूपमा आफ्नो विवरण टिपाउने र छिमेकी, साथीभाई, नातागोताका व्यक्तिलाई पनि जनगणनामा भाग लिई सही विवरण दिन आह्वान गरी सहभागिता जनाउन सकिन्छ” भनिएको हो ।

८. जनगणनामा कसरी सहभागि हुने ?

यस पटकको जनगणनाको नारा नै “मेरो गणना, मेरो सहभागिता” हो । त्यसैले हामी सबैले स्वस्फुर्त रूपमा जनगणनामा आफ्नो घर तथा परिवारका सदस्यको सही विवरण लेखाउन छुट्छ कि भन्ने कुराको जिम्मेवारी लिनु पर्ने हुन्छ र जनगणनामा सोधिएका प्रश्नहरूको ठीक–ठीक जवाफ दिई गणना कार्यमा सहयोग गर्नु पर्दछ । यसका अतिरिक्त आफ्नो टोलवासी, छिमेकी, नातागोता र साथीभाइहरूको घरमा सुपरिवेक्षक तथा गणक पुगे नपुगेको सोध–खोज गरी उनीहरूलाई जनगणनामा अनिवार्य सहभागी हुन र विवरण दिन अभिप्रेरित गर्न सकिन्छ ।

९. जनगणनाबाट सर्वसाधारणलाई के फाइदा हुन्छ ?

राष्ट्रिय जनगणनाबाट आम सर्वसाधारणको जीवनको हरेक क्षेत्रमा अल्पकालिन तथा दीर्घकालिन विकासका लागि सरकारले बनाउने नीति, योजना तथा कार्यक्रमलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्क लगायत व्यक्तिगत पहिचानको विबरण समेत तथ्याङ्कित हुन्छ ।

१०. जनगणनाले तपाईको नागरिकता, शैक्षिक कागजातमा उल्लेख भए अनुसार गणना सङ्कलन गर्ने हो ?

जनगणनामा खटी आएका गणक प्रतिनिधिहरूले तपाईको स्वपहिचानको आधारमा गणना गरिने भएको हुँदा तपाईले आफ्नो असली स्वपहिचान, जाति, भाषा, संस्कृति र धर्मको स्पष्ट पहिचान खुल्नेगरी लेखाउनु पर्दछ । यसरी गणना गरिएको जनगणनामा उल्लेखित विवरणले तपाईको नागरिकता, शैक्षिक कागजात र घर जगाको लालपुर्जा जस्ता महत्वपूर्ण कागजातलाई केही असर पर्ने छैन ।

किरात खालिङ राई उत्थान संघ

केन्द्रीय कार्यसमितिको

जनगणना–२०७८ को सचेतना पुस्तिका

खालिङ जातिको अवस्थाको पहिचान

जनगणना २०७८ को नविन अभियान

१. परिचय

२०५८ सालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय बबरमहलमा दर्ता नं २८८।०५८।०५९ मार्फत दर्ता भएको किरात खालिङ समुदायको साझा संस्था किरात खालिङ राई उत्थान संघ, वैधानिक गैर–सरकारी मुनाफा रहित एक सामाजिक संस्था हो । यस संस्थाले खालिङ समुदायका अलग भाषा, अलग संस्कार र संस्कृति, परम्परागत रीतिथिति, आफ्नै खाले जीवनशैली, मौलिक भेषभुषा, ऐतिहासिक थातथलो भूगोल साथै लिखित र अलिखित इतिहास भएको, एक स्वतन्त्र भिन्न आदिबासी मूलबासी किरात खालिङको स्वपहिचानका कार्यहरु गर्दै आएका खालिङ समुदायको एक साझा संस्था हो ।

२. संस्थाको प्रमुख उद्देश्य

नेपालको संघीय मूल्य मान्यता अनुसार किरात खालिङ जातिको सामुदायिक, प्राकृतिक सम्पदा, भूमि परम्परागत ज्ञान, सीप तथा बौद्धिक सम्पत्तिमाथिको अधिकार प्राप्तिका साथै हामीहरूको समानान्तर सर्वाङ्गीन विकासका लागि संस्थागत रूपमा सम्पूर्ण खालिङ समुदायको आर्थिक, सामाजिक, भाषिक, धार्मिक, सांस्कृतिक शैक्षिक, राजनैतिक रूपमा राज्यको पहुँचमा रहेका अरू जातजाति र नागरिक सरह खालिङ जातिलाई पनि राज्यमा स्थापित गराउन सामाजिक जनचेतनाको विकास र स–शक्तिकरण गर्ने गराउने प्रमुख उद्देश्यहरु रहेका छन्।

३. जनगणना २०७८ मा किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिको भूमिका के हो ?

आशन्न १२ औँ राष्ट्रिय जनगणना २०७८ मा आदिवासी जनजातिको सूचिमा सूचि उन्मुख हामी खालिङ जातिको पहिचान स्थापित गराउन खालिङ समुदायको बसोबास रहेको गाउँ बस्तीहरूमा जनगणना सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने गराउने । ओझेलमा परेको हाम्रो भाषा, परम्परा, संस्कार संस्कृति, थातथलो, ईतिहास र अन्य पहिचानका आधारभूत विवरणहरु स्पष्ट राज्यको तथ्याङ्कमा लेख्न र लेखाउनका लागि विश्वभरका खालिङहरुलाई सु–सुचित गराउने ।

४. जनगणनाको इतिहास के छ ?

नेपालको पहिलो जनगणना चन्द्रशम्सेर ज.ब.रा. प्रधानमन्त्री भएका बखत वि.स.्१९६८ मा भएको थियो । त्यसपछि वि.स. १९७८ मा भएको जनगणनाको मुख्य उद्देश्य मालिक, बाधा, कमारा–कमारीको सुची तयार गर्ने थियो । वि.स. १९९८ सम्म भएका जनगणना व्यक्तिको सङ्ख्याको गणना मात्रमा सिमित रहेको थियो । आधुनिक तथा वैज्ञानिक जनगणनाको सुरुवात वि.स. २००९÷११ मा प्रारम्भ गरियो, जुन अन्तर्राष्ट्रिय रूपमा तुलना गर्न योग्य थियो । वि.स.२०४८ मा पहिलो पटक महिलाका बारेमा तथ्याङ्क तयार गरिएको थियो । वि.स. २०५८ को जनगणनामा पूर्ण र नमूना गरी गणनाका दुवै विधि प्रयोग गरियो । २०६२ र २०६३ को जनआन्दोलनले स्थापित गरेको संसदबाट पारित अन्तरिम संविधान–२०६३ मा आधारित विकासका लागि योजना निर्माण गर्नुपर्ने दिशा–निर्देशन गरिए तापनि वि.स. २०६८ को जनगणनाले पशुपंक्षीको अवस्थालाई प्राथमिकता प्रदान गरी पशुपंक्षीको समेत गणना गरियो । तर त्यसमा जातजाति तथा भाषागत समुदायको सामाजिक, आर्थिक अवस्था कस्तो छ भन्ने एकिन तथ्याङ्क आउन सकेन ।

५. २०६८ को जनगणनामा कुन कुन किरातीहरूको पहिचान कायम भयो ?

आदिबासी किरात महासंघ र यसमा आबद्ध किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति लगायत किराती समुदायहरूको पहलमा खालिङ, थुलुङ, कुलुङ, नाछिरिङ, बाहिङ, चाम्लिङ, लोहोरुङ, साम्पाङ, मेवाहाङ, बान्तवा, आठपहरिया, याम्फु गरी १२ वटा जात जातिको र भाषाको सूचिमा स्थापित भइसकेको अवस्था छ । त्यसैगरी जेरुङ, कोयू, वाम्बुले, दुमी, पुमा, बेलहारे, सामा, दुङमालि, छिन्ताङ, छिलिङ, लिङखिम आदि भाषाको सूचिमा मात्र स्थापित भएको छ, किन कि यी जातिहरूले जातिमा राई लेखाए अर्थात् पुमा राई बेलहारे राई छिलिङ राई जस्ता लेखाउनाले भाषामा मात्र सूची देखियो, जातिको महलमा राई हुन गयो ।

६. जनगणनामा २०७८ को विशेषता के हो ?

संविधान सभाद्वारा पारित नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख सिद्धान्तका आधारमा सामावेशी समानुपातिकताको सुनिश्चित्तालाई कार्यान्वयन गर्न विभिन्न जाति तथा समुदायको विभिन्न वर्ग बालबालिका, युवा, महिला, वृद्ध–वृद्धा, विपन्न, फरक क्षमताका व्यक्तिहरु, असाहय, मध्यम, निम्न अवस्थाका लगायत विभिन्न क्षेत्र शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदिको अवस्था तथ्यगतमा निकाल्न अपरिहार्य भएकोले आगामी हुने २०७८ को राष्ट्रिय जनगणनामा हरेक जात र जातिको वास्तविक अवस्थाको समेत विषयगत प्रतिवेदन तयार पार्ने नविन अभियान रहेको छ ।

७. जातीय पहिचान जनगणनामा नगरिए के हुन्छ ?

