नौ तल्ले घरमाथि तिहार विशेष कार्यक्रम सम्पन्न ।

wwwjerungfilmswwwjerungfilms 2 Nov 2021

कार्तिक १६, काठमाडौं ।  भिमु मेमोरियल ट्रष्टको संयोजन साथै खोटाङ सेवा समाज युकेको आयोजनामा भिमु मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष जानुका राईकै घरको नौ तल्ला माथि सिनामंगलस्थित काठमाडौंमा एक भब्य कार्यक्रम सम्पन्न भएको छ ।

दुईवटा संस्थाको ब्यानरमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपालबाट भिमु मेमोरियल ट्रष्टका अध्यक्ष जानुका राईले गर्नु भयो भने बेलायतबाट खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईले गर्नु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पुर्ब अध्यक्ष बर्तमान संरक्षक तथा वरिष्ठ लोक दोहोरी गायक प्राज्ञ प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा साथै खोटाङ सेवा समाज युकेको उपाध्यक्ष भाज्ञवती राईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

 तिहारको उपलक्ष्यमा आयोजित कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा भएको छ । औपचारिक कार्यक्रमलाई सभाध्यक्षताको आसनग्रहण गर्दै भिमु मेमोरियल ट्रष्टका अध्यक्ष राईले कार्यक्रममा उपस्तिथित सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य बारे जानकारी दिनुभयो ।

भिमु मेमोरियल ट्रष्ट र खोटाङ सेवा समाज यी दुई संस्थाको नाम र ब्यानर फरक रहेपनि काम भने स्थापना कालदेखि नै समाजिक कार्यमा अतुलनीय योगदान पुर्याउदै आएको अध्यक्ष राईले स्पष्ट पार्नु भयो । र, आगामी दिनहरूमा पनि भिमु मेमोरियल ट्रष्टले निरन्तर सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्तिथित सबैलाई तिहारको शुभकामना दिदै बेलायत निवासी खोटाङ सेवा समाज युकेका उपाध्यक्ष एवम् कार्यक्रमका बिशेष अतिथि भाज्ञवती राईले नेपाल आएकै बेला संयोगबस कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

 खोटाङ सेवा समाजले खोटाङका नागरिकलाई कोरोना भाईरसको कारण नेपालमा भएको दुईवटा लकडाउनमा समेत अक्सिजन लगायतका थुप्रै विभिन्न स्वास्थ सामाग्री सहयोग गरेको जानकारी दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पुर्ब अध्यक्ष बर्तमान संरक्षक तथा वरिष्ठ लोक दोहोरी गायक एवम् कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ प्रजापति पराजुलीले कार्यक्रमलाई सम्बोधन गर्दै यस कार्यक्रमले विभिन्न गीत, सङ्गीत, कला र साहित्यको माध्यमबाट पुर्बी र पश्चिमको श्रष्टालाई जोड्ने सकारात्मक पुलको काम गरेको बताउनु भयो ।

 यता नेपालबाट जानुका राईको अध्यक्षतामा चलिरहेको औपचारिक कार्यक्रम समापन भएसंगै खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईको अध्यक्षतामा भर्चुअल औपचारिक कार्यक्रम शुरु भयो । भर्चुअल कार्यक्रमलाई खोटाङका थुप्रै ब्यक्तिहरु कृषि बैज्ञानिक मदन राई, सु-प्रसिद्ध गायक राई ईज किङ राजेश पायल राई लगायतले सम्बोधन गर्नुभयो ।

भर्चुअल औपचारिक कार्यक्रमको समापनसंगै अनौपचारिक साङगीतिक कार्यक्रमलाई लोकप्रिय गायिका एवम् समाजसेवी मेनुका राईले समन्वय गर्नुभयो । कार्यक्रममा लोकप्रिय कलाकारहरु प्राज्ञ शान्तिराम राई, मेनुका राई, पार्बती राई, राई नवीन, रुप कुमार राई, फुलन्देकी आमा (उमेश राई) बिक्रम राई, देबेश राई, बबिना किराँती, रेवत राई, पार्बन राई (राई बुढा) मनिता राई, सशिकला राई र अनिल कोयी राई लगायतको बेजोड प्रस्तुति रहयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...