यदि यस जनगणनामा आफ्नो जातीय र भाषागत पहिचान स्थापित गरिएन भने आगामी बन्ने स्थानीय तहदेखि प्रदेश र संघीय (केन्द्रीय) तहसम्म निर्माण हुने सबैखाले विकास योजनामा तपाईको जाति र भाषा विशेषको अवस्थामा सुधार ल्याउन तथा वास्तविक विकासका लागि योजना बनाउन योजनाकारलाई तथ्याङ्कको अभाव हुन्छ । परिणाम स्वरूप तपाईंको जातिमा केन्द्रीत योजना नआउन सक्छ ।

८. जात र जाति भन्नाले के बुझिन्छ ?

जात भनेको हिन्दु वर्णाश्रम अनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र ४ जात हो अथवा कामको आधारमा वर्गिकृत समुदाय हो। जाति भन्नाले जसको साझा भाषा, साझा संस्कार, संस्कृति, साझा थातथलो, मौलिक परम्पपरा, रितिरिवाज, लिखित अलिखित इतिहास आदि रहेको हुन्छ । जाति, भाषा र संस्कारहरुमा अन्योन्यास्रित सम्बन्ध हुन्छ । भाषा–शास्त्रीका अनुसार पनि जातिको पहिलो आधार भाषा नै हो । मानवशास्त्रीका अनुसार भाषाको साथसाथै संस्कृति पनि विद्यमान रहेको छ भने त्यसले एकल जातिको रूपधारण गर्दछ । तर्कबद्ध विज्ञानका आधारमा हेर्ने हो भने नेपालमा रहेका जाति भनिएका केही जातिको संरचना हेरौँ । जस्तै ः– शेर्पा जातिको साझा भाषा छ । विश्वभरका शेर्पाहरूले एउटै भाषा बोल्दछन् र बुझ्दछन्। शेर्पाहरूले ल्होसार, डुम्जी, मनिरिम्डु, साङ्आदि परम्परागत संस्कार संस्कृति गर्दछन्। सामाजिक संरचना अन्तर्गत शेर्पा जातिभित्र भिन्न–भिन्न थरहरूविच मात्र विवाह हुन्छ । शेर्पा जातिका थरहरू लामा, सलाका, पिनासा आदि धेरै थरहरू छन् । तर शेर्पाको साखै भाईभित्रको वंश र गोत्रमा भने विवाह हुदैन । शेर्पा जातिको जस्तै किरातभित्रका विविध किरातीहरूमा पनि अलग अलग भाषा, संस्कार संस्कृति र पुर्खौली भूमि समेत रहेका छन्। तिनीहरूका पनि अलग सामाजिक संरचनाहरु छन्। किराती मुलभित्रका खालिङ समुदाय पनि एउटा जाति हुन्, जसको आफ्नै भाषा (ख्याल् ब्राः) छ । खालिङहरूको नेगीतम्र, स्युर तम्र, वास्तम्र, बुज्वाम्, सेलेतम्र, मन्तम्र जस्ता भिन्न भिन्न ख्याल्तम्रका संस्कार संस्कृतिहरू छन्। खालिङहरूले वर्षमा ३ पटक –ब्यान्च्वार, देफु, रुमल) वास्पुज्दछन्। त्यस्तै भूमि, बालिनाली, वनजंगल, खोलानाला, हावापानी लगायतका प्रकृतिका पूजा पनि गर्दछन् । जन्म, विवहा, मृत्यु संस्कार आफ्नै ख्याल्भाषामा आफ्नै मुन्दुमी (तम्रमी) ले गर्ने आफ्नै प्रकृतिको हुन्छ । छ खालिङको सामाजिक संरचना हेर्ने हो भने शेर्पा वा अन्य जातिको जस्तै थर, वंश पहिल्याउने चलन छ । खालिङ जातिभित्र माप्य र दिक्प्य वंशका सन्ततिहरु छन्। यसभित्र पनि बिशेष ख्यालदोस्(पाछा) हरु छन् । जस्तै ः– अगम्बर्ण, अ्ययु, अ्यस्युली, करभाग, कर्सङ, काङसिल्याम्, कुर्सङ, कूःल, क्रिसी, खेरङ, ख्याप्चरु, गोतेम्बु, ग्वाम्केप, ङेमे, छिव्यसङ, जिन्ति, जिन्दे, ज्यूब्, तेप्था, त्याप्तेल्कु, थूःला, थ्युस्दे, दबङ, दुःसा, दूतम्, नङख्युइव्या, न्याम्र, न्योरसेन्दे, प्रोन्ज्योस, पुङगुर्से, प्यार्लु, ब्यार्लु, ब्यो¥योम्युई, ब्योल्योरु, मुक्न्यार, मुल्कु, म्यार्सु, म्युथाङ, म्योल्योख्व्राप, राःतो, राद्दा, रुना, रुम्दु, ल्यातो, व्याईसङ, सिबिदे, सिमस्याई, स्याईजित, स्युरित्य, स्योनामुख, हलवेर, हलोक्सु, हङ्सी, हाङख्व्राप, हाङ्कुला, हातिमी, हान्दुङ, ह्यरिख्व्राप् आदि । पहिचानका लागि विधिपूर्वक मुन्दुमी वंशको नाम “द्वास्नङ” दिइएको हुन्छ । द्वास्नङ मिल्ने भाइभित्र साइनो पर्ने ७ पुस्ताभित्र र फुपुचेला मामाचेला ५ पुस्ता विहेबारी चल्दैन । यो जाति हुनुको विशेषता हो । त्यस्तै भेषभुषामा फेङ्गा, पाङ्गा, लुक्चा, थ्वाप्रु, मन्जे, चप्देम्, धजुरा, पेचुरी, सेम्योरी, योङ्बेम्, सेलेबेम्आदि छन्। अलग भाषा भएका किराती समूहहरू जस्तै ः– खालिङ, कुलुङ, बाहिङ, दुमी, चाम्लिङ, साम्पाङ, बान्तवा, जेरुङ, लोहोरुङ, थुलुङ, आठपहरिया, याम्फु, मेवाहाङ आदिमा पनि कुनै न कुनै रूपमा थर ( उपजाति) वंश छुटिने सामाजिक संरचना रहेको पाइन्छ । साथसाथै सबैको ऐतिहासिक तथा पुर्खौली भूमि पनि पाइन्छ । फरक भेषभूषा तथा फरक संस्कार संस्कृतिकै कारण प्रत्येक जातिहरुलाई फरक–फरक जातिका रुपमा चिन्न सकिन्छ । यसर्थ विविध भाषा संस्कृति तथा सामाजिक संरचना भएका किरातीहरू भिन्न–भिन्न जातिहरु हुन्, जात हैनन् ।

९. विभिन्न विद्वानहरूले गरेको जातिको पारिभाषा

(क) जाति भनेको एउटा साझा भाषा, ईलाका, आर्थिक जीवन र संस्कृतिमा व्यक्तिहरुको मनोवैज्ञानिक आधारमा निर्मित एक ऐतिहासिक रूपले स्थापित स्थिर समुदाय हो –(जोसेफ स्टालिन) ।

ख) जातिको पहिचानको पहिलो आधार भनेकै तिनीहरूले बोल्ने भाषा हो । भाषा संस्कृतिको संबाहक हुनाले भाषा बाँचे जाति बाँच्दछ । –(भाषाशास्त्री अमृत योन्जन) ।

(ग) भाषा र संस्कृति जातीय चिनारी हो । हाड, मासु र रगतबाट मानिसको जात छुटाउन सकिदैन । भाषा र संस्कृति भनेको जाति छुटयाउने लक्ष्मण रेखा हो । भाषा र संस्कृति सकियो भने जातीय अस्तित्व समाप्त हुन्छ । –(ज्ञानबहादुर वादिरी) ।

१०. मानव अधिकार र जातीय पहिचानको सम्बन्ध के छ ?

जातीय पहिचान कुनै पनि समुदायको गौरव, मर्यादा र आत्मसम्मान हो । कुनै पनि समुदायको आत्मसम्मान, मर्यादापूर्वक र शान्तिपूर्ण रूपमा जीवन निर्वाह गर्न संविधानसम्मत लोकतान्त्रिक पद्धती अनुरूप आत्मनिर्णयको अधिकारको प्रयोग गर्न पाउनु सामुहिक मानव अधिकारभित्र पर्दछ । जातीय पहिचानभित्र समुदायको भाषा, संस्कार संस्कृति परम्परा, रीतिरिवाज, सामाजिक संरचना, कुलपित्र, वंश र गोत्र लगायत प्रथाजनित आचारसंहिता र दर्शन, अनुशासन कानुन निहित हुन्छन्। कुनै पनि व्यक्तिको सामुदायिक तथा जातीय पहिचान विलिन भएमा समाजमा सामाजिक संरचना विश्रीङ्खलित हुनेछन्। अर्थात श्रीङ्खलाविहिन वा प्रणाली विहिन समाज हुनेछन् । जसले गर्दा समाजलाई शोषण, दमन, उत्पिडन र अराजकतातर्फ डो¥याउन सक्नेछ । परिणाम स्वरूप समाजमा आशान्ति, द्वन्द्व र विद्रोहको परिस्थिति आउन सक्छ । नेपालको संविधान २०७२ ले पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । 

११. जातीय पहिचानको महत्व के हो ?

पारिवारिक तथा कुल वंशभित्रको महत्वलाई हेर्ने हो भने जातीय पहिचानको ज्ञानले कुलपित्र, वंश र गोत्रको ज्ञान लिन सहयोग गर्दछ । मर्दा, पर्दा तथा जीवन चक्रमा परिआउने वा भोगी आउने संस्कार, संस्कृति तथा परम्परा आफ्नो मौलिक पहिचानका साथ गर्न मदत गर्दछ । भौतिक तथा अर्थ राजनीतिक दृष्टिकोणले हेर्ने हो भने जातिको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, नागरिक तथा राजनैतिक क्षेत्रमा कुनै निश्चित जातिको अवस्था कस्तो छ ? सोको विश्लेषण गर्न मदत गर्दछ । विकासको दृष्टिकोणले आदिवासी जनजाति पछि परेका छन् । त्यस जातिका बालबालिका, किशोर, युवा, वयस्क, बृद्ध–बृद्धा, ज्येष्ट नागरिक लगायत महिला, फरक क्षमता भएका व्यक्तिहरु, तेस्रो लिङ्गी आदि सबैको लागि विकास योजनामा नीति तथा कार्यक्रम ल्याई तिनीहरूको जीवनस्तर उकास्न मद्दत पु¥याउँछ । तर जनगणनामा आफ्नो पहिचान अन्य जातिमा गाभिनेगरी लेखिएमा पहिलो कुरा त तपाईको पहिचान हराएर जानेछ, त्यसपछि तथ्याङ्कमा खालिङ हराएर जानेछ, क्रमशः खालिङसँग जोडिएका आदिम पुर्खाहरुले सृजना गरेका सबै जातीय पहिचानका विशेषताहरु हराएर जानेछन् । तपाईको वास्तविक पहिचान सही तवरले उल्लेख गर्नु भएन भने वास्तविक तथ्याङ्क आउँदैन । तथ्याङ्कमा नआएपछि त्यसले तपाईका सबै तहका विकासका योजनाहरूमा असर पार्नेछ । त्यसकारण तपाई हामी सबैले जनगणनामा आफ्नो वास्तविक जातीय पहिचान लेखाउन जरुरत हुन्छ ।

१२. जनगणना २०७८ कहिले हुने र यसमा कस्ता प्रश्नहरू सोधिने छन् ?

जनगणना २०७८ मा तीन प्रमुख प्रकारका प्रश्नावलीहरू रहेकाछन् ।

पहिलो ः– घर तथा घर परिवारको सुचिकरण सम्बन्धीको प्रश्नावली हुने छ । यो कार्य गणकहरुबाट २०७८ बैशाख २५ देखि जेष्ठ १५ सम्ममा गर्ने कार्यक्रम रहेको छ ।

दोस्रो ः– यो मुख्य प्रश्नावली हो । आफ्नो जात÷जाति, भाषा, धर्म सम्बन्धी रहेका छन् । यस्ता प्रश्नहरू २०७८ जेष्ठ २५ देखि असार ८ सम्म प्रत्येक घरधुरीमा पुगी गणकले गणना गर्नेछ ।

तेस्रो ः– सामुदायिक प्रश्नावली हो । यसका प्रश्नहरूको जवाफ सुपरिवेक्षकले वडाका अध्यक्षसँग समेत परामर्श गरी लेख्नेछन्। यो कार्य पनि २०७८ जेष्ठ २५ देखि असार आठसम्म नै सोधिने छन् ।

१३. जनगणनाले २०७८ ले कस्ता प्रतिबेदन निकाल्ने छ ?

यस जनगणनाले पहिलो त राष्ट्रिय, प्रादेशिक र स्थानीय तहको समग्र तथ्याङ्किय प्रतिवेदन निकाल्ने छ । दोस्रो सरोकारवाला जो–कोहिले पनि आवश्यकता बमोजिम तथ्याङ्क प्राप्त गर्न सक्ने प्रणालीको विकास गर्नेछ ।तेस्रो बिषयगत प्रतिवेदन अनुसार जातजाति, भाषा, शिक्षालय, लैङ्गिक, फरक क्षमताका व्यक्तिहरु, अल्पसङ्ख्याक र लोपोन्मुख जाति, ज्येष्ट नागरिक, बालबालिका तथा युवा, घरको अवस्था र घरपरिवारले उपयोग गर्ने सुविधाहरू, श्रमशक्ति, बसाईसराई र शहरीकरण, प्रजनन्, मृत्यु, मृत्युदरका साथै जनसांख्यिक विवरण र जनसङ्ख्या प्रक्षेपण सम्बन्धिका प्रतिवेदन निकाल्नेछ ।

१४. जनगणनाप्रतिको भ्रम,

केही किराती समुदाय तथा समुदायका सदस्यहरूमा जनगणना २०७८ सम्बन्धी भ्रम परेको देखिन्छ । भिन्न भाषा भिन्न संस्कृति, भिन्न पुर्खौली भूमि भएका र जनगणना २०७८ मा भिन्न जातिका रूपमा सुचिकृत विविध किराती जातिहरूलाई समेत एउटै जाति (राई) मा विलय गराउने आव्हान किरात राई यायोक्खाले गरिरहेको छ । यसको आशय भनेको धेरै जनसङ्ख्या देखाएर राज्यलाई दवाब दिन सकियोस भन्नु हो । २०६८ को जनगणनामा पनि किरात राई यायोक्खाको जाति र भाषामा राई लेखाउने अभियानको ठ कारण जातिमा ६,२०,००४ जनसङ्ख्या र भाषामा १,५९,१४४ देखाएको छ । तर यो सङ्ख्याभित्र कति कोयू, वाम्बुले, दुमी, पुमा, साम, दुङ्माली, छिन्ताङ, छिलिङ लिङ्गीय लगायतका अन्य किरातीहरू कति–कति सङ्ख्या छन्? सो जातिको सङ्ख्या खुलाउन सकेन । खालिङहरुको जातिको महलमा १,५७१ मात्र रहेको छ भने खालिङ–भाषाको महलमा ९,२८८ रहेको छ । यो वास्तविक तथ्याङ्क होइन ।

१५. गलत तथ्याङ्कले विकास हैन विनास मात्रै गर्दछ ।

राईको गोलमोटल जनसङ्ख्याकै कारण हरेक भिन्न किरातीहरूको भिन्न भिन्न क्षेत्र जस्तै शैक्षिक, स्वास्थ्य, रोजगार लगायत आर्थिक, सामाजिक तथा सांस्कृतिक र राजनैतिक अवस्थाको विश्लेषण गर्न सकेन । तथ्यपरक वास्तविक तथ्याङ्कको अभावमा विविध किराती समुदायहरूको कुन क्षेत्रमा खास विकास पु¥याउनु पर्ने हो थाहा हुन सकेन ।

    अन्य जातिभन्दा आदिवासी जनजाति पछाडि परेको विषयलाई लिएर २०५४ सालमा राष्ट्रिय जनजाति विकास समिति गठन गरियो । आदिवासी जनजातिको विकास योजना निर्माणका लागि कति आदिवासी जनजाति छन्भन्ने र कुन कुन जातिको अवस्था कस्तो छ भन्ने तथ्याङ्क आवश्यक परेको थियो । अन्तमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मार्फत ५९ आदिवासी जनजातिको सूची कायम गरिएको थियो । पछि प्रतिष्ठानले पुन ५९ जातिलाई पनि लोपोन्मुख, अति–सिमान्तकृत, सिमान्तकृत, सुविधावञ्चित र वहिस्करणमा पारिएका भनी ५ वर्गमा वर्गीकृत गरेका थिए । यो आदिवासी जानजातिको समतामुलक विकासको लागि आवश्यक थियो । तर त्यसबेला विविध किरातीहरूको भिन्न पहिचानलाई राईमा विलय गराउने कार्य भएको थियो । जसरी आदिवासी जनजातिलाई ५९ जाति र ५ वर्गमा वर्गिकरण गरियो, त्यसैबेला विविध किरातीहरूलाई पनि भिन्न आदिवासी जनजातिमा सूचिकृत गरेर लानु पर्दथ्यो । त्यसबेला पिछडिएका साना जातीय समुदायहरुलाई उदारतापूर्ण एकताको विकल्प खोजिएन । अझै पनि जनगणनाको अवसरलाई उपयोग गरेर आदिवासी जनजाति किरात महासंघको जातीय पहिचानको अभियानमा सहकार्य गरी विविध किरातीहरूलाई जातिगत र भाषागत भिन्न पहिचान दिएर हिजो गरिएको व्यवहारको क्षतिपूर्ति गर्न सकिने मार्ग छ । विविध किरातीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, नागरिक तथा राजनैतिक अधिकारमा आदिवासी जनजाति पहिचानसहित सम्मिलित भएर मात्रै सम्भव छ ।

     विकासका लागि ५९ जाति वा समुदाय र ५ वर्गमा वर्गिकृत गरिए झै (राई) का ६, २०, ००४ भित्रका २८ भन्दा बढी जातिहरूलाई पनि भिन्न–भिन्न जातिका रूपमा पहिचान गरी तिनीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक तथा राजनैतिक अधिकारको अवस्था पत्ता लगाउनु पर्दछ । तब मात्र कुन किराती समूहलाई कुन योजनाको आवश्यकता छ, सोको विशेष सबलीकरणको कार्यक्रम निर्माण गर्न सकिन्छ । सबै किराती समूहहरूका आवश्यकता एउटै हुन सक्दैन । अन्यथा राईका नाममा ठूलो जनसङ्ख्याका कारण राज्यले विकासै गर्न चाहे पनि गोलमोटल तथ्याङ्कको आधारमा समतामुलक, समान्यायिक विकास हुन सक्दैन । हरेक भिन्न भाषागत किराती समुदायको आ–आफ्नो आवश्यकता अनुसारको योजना निर्माण नभए किरातीहरूको समानान्तर विकास हुन सक्दैन । नेपालमा बोलिने सबै भाषाहरुलाई नेपालको संविधानले राष्ट्र–भाषाको मान्यता दिइएको छ । राष्ट्रियताको विकास गर्न प्रत्येक नेपाली र समुदायको कर्तव्य हो । त्यसकारण विविध किरातीहरूको भिन्न जातीय पहिचान जनगणनामा लेखाउन आवश्यक छ ।

    गलत तथ्याङ्कको अवस्था रहिरहेसम्म राज्यले जतिसुकै समावेशी नीतिको सिद्धान्तलाई कार्यान्वयन गर्न खोजे पनि साना सङ्ख्यामा रहेका समूहहरूलाई देखाई ठूला सङ्ख्या र अधिपत्य कायम गरिराख्ने प्रवृत्तिका नेतृत्वतहले वास्तविक समुदायगत विकास गर्ने आधार निर्माण गर्न सक्दैन । जबसम्म राज्यको अभिलेखमा हरेक किरातीको भिन्न जातीय पहिचान स्थापित हुँदैन तबसम्म किरात राज्यको संघर्ष कम्जोर ड रहिरहन्छ । किरातीहरूको पुर्खाले संघीय राज्यको अभ्यास गरेका छन् । किरात लगायत समग्र आदिवासी जनजातिहरूको चाहना नै अनुशासित सु–शासनयुक्त संघीय राज्य हो । भाषागत रूपमा केही किराती समूहका भाषाहरूमा भाषा आयोगको पहलबाट केही अध्ययन अनुसन्धान भएका छन्। जुन स्रोत र साधनको अभावमा संकुचित बनेका छन्। भाषागत समुदायको क्षेत्राधिकार भाषिक अधिकारमा सिमित हुन्छ । जातिको रूपमा स्थापित किरातीहरूको राजनैतिक अधिकार राष्ट्र निर्माणमा पनि आवश्यक रहन्छ ।

१६. किराती एकताको उपयुक्त–शुत्र किरात नै हो ।

विविध भाषागत किरातीहरू जातीय पहिचान सहित स्थापित भएर पनि संघीय राज्य प्रणालीमा (किरात) पहिचान मार्फत एकबद्ध हुन सक्दछन् भन्ने प्रमाण लिम्बु जातिको संस्था किरात याक्थुङ चुम्लुङ, सुनुवार जातिको संस्था सुनुवार सेवा समाज, याक्खा जातिका संस्था किरात याक्खा छुम्मा र किरात राई यायोक्खा गरी ४ अलग–अलग किराती मुलका भिन्न जातीय संस्थाहरू एकाबद्ध भएर साझा सवालमा संघर्षरत रहेका पाइएका छन्। यस किरात एकता अभियान अन्तर्गत क्रमिक रूपमा आउँदा दिनहरूमा आफूलाई किरातकै सन्तान हौ भन्ने जातिहरू जिरेल, सुरेल, थामी, हायु, कोचे, मेचे, धिमाल पनि किराती समूहमा आउने सम्भावना छ । डा.हर्कबहादुर बुढामगरका पुस्तक अनुसार मगरहरू पनि किरातभित्र पर्दछन्। पन्जियार थारु लेखकका अनुसार थारु पनि किरातभित्र पर्न सक्दछन् । यदि जनसङ्ख्या धेरै देखाउने हो भने पनि (राई) होइन (किराती) लेख्ने अभियान चलाए अझ उपयुक्त देखिन्छ ।

(क) किरात शब्दले भूमि, सभ्यता, इतिहासलाई जनाउदछ । किरात भूमिमा आवाद गर्ने तथा किरात सभ्याता, संस्कृति, इतिहास बनाउने जाति किरातीहरू नै हुन्।

(ख)किरात–भूमिमा सबैभन्दा पहिलेदेखि बसोबास तथा आवाद गर्ने तथा सभ्यता, इतिहास, संस्कृति बनाउने जाति किराती नै हुन्। किरातभूमि, किरात वंश, किरात सभ्यता, किरात संस्कृति, किरात शासक (राजा) समेत भएको इतिहास लगायतका तथ्यहरूले नेपालको आदिवासी (भूमिपुत्र) किराती हुन् भन्ने स्पष्ट आधार मिल्दछ । किरातीहरूले नेपालको विभिन्न भू–भागमा बसोबास तथा शासन गरेको इतिहास रहेका छन्।

(ग)किराती महाजाति, किराती सभ्यता, इतिहाससँगै विभिन्न भू–भागमा विस्तारित भएर विविध समूह, भाषा, संस्कृतिको विकास भयो । त्यसै अनुरूप हाल किराती अन्तर्गत विभिन्न भाषा, संस्कृति सहित विभिन्न भू–भागमा परम्परागत रूपमा बसोबास गरी आएका किराती मुलका विविध जातिहरू छन् । यही विविधताको आधारमा नेपालमा किरातीहरूलाई खम्बु, मेवाहाङ्, लिम्बु, सुनुवार, याक्खा, बान्तवा, नाछिरिङ, थुलुङ्, खालिङ, जेरुङ, चाम्लिङ, कुलुङ, बाहिङ, साम्पाङ, याम्फु, लोहोरुङ, आदि लगायतले चिनिन्छ । यस आधारमा किरातीहरूलाई महाजाति भन्न सकिन्छ । किराती मुलका विविध जातिहरूलाई आदिवासी मुलवासी जाति मानिन्छ ।

(घ)आदिवासी मुलवासी भन्नाले कुनै पनि राज्य उपनिवेश बन्नु पुर्व वा एकिकरण हुनु पूर्व नै बसोबास गरी आएका जातिलाई मानिन्छ । नेपालमा किराती मुलका सम्पूर्ण जातिहरू नेपालको भौगोलिक एकिकरण हुनुभन्दा धेरै प्राचीन कालदेखि नै बसोबास गरिआएका हुनाले आदिवासी मुलवासी जाति हुन्।

 किराती भूमि गोर्खा राज्यमा गाभेपछि किराती क्षेत्रमा शासन गर्ने संयन्त्रको रूपमा किपट प्रथाको स्थापनासँगै भूमि स्थानीय भूमि व्यावस्थापन तथा प्रशासकको रूपमा राई, जिम्मवाल, सुब्बा, मुखिया, मिजार जस्ता पदहरू स्थापना गरिएका थिए । राजा महेन्द्रले भूमिसुधार ऐन २०२१ लागू गरेसँगै किपट उन्मुलन गरियोर ती राई, सुब्बा, मुखिया मिजार लगायतका पदहरू पनि खारेज गरिएका थिए । किपट कार्यान्वयनमा रहेसम्म अधिकार पाएका व्यक्तिहरूले मात्र राई, सुब्बा, मुखिया मिजार भन्न पाउनेमा किपटको अधिकार ढ खोसिएपछि रैतीहरूले पनि आफ्ना नामका पछाडि राई, सुब्बा, मुखिया मिजार जोड्न थालिआए । जनचेतनाको लहरसगै लिम्बु, सुनुवार, लेप्चा लगायतले सुव्बा, मुखिया, काजी, पदवीलाई पन्छाएर आफ्ना सही पहिचान लिम्बु, सुनुवार, लेप्चा अपनाए । तर माझ–किरातका किरातीहरूमा चेतनाको कमिको कारण भर्खर मात्र आफ्नो सही पहिचान “राई” नभएका बुझ्न थालेका छन् । खासगरी “राई”ले जाति जनाउदैन, यसले पदवी जनाउँछ । यो कुरा निम्न उल्लेखित इतिहासकार, अनुसन्धानकर्ताहरूले भनेका कुराहरूबाट स्पष्ट हुन्छ ।

१७. (राई) जाति नभई पदवी भएको सम्बन्धमा विभिन्न खोज, अनुसन्धानबाट आएका तथ्यहरू

क).राई, भन्ने कुनै जातिको नाम नभई गाउँका ठालु वा मुखिया जनाउने शब्द हो । बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा, ठकुरीलाई बाबुसाहेब, क्षेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तमाङ र शेर्पालाई लामा, थारुलाई चौधरी, दमाइलाई नगर्ची, कामीलाई सुनार शब्दले सम्बोधन गरेजस्तो मात्र थियो । –डोरबहादुर बिष्ट, सबै जातको फुलवारी, पृष्ठ ५ ।

 ख). किपट चलाउने मुख्य शासकलाई “राई” भनिन्थ्यो । पृथ्वीनारायण शाहले उपराजा सरहको अधिकार सहित “राई” पद दिएका थिए । राईको सहयोगीको रुपमा माथा, कारबारी, करता र तहले हुन्थे । धान खेतको तिरौ उठाउने अधिकार प्राप्त प्रमुखलाई “जिम्मवाल” भनिन्थ्यो । “राई”को मृत्युपछि राईकैजेठा छोरा “राई” हुन पाउँदथ्यो । अरू छोराहरू रैती हुन्थे । २०१६ सालसम्म लेखिएको कागज पत्रमा शासकलाई “राई” र रैतीलाई “जिमी” लेखिएको पाइन्छ । राईले किपटमा शासन गर्दा आर्थिक कारोवार मिलाउने व्यक्तिलाई कारवारी, लेखापढिको काम गर्ने सचिवलाई “द्वारे” भनिन्थ्यो । “राई”ले रैतीहरूबाट तिरो उठाएर सरकारलाई बुझाउने र ज्यान सम्वन्धी मुद्धा जाहेर गर्नु पर्दथ्यो । रैतीहरू घरलौरी उठेर राईको खेतिपाती लाइदिन र उठाई दिन जानु पर्दथ्यो, यसलाई बेती भनिन्थ्यो । जनताले जग्गाको तिरो वुझाउन जान र आउन राईलाई बाटो खर्च दिनु पर्दथ्यो । दशैको नवमीको दिन रैतीहरू घरलौरी उठेर राईको घरमा भेला भई मालश्री पाठ गरी रागा, बोका वा भाले काटी बली चढाउनु पर्दथ्यो र रगतबाट पैताला र हतकेलाको छाप दैलोमाथि लगाउँनु पर्दथ्यो । राईकामा टिका थाप्न आउँदा रैतीले आफ्न जात अनुसारको (क्षेत्री बाहुनले दही रोटी, शेर्पाले आलुको पेरुङ्गो, गुरुङ, मगर, तमाङ, जिमीले जाड वा रक्सी “राई”लाई “टिकस” भनेर चढाउनु पर्दथ्यो । पहिले दशैमा मार हान्ने चलन राईको घरमा मात्र थियो । रैतीको घरमा मार हान्ने चलन थिएन । तिहारमा देउसी, भैलो खेल्दा राईको घरबाट सुरू गरिन्थ्यो । गाउँमा झै–झगडा वा नराम्रा कार्य भएमा “राई” समक्ष जाहेरी गरिन्थ्यो । राईको अध्यक्षतामा कचहरी बस्दथ्यो । राई उपस्थित नभएको कचहरि वैधानिक मानिदैनथ्यो । किपट भित्रका प्राकृतिक स्रोतहरू राईको स्वीकृति लिइ रैतीले उपभोग गर्न पाउदथ्यो । –भुपध्वज थोमरोस २०५० र २०५७ कुलुङ सांस्कृतिक अध्ययन ।

ग). जब पहिले खम्बुहरू र त्यसपछि लिम्बुहरू गोर्खालीहरूबाट पराजित भए, गोर्खाका राजाले उनका पराजित दुश्मनहरूलाई सान्त्वना दिन उनीहरूमध्येका ज्यादै प्रभावशाली व्यक्तिहरूलाई आज्ञापत्र दिएर केही जिल्लाहरूमा शासन गर्ने अधिकार प्रदान गरे । यी आज्ञापत्रद्वारा खम्बुहरूलाई, राई, र लिम्बुहरूलाई सुब्बा पदवी दिइएको थियो । –एडिन भेन्सिटार्ट, गोर्खाज, पृष्ठ ९७

घ). राई, प्राचीन कालमा मालपोत उठाउने एक पदाधिकारी हो । किरातीहरूले आफ्ना सर्वभौम सत्तासित साटेको उपाधि र पगरी, जो राईको मौलिक व्युत्पन्न शब्द र जात बुझिदैन । –सी.एम.खम्बू, नाम्ची, दक्षिण सिक्किमा, २०५, राई को हुन्?

ङ). राई पद अन्यतिर पनि प्रयोग भएको पाइन्छ । सिक्किम पाचे खानीका भिमबहादुर प्रधानलाई राम्रो काम गरेवापत सन १९४३ मा सिक्किम सरकारले(राई) साहेबको पदवी दिएका थिए । त्यस्तै बर्माका काजीलाई पनि, देवान पदले विभूषित गरिएको थियो । दनुवार जातिहरूले पनि (राई) लेख्ने गरेको पाइन्छ भने ज्ञण् भारतमा बंगाली, गडवाली र पञ्जाबीहरूले पनि (राई) लेख्ने गरेको पाइन्छ । –सी एम खम्बू २०५ राई को हुन्? च). राई, भनेको जात होइन, पद हो । राईको भाषा र संस्कृति कतै भेटिदैन । कसैले राईको भाषा संस्कृति छ भन्छ भने त्यो नाछिरिङ, चाम्लिङ, बाहिङ, खालिङ, बान्तवा, थुलुङ आदिमध्ये कसैको भाषा रीतीरिवाज हो । –खिलमान वादिरीले दिएको अन्तरवार्ता, सुक्तुम, वर्ष यू, अङ्क २, चैत २०५७, पृष्ठ १५ । छ). राईको इतिहास २५० वर्ष भन्दा कम रहेको र यो सेन राजाहरूले पुर्व विजय गरेपछि किरात प्रदेशका केही मुख्खेलीहरूलाई राई पदवी दिएको र त्यो नै पछि गएर राई बन्यो । राई, शब्दको प्रयोग गोर्खा अधिपध्य पछि व्यापक रूपमा प्रयोग हुनथालेको छ । –डा. डिल्लीराम दाहाल, साउन २५, २०६२ राजाधानी दैनिक ।

१८. “राई” शब्दको उत्पति

क). राई, शब्द राजाबाट उत्पन्न भएको हो । खम्बूवानमा गोर्खा अधिपध्यपछि पृथ्वीनारायण शाहाबाट खम्बू प्रमुखहरूलाई दिइएको(राई) भनिने उपाधिलाई गोर्खालीहरूले “राई” मा परिवर्तन गरेका थिए । –कुमार प्रधान, द गोर्खा कन्क्वेस्टस, प्रिस्ठ ५२ ।

ख). “राई” शब्द राजा शब्दको अपभ्रंश हो र “राई” शब्द “राई” शब्दकै अपभ्रंश देखिन आउछ । –शिवकुमार श्रेष्ठ, लिम्वुवानको ऐतिहासिक अध्ययन, धनकुटा, श्रीमती गंगादेवी श्रेष्ठ, २०४२ पृष्ठ ९१ ।

ग). “राई” शब्दले राजालाई बुझाउदछ र, राई, शब्द रायबाट अपभ्रंश भई आएको शब्द हो भन्ने स्पष्ट छ । नेपाली बृहत शव्दकोषको अनुसार पनि, राई, शब्दले प्राचीन कर्णाली प्रदेशका राजालाई बुझाउदछ र प्राचीन कालमा मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी भनिएको छ । राई शब्दको प्रयोग सिंजा क्षेत्रका मल्ल राजाहरूको पालामा राजाको अर्थमा भएको पाइन्छ । जुम्लाका राजा पूण्य मल्लदेखि उसको नाती अभय मल्लसम्म “राई” शब्द प्रयोग भएको थियो भन्ने छ । यसरी नै पूर्वका किरात क्षेत्रमा पनि राई राजाको रूपमा प्रयोग भएको पाइन्छ । पृथ्वीनारायण शाहले नेपालको भौगोलिक क्षेत्रको एकिकरणको समयसम्म “राई” राजाको अर्थमा प्रयोग भएको थियो । जस्तै बुद्धिकर्ण राय । “राय” र “राई” एउटै हो । राईलाई जाति मान्ने हो भने मल्ल, शाह लगायतका त किराती समूहका परेनन् । यसरी नै नेपालका तराईवासीहरू जो राजनीतिमा संलग्न “राई” जोडिएका ब्यक्तित्वहरु छन्, जस्तै खोवरी राई, महेन्द्र राय मोहम्मत इस्तियाक राई (सांम्सद पुर्व मन्त्री सभासद) आदि ।

घ). किरातीहरूले मात्र नभै अन्य जात र जातिहरूले पनि “राई” पद पाएका थिए । सोलुखुम्बुको सोत्तो ( सोताङका) शिवबहादुर र दिपबहादुर बस्नेत, ओखलढुङ्गा रातमाटेका टेकमानध्वज कार्की, तेजप्रसाद कोइरालाले पनि “राई” पगरी पाएका थिए । डोल्पामा रोकाया क्षेत्रिहरू, जाजरकोटमा बस्नेत क्षेत्री “राई” थिए । भुटानमा गर्जबहादुर गुरुङ “राई” थिए ।

ङ). रायहरुले निम्न स्थानहरुमा राजा भई राज गर्दै थिए ः– श्री जङ्ग राय आठराईका,श्री फुङ्ग राय पाचथरका, श्री जमुन राय चौविसेका, श्री आतहाङ राय फेदापका, श्री शुभवनत राय तम्मर खोलाका, श्री राईना सिंह राय मेवा खोलाका, श्री देव राय मैया खोलाका, श्री यङग्याहादाङ्ग राय याङरोकका, श्री सुनुहाङ्ग छथरका, श्री आस देव चारखोलाका र श्री जसमुखी चैइनपुरका सुब्बाहरू थिए । – नयनराज पन्त, २०१९. २०२० ।

च). “राई”, जाति हैन भन्ने कुरा २३५ वर्षसम्म “राई” भनेर बसेकाहरू लिम्बूमा परिणत हुनुले पनि स्पष्ट गर्छ । २०६६ साल भदौ १६ गते संखुवासभा जिल्ला सभापोखरी गा.वि.स. (वार्ड न १, २, ३, ४ मा बस्ने) ५८ परिवारको २५० जनाले राई थर उल्लेख भएको नागरिकतालाई लिम्बूमा परिवर्तन गराए । “राई”बाट “लिम्बु” थर परिवर्तन गर्नेमध्ये एकजना ९० वर्षीय केशबहादुर राई पनि थिए । बि.सं.१८३१ ताका ज्ञज्ञ तत्कालिन शासकले स्थानीय प्रशासन संचालन गर्ने जिम्मा सहित केही लिम्बूहरूलाई “राई” पद दिइएको थियो । अब उनीहरु साबिकको पहिचानमा फर्किएकोभनाइ रहेको थियो ।

                –अन्नपूर्ण पोस्ट २०६६ साल भदौ१७ गते, २३५ वर्षपछि राईहरू लिम्बूबने। यी माथि उल्लेखित तथ्यहरूले “राय” शब्दले “जाति” जनाउदैन र यो पदवी नै हो भन्ने स्पष्ट हुन्छ । पृथ्वीनारायण शाहले नेपालको भौगोलिक क्षेत्रको एकिकरणपछि “राय” शब्दलाई हटाई र “राई”, “मुखिया”, “सुब्बा”, “देवान” जस्ता शब्दहरूको अवलम्बन गरिएको स्पष्ट प्रमाणहरु छन्।

१९. एक जाति हो भनेर चिनिनको लागि “राई” नै लेखिरहनु पर्दैन ।

    उदाहरणहरु प्रशस्त छन् । बाहुन जाति भनेर चिन्न कसैले पनि बाहुन लेख्दैनन् । थरबाट नै कुन बाहुन कुन क्षेत्री भनेर चिनिन्छ । जस्तै अधिकारी, अर्याल, आचार्य, उपाध्यय, खनाल, खरेल, घिमिरे, गुरागाई, चापागाई, हुमागाई, चौलागाई, ढकाल, ढुंगेल, दाहाल, देवकोटा, धिताल, नेपाल, न्यौपाने, पन्त, पनेरु, पन्थी, पाण्डे, पोख्रेल, पौडेल, प्याकुरेल, बराल बास्कोट, बास्तोला, भण्डारी, भट्ट, भट्टराई, रिमाल, रेग्मी, सापकोटा, सिग्देल, सुबेदी, शर्मा, आदि बाहुन हुन् । बाहुन लेख्दैनन् तर नलेखी नै बाहुन भनेर चिनिन्छ÷बुझिन्छ । कुँबर, केसी, कार्की, कठायत, खतिवडा, खडका, खत्री, थापा, देउजा, बस्नेत, बिष्ट, बोहरा, महत, राउत, रावल, लामिछाने आदि जे लेखे पनि क्षेत्री हुन्भनेर बुझिन्छ । त्यस्तै गिरी, पुरी, बन, सरस्वती लेखे पनि सन्यासी भनेर बुझिन्छ । बम, चन्द, मल्ल, सिंह, शाह जे लेखेपनि ठकुरी भनेर बुझिन्छ । अमात्य, श्रेष्ठ, राजभण्डारी, मल्ल, मास्के, शाक्य, जोशी, प्रधान, वैद्य, तुलाधर, ताम्राकार, कंसाकार, महर्जन, बज्रचार्य, मानन्धर, तण्डुकार, डङ्गोल, चित्रकार, रन्जितकार जे लेखे पनि नेवार हुन्भनेर बुझिन्छ । गोले, गोमदान, ग्रामदान, लोपचन, बन्यू, ब्लोन, बोमजन, च्यावा, दोङ, लामा, घिसिङ, मोक्तान, सिङ्देन, ङारदिन, ङार्पा, पादेन, स्याङबो, पाएन, सामदेन, थिङ, वाइबा, ठोकर, नितोन, योन्जन, स्याङदन जे लेखेपनि तामाङ हुन्भन्ने बुझिन्छ ।

 त्यसैगरी आठपहरिया, कुलुङ, कोयु, खालिङ, चामलिङ, थुलुङ, बाहिङ, नाछिरिङ, साम्पाङ, बान्तवा, दुमी, पुमा, बाम्बुले, याम्फु, मेवाहाङ, लोहोरुङ, छिन्ताङ, छिलिङ, जेरुङ, तिलुङ, दुङमाली, बेलहारे, साम, नो भाषा, संस्कार, थातथलो भएकोफाङदुवाली, लिङखिम, सुनुवार, जिरेल, हायु आदि जेजे लेखे पनि आ–आ आदिवासी किराती जाति हुन् भनेर सहज रुपमा चिनिन्छ । राई नलेख्दा पनि हामी किराती अथवा राई समुदायको हो भनेर सहज रुपमा चिनिन्छौं । यसर्थ खालिङ मात्र लेख्दा केही फरक पर्दैन । तर कसैले दुःख दिने नियतले यो मिलेन, त्यो मिलेन, फलना भएन, आदि इत्यादि भनेर झेल्न सक्छ, यस्ता कुरा कानुनी रुपमा अवैध हो । र्नै थर् वा जाति लेख्न मिल्छ कि मिल्दैन

२०. नागरिकतामा “राई” भएकाले जनगणनामा आ ?

पहिलो कुरा नागरिकतामा लेखिएको “राई” ले जाति हैन थर जनाउछ । नागरिकतामा हेर्नुहोस त्यहाँ नाम थर्लेखिएको हुन्छ न कि नाम र जाति । नेपालीहरूको थर, राई, हुन्छ ? हुँदैन । त्यसैले जनगणनामा आउने गणकले तपाईंलाई नागरिकतामा कुन थर वा जाति लेखेको छ भनेर सोध्दैन । किरातीहरूको सन्दर्भमा आफू कुन भाषागत समुदाय हो त्यही नै जाति हुन्छ । त्यही नै लेखाउने हो । त्यसकारण तपाईले नागरिकता र अन्य कागजातमा जे जे लेखेको भए पनि तपाईले बोल्ने खालिङ भाषालाई आधार मानी जातिको महलमा ढुक्क भएर खालिङ लेखाउनुहोस् ।

२१. व्यक्तिगत घटना दर्तामा (राई) बाहेक अरू किन मान्दैन ?

जन्म, विवाह, मृत्यु र सम्वन्ध विच्छेत आदि जस्ता व्यक्तिगत घटना दर्तामा विविध किरातीहरूको जाति, भाषा, पहिला २०५८ को तथ्याङ्क अनुसार कम्प्युटर सफ्टवेर सिस्टम बनाइएको थियो, जुन संमाविष्ट ज्ञद्द गरिएको थिएन । तर हाल समाविष्ट भैसकेको छ । अब २०६८ को जनगणनाको तथ्याङ्कमा आएको १२५ जाति र १२३ भाषा सबैको भिन्न–भिन्न नामबाट व्यक्तिगत घटना दर्ता गर्न मिल्छ । खालिङ जातिको कोड नं.११७ र खालिङ भाषीको कोड नं.४२.हो । त्यसैले अबदेखिको आगामी समयमा खालिङ लेख्दा कुनै समस्या पर्ने छैन ।

२२. ख्यालबाट अपभ्रंस भएर खालिङ भएको हो ।

क). ख्याल (खालिङ) उत्पति ः– ऐतिहासिक पुर्खौली कथन अनुरुप खुःलु (खुःलुङ) क्षेत्र नै खालिङहरुको उत्पति वा सभ्यता विकासक्रमको ढोका हो । यो भुभाग अहिलेको बरहा क्षेत्रमा पर्दछ । यही क्षेत्रदेखि जीवन यापन् अघि बढाउनेक्रम्मा माप्य ख्याल् (खालिङ) पुर्खाले हिमालयतर्फ नदिलाई पछ्र्याउँदै सोदु रोः (भोजपुरको तारेभिर) कुलुङ क्षेत्रमा पर्ने पाँचपोखरी, मेराक्षेत्र हुँदै आमालाप्चा हिमाल छिचोलेर खुम्बुक्षेत्रको पाङबोचेमा जिविकाको सुरुवात गरे । पाङबोचेको प्रतिकुल मौसम र भौगोलिक कठिनाई पश्चात उपयुक्त कृषि योग्य भुभागको खोजिसंगै ख्याल् पुर्खा तलतिर झरेर सोलुखुम्बुको दुधकोशि नदि आसपास बुबुसा भन्ने ठाउँमा कृषिको सुरुवात गरे । त्यही ठाउँबाट माप्यका सन्तानहरुले ज्युब्यु, बुबुसा, राप्छा, बस, ख्यास्त्याप, काँकु, वाकु, हाङ्कुला, र पावै क्षेत्रमा बसोपासको विस्तार गरे । दिक्प्यका पुर्खाले प्नि खुःलु क्षेत्रबाटै आफनो सभ्यताको विकास गर्दै सुनकोशि र सोलु नदिलाई पछ्याउँदै हिमालय तर्फ अघि बढेर प्योर (दुधकुण्ड हिमाल) आसपास सलुङ, ग्वान्बा, डकु हुंदै फल्ले क्षेत्रमा सभ्यताको विकास गरे । आफनै भाषा संस्कार, परम्परा तथा रितिरिवाज, छुट्टै मौलिक विशेष्ता र ऐतिहासक कालखण्ड भएका तीनै माप्य र दिक्प्यका सन्ततीहरुलाई ख्याल्(खालिङ) भनिन्छ ।

ख). ख्याल (खालिङ) शब्दको उत्पति ः– भाषाको सवालमा खालिङ भाषा पनि अन्य आदिवासी जनजाति भाषा जस्तै ः– भोट बर्मेली भाषा परिवारमा पर्दछ । “खालिङ–भाषा=ख्याल्ब्रा” विशेषगरी बोलचालको ऋयिियत्रगष्बरिकउयपभल भाषा र मुन्दुमी च्ष्तगबरिकबअचबmभलत भाषा गरी दुई किसिमका छन् । पुरुषलाई “ख्याल्च्यो” र स्त्रीलाई “ख्याल्म्य” भन्दछन् । वास् पुज्दा पनि ख्याल्को पुजा हुन्छ र ख्याल्को पूजा हुँदा भूमिको पनि पूजा गरिन्छ । नयाँ अन्नबाली घर भित्र्याउने बेला “ख्याल्” देवतालाई नयाँ अन्न चढाउने मुन्दुमी विधि हुन्छ । ख्याल् पुज्ने समुदायका व्यक्ति भएकोले ख्याल्च्यो र ख्याल्म्य भएका हुन् । कालान्तरमा यही ख्याःल्बाट अपभ्रम्स भएर खालिङ भएको हो ।

ग). भाषा ः– मानवशास्त्रीहरुका अनुसार खालिङहरु भोट बर्मेली सभ्यता अन्तर्गतकै एक जातिहरु हुन् । यिनिहरुको छुट्टै किसिमको आफ्नै भाषा ख्याल (खालिङ) भाषा हुन्छ । नेपालमा तमाम आदिवासी जनजातिले बोल्ने भोट–बर्मेली भाषा परिवारकै भाषा हो –खालिङ भाषा । भाषाको विशेषतालाई गहिरिएर हेर्ने हो भने अरु भाषाभन्दा खालिङ भाषा निकै प्रिथक छ ।

घ). धर्म ः– खालिङ जातिहरु प्रकृति, पुर्खा र जीवनलाई आत्मसाथ गर्ने प्रकृति पुजक किराँत धर्मलम्बिहरु हुन् । तम्र (मुन्धुम) खालिङहरुको धर्मशास्त्र हो, तम्र लिखित हुंदैन यो स्रुति आधारमा पुस्तान्तरण भएर चलेको हुन्छ । खालिङहरुले विशेषगरी पञ्चतत्वको पुजा तथा आराधना गर्दछन् भने भगवान अथवा सृष्टिकर्ताको रुपमा निन्वामलाई मान्दछन्। ज्ञघ

ङ). संस्कृति तथा परम्परा ः– खालिङहरु ख्याल तम्र (मुन्धुम) लाई मार्ग निर्देशक (धर्म) शास्त्रको रुपमा अवलम्बन गर्ने प्रकृति पुजक जातिहरु हुन् । ख्याल तम्र जस्तैः– स्युर तम्र, मन् तम्र, वास तम्र, न्यागि तम्र र सेलेतम्र आदी हुन्। ठाउँ, गाउँ अनुशार तम्रहरुमा केही फरकपना भेटिन्छन्। यस्तो हुनुमा लिखित तम्र नहुनु, भुगोल, परिवेश र श्रुति आधारमा पुस्तान्तरण हुनु हो । खालिङहरुको मुख्य आरध्या देवताको रुपमा नेगी र वासलाई पुज्ने गर्दछन् । खालिङहरुको आफनै मौलिक भेषभुसा (फेङ्गा÷भाङग्रा), गरगहना, चालचलन, रीतिथिति तथा कर्महरु हुन्छन्जो अन्य कुनै पनि किराँतहरुसंग मिल्दैन जस्तैः– द्वास्नङको चलन, १० छाके र ५ छाके पुर्खा र चोखो निस्तो, थ्योक्ला (बाँसबाट बनेको ३ ठाँउमा अ्याम्प्याले बाँधेको), ब्वाल ( किरीया), ३ चुलोको माने, कम्मोसि र चिक्र । चिक्र जाँड भिजाउन विशेषगरि बाँसको बनाईन्छ र उक्त चिक्रा कस्तो र कुन खालको बनाउने हो कार्जे अनुरुप निर्धारण हुन्छ ।

२३. जातिको महलमा खालिङ नै किन लेख्ने ?

खासगरी हामी “खालिङ्” कत्ति छौं ? नेपालको प्रत्येक गाउँ, क्षेत्र, जिल्ला, अञ्चल, प्रदेश, देशभर र विदेशमा गरी विश्वमा जम्मा खालिङको संख्या कत्ति छौं । यसको एकिन तथ्याङ्क खोज्ने यो सुनौलो अवसरलाई सदुपयोग गरौं । जनगणना २०७८ बाट “खालिङ्” समुदायको एकिन जनसंख्या निकाल्न सरकार र सम्बन्धित निकायलाई सहयोग गरौं । २०६८ को जनगणनामा हामी धेरैले जातिको महलमा “खालिङ राई” लेख्यौं । त्यसरी लेख्दा “खालिङ” चाहि बिचको नाम हुन गयो, र “राई” मा गणना भयो । त्यसकारण २०६८ को जनगणनामा “खालिङ” को संख्या १५७१ मात्र आएको हो । त्यसैले आगामी २०७८ को जनगणनामा “खालिङ” मात्र लेखौं, “खालिङ” को एकिन तथ्याङ्क खोजौं । “नेपालको जातीय अवस्थाको पहिचान, जनगणना २०७८ को नविन अभियान” मा “मेरो गणना मेरो सहभागिता” नारालाई साकार बनाऔं ।

२४. २०७८को जनगणनालाई निम्न तरिकाले सदुपयोग गरौं

माथि उल्लेख गरिएका कारणहरू, परिभाषा, व्याख्या र प्रमाणहरूलाई आधार मानी आगामी जनगणना २०७८ मा हामी सम्पूर्ण खालिङ समुदायहरूले निम्न अनुसार लेखौ लेखाऔँ । हामी खालिङ समाजसेवी, खालिङ अगुवाइ प्रतिनीधि तथा बुद्धिजिवीहरूले आफ्नो गाउँटोल, क्षेत्रहरूमा खालिङ लेख्न लेखाउने अभियान चलाऔ !

(क). जात÷जाति के हो ? भन्ने प्रश्नमा, खालिङ लेखाउनुहोस्। खालिङ जातिको कोड नम्बर ११७ हो ।

(ख). पुर्खौली भाषा के हो भन्ने प्रश्नमा, खालिङ भाषा लेखाउनुहोस्। खालिङ पुख्र्यौली भाषाको कोड नं. ४२ हो ।

(ग). मातृभाषा के हो भन्ने प्रश्नमा, खालिङ लेखाउनुहोस्। खालिङ मातृभाषाको कोड नं. ४२ हो ।

(घ). तपाईंले कुन धर्म मान्नु हुन्छ भन्ने प्रश्नमा, किरात मुन्दुम भन्नुहोस्, लेखाउनुहोस्। यी बाहेक अन्य धर्म धारकहरूले स्वइच्छाले आफ्नो धर्म लेखाउन सक्नु हुनेछ ।

(ङ). दोश्रोभाषाको महलमा नेपाली भाषा लेखाउनुहोस्। यदि तपाईंलाई अन्य भाषा दोश्रो भाषाको रुपमा सिक्नुभएको छ भने त्यो पनि लेखाउन सक्नु हुनेछ ।

२५. निष्कर्ष

किराँतहरुको बारेमा ठेट लिखित इतिहास नभएको कारण प्राग–इतिहासको आधारमा पछ्याउनु पर्ने बाध्यता छ । किरात इतिहासको बारेमा नियोलिथिक उपकरणले प्रमाणित गरेपछि मात्र इतिहासकारहरु किराँतका बारेमा सुनेका बुझेका कुरा निर्धक्क साथ उल्लेख गर्दै आएका छन्। साथै किराँतको बारेमा अन्य प्रमाणका रुपमा धर्मग्रन्थमा उल्लेख भएका कुरा लगायत कौटिल्यको अर्थशास्त्रलाई प्रमुख आधारका रुपमा लिने गरिन्छ ।

त्यही किराँत सभ्यताभित्र पर्ने खालिङ समुदाय के हो ? को हो ? भन्ने तथ्य खोज्ने क्रम्मा हामीले प्राप्त गरेको यावत दस्तावेजहरु, सांस्कृतिक कथा कथनहरु, विभिन्न व्यक्तिहरुको विचार, ऐतिहासिक कालखण्ड, सांस्कृतिक तथ्य, थातथलो, दर्शन तथा सभ्यता, अवलम्बन गरिएको साझा भाषा रितिरिवाज र मौलिक परम्पराका कारण किराँत सभ्यता अन्तर्गत ख्याल् (खालिङ) एउटा जाति हो । खालिङहरुको रहन– सहन, चाल–चलन, पुर्वजदेखि आजसम्म अपनत्व स्वरुप जे हासिल गरिदै आइएको छ त्यसले अरु कसैको नभएर खालिङहरुकै विशेष्ता देखाउँदछ । यी सबै हाम्रा महान पुर्खाहरुका साँस्कृतिक सृजनाहरु हुन् । कत्ति सकिन्छ, यसलाई बचाइराख्ने र युग सुहाउदो समयसापेक्ष परिमार्जित गरेर अझ राम्रो बनाउन सक्नु विद्यमान हामी खालिङ्हरुको परम कर्तव्य पनि हो ।

२०७८ सालमा हुंँदै गरेको जनगणनाको तथ्याङ्कमा आफनै जातिको उल्लेख गरेर आफुलाई अभिलेखिकरण गर्नको लागि सत्य तथ्य यथार्थ विवरणहरु धेरै छन् । “राई” लेखिरहन जरुरी छैन, किनभने “राई” जाति होईन समुदाय हो । विभिन्न आधिकारिक दस्ताबेजहरु अनुसार– जाति हुनको लागि साझाभाषा, मौलिक परम्परागत साझा संस्कृति, ऐतिहासिक कालखण्ड, रहनसहन, साझा रीतिरिवाज, थातथलो, साझा संस्कार र सभ्यता, दर्शन हुनु पर्दछ । खालिङ समुदायको लागि उपरोक्त सबै साझा तथ्यहरु छन्। भाषा र सँस्कार अन्योन्याश्रित सम्बन्ध छ । खालिङ भाषा र मुन्दुम (नेगितम्र, स्युरतम्र, वास्तम्र, मनतम्र, सेलेतम्र)हरु छन्।

सुनकोशी नदिदेखि पृर्व अरुणखोलादेखि पश्चिम क्षेत्रमा बसोबास गर्ने जिमी वा खम्बुहरुलाई मालपोतको तालुक काम वापत दिईएको पदवी नै कालन्तरमा राई हुन पुगेको भेटिन्छ । कतै–कतै पाइने पुरानो दस्तावेजहरु जस्तैः– ढड्डा, साजेप बही, तिरऊ भर्पाइ, लिखत र मिसिलमा भएको “राई” शब्दले तालुकदार कार्य गर्ने व्यक्तिलाई जनाउँछ । “राई” (तालुक)को सहयोगीहरुमा माथा, कारबारी, करता, र तहले उल्लेख भएको पाइन्छ भने अन्य जनताहरुलाई पर्वते भाषामा जिमी भनिन्थ्यो र आफनै भाषामा चांहि ख्याल्, थुलु, कुलु आदि उल्लेख गरेको भेटिन्छ । राणाकालमा सोलुखुम्बुको तत्कालिन लोम्रु र राप्छा –हाल काँकु, बासा र खाली) र सोलु क्षेत्रको भोटे लामाबिचको युद्धमा (रादु) जिम्दारहरुले पाएको लालमोहरमा जिमीका थलो, राप्छा ख्याल्देल निवासि नरजीतले बासा क्षेत्रकै क्षेत्रीहरुसंग राप्छा पातल (१० खर्क) र जंगल खोसाखोस (१८ बर्ष) लामो मुद्दामा हनुमानढोका (राजदरबार) बाट नरजीतको पक्षमा मुद्दा पैmसला हुँदा “जिम्दारका वन” शब्दको उल्लेख गरिएको छ र काँकु कोर्कु निवासी जसेको २०१५ साल पौष १५ गतेको दिन भएको शुभ–विवाहको साजेप बहीमा चेरोमुङ्रो गर्ने ६८ जनामध्ये २ जनाको“राई” लेखिएको बाहेक अरु सबैले “जिमिदार” शब्द उल्लेख गरेको पाइएको छ । त्यसकारण “राई” शब्द पछि नै निर्माण भएको हो । कतिपय खालिङहरुले “रादु” शब्द नै “राई” भएको हो भन्ने बुझाइ रहेको छ । वास्तवमा खालिङ रादु शब्दले समग्र किराँत भन्ने बुझाउँछ भने ¥यज्य (ठालु) शब्द खस भाषामा अपभ्रंस भै “¥याई” हुंदै “राई” हुन पुग्यो । ¥याई अथवा तालुक जो थियो उसलाई केहीसमय अघिसम्म मात्र प्रत्येक खालिङहरुले विवाहको बेलामा “फर्नौली” नामको मान–पानले सम्मान गर्दथे । यदि ¥याईको देहबसान भयो भने ¥याईकै जेठो छोरो उत्तराधिकारी उभ्याइन्थ्यो । यदि जेठो छोरो नभएमा वा असक्षम भएमा अन्य भाइलाई त्यो उत्तराधिकारी पद दिइन्थ्यो । त्यो पनि नभएमा गाउँ समाजको उपस्थितिले ईच्छुकहरुमध्ये एक जनालाई ¥याईको उत्तराधिकारीको रुपमा चयन गरिन्थ्यो।

अहिले हामी “राई”का रुपमा चिनिए तापनि “राई”भित्र विभिन्न जाति छौं । किरात दर्शनको केही सार मेल खाए पनि, एउटा समुदायको परम्परागत संस्कार, संस्कृति, रीतिरिवाज, मुन्दुमी विधि एकापसमा मेल खादैनन्, किनभने भूगोल र भाषा फरक छन्। किरातीहरुबीच धेरै भाषा छन्, भाषाशास्त्रीहरुका अनुसार यिनीहरु फरक छन् । खालिङले जनगाणा तथ्याङ्कमा “राई” उल्लेख नगरे पनि किरात राई समुदाय वृहत भएकोले “राई” शब्द हराएर जांदैन । तर खालिङ, थुलुङ, कुलुङ, बायुङ आदि जातिहरु उल्लेख गरिएन भने कालान्तरमा स्वतः लोप भएर जानेछन्।

क्षेत्री बाहुनहरु यो मामलामा स्पष्ट छन्। चाहे बाहुनले होस वा क्षेत्री जो कसैले नामको पछाडि थर मात्र लेख्छन्, जस्तैः– कार्की, बस्नेत, दाहाल, लम्साल, कोईराला, थापा । क्षेत्री वा बाहुन भनेर उल्लेख नगरि नै ऊ कुन वर्गमा पर्दछ स्वतः स्पष्ट हुन्छ । त्यसैकारण चाहे संख्यात्मक आधारमा खालिङ जाति थोरै हौंला तर आफनो वास्तविक विवरण स्पष्ट लेखाई राष्ट्रको मुख्य तथ्याङ्कमा अभिलेखित हौं । सही तथ्याङ्क नै सान्दर्भिक र वैज्ञानिक हुनेछ । मुलुभरिकोविभिन्न गाउँ, ठाँउ, जिल्ला, क्षेत्र, र विश्वभरी हामी खालिङ कत्ति छौं ? यसपटक सही डाटा खोजौं । २०७८को राष्ट्रिय जनगणना “मेरो गनणना, मेरो सहभागिता”मा आफ्नो सही तत्याङ्क लखौं÷लेखाऔं ।

अलस्यो!!

सन्दर्भ सूचीहरु

१) केन्द्रीय तथ्याङ्क विभागद्वारा प्रकाशित सामग्रीहरु,

२) ऐतिहासिक ख्याल उत्पतिको कथन

३) ऐतिहासिक थातथलो,

 ४) भाषा र संस्कृति

५) ख्याल तम्रहरु

६) ख्याल द्वास्नङहरु

 ७) २०१५ सालको साजेप बही,

८) राणाकालमा (रादु) ख्यालहरुले पाएको जिमीका थलो नामक लालमोहर,

९) २०३२ साल भन्दा अगाडीका नेपाली नागरिक्ता र अस्थायि निस्साहरु,

१०) खालिङ गाउँ बस्तिमा पाईने अति पुराना चौताराहरुमा उल्लेखित शिलालेखहरु,

११) विभिन्न व्यक्तिहरुले लेखेका किरात बारेका आलेखहरु,

१२) किरात रदु नाछिरिङ साखाम्केन्द्रीय कार्य समितिको मुखपत्र “राधाम्मा” ।

 १३) सबै जातको पूmलबारी, डोरबहादुर विष्ट, सातौं संस्करण २०५५, साझा प्रकाशन ।

१४) प्राचीन किरातहरुले छाडेका सम्पदाहरु, रामचन्द्र राई, दोश्रो संस्करण २०६६ ।

सन्दर्भ सामाग्री सूचीहरु

 १) खालिङ भेषभूषाहरु फेङ्गा, पाङ्गा, थ्वाप्रु, मन्जे, त्योपी, लुक्चा, धजुरा, रेङ्, पेचुरी, योङ्बेम्, सेलेबेम्, बेयोङ्, थाग्रा, दोङ्ङम्, सेम्यरी, मुक्चम्, बेलम्,

२) ख्याल्परम्परागत मुन्दमी सामग्रीहरु ः– खेतदान, दाख्ला, प्वाप्ता, योःबे, झ्यात्, ख्यच्युफे, क्यार्दो, चक्मक, झुलो, ख्या¥युफे, लुऽबेःला, ब्युन्न्य, न्यास्फे, अ्यारी, थ्योक्ला, क्याफ्याम्, अ्यारी, ख्वार्बे ।

परिशिष्ट

जनगणना २०७८ मा खालिङहरुले जाति, पुर्खाभाषा, मातृभाषा, दोस्रोभाषा र धर्मको बारेमा के के लेख्ने भन्ने बारेमा विशेष खालिङ व्यक्तित्वहरुको विचार ः–

राष्ट्रिय जनगणना २०७८ मा खालिङको सहभागिता विषयक अध्ययन समिति

१) साङ्ग बहादुर राई ः– संयोजक

२) धनबहादुर राई ः– सचिव

 ३) अर्जुन राई ः– सदस्य

४) प्रश्न राई ः– सदस्य

५) रुद«कुमार राई ः– सदस्य

६) रामरतन राई ः– सदस्य

७) मानबहादुर राई ः– सदस्य

प्रतिवेदन सर्वधिकार ः संस्था तथा कार्यदल समितिमा सिमित हुनेछ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...