नेपालको सातौ बैठकले दश गणराज्य आन्दोलन उठाउने निर्णय गर्दै माओवादी कम्युनिष्ट पार्टी

wwwjerungfilmswwwjerungfilms 30 Oct 2021

काठमाण्डौं – माओवादी कम्युनिष्ट पार्टी, नेपाल, केन्द्रीय समितिको सातौ बैठक सम्पन्न भएको छ । गोपाल किरातीको अध्यक्षताको बैठक यहि काक्तिक १०, ११ र १२ गते काठमाडांैमा सम्पन्न भएको हो । ०७५ मा प्रचण्डहरुले नेकपा माओवादी केन्द्र बिघटन गरी नेकपा डब्बलतर्फ गएको स्थितिमा तत्कालीन पार्टी स्थायी समिति सदस्य गोपाल किरातीको अध्यक्षतामा माओवाद रक्षार्थ एक समूहले नेकपा माओवादी केन्द्र पुर्नगठन गरेका थिए । तर, ०७७ मा सर्वाैच्च अदालतको फैसलाले प्रचण्डहरुलाई नै पुन माओवादी केन्द्र बुझाई दिएपछि किराती नेतृत्वको सातौ बैठकले आफनो पार्टीको नामाकरण माओवादी कम्युनिष्ट पाटी, नेपाल भनेर निर्णय गरेको हो ।

पार्टी अध्यक्ष गोपाल किरातीसित सातौ बैठकबारे बुझदा गत बैशाखको मे दिवसमा धनकुटाको हिले बजारस्थित पाँच दिने स्कूलिङसहित केन्द्रीय समिति बैठकको तयारी भएकोमा दोस्रो भेरियसनको कोरोण प्रकोपका कारण सो तयारी स्थगित गर्नु परेको र यसपटक काठमाण्डौंमा सातौ बैठक गरिएको बताए । अध्यक्ष किरातीका अनुसार बिभिन्न ऐतिहासिक महत्वका निर्णयहरु गर्दै सामुहिक रुपान्तरणको भावसहित बैठकले गरेका निर्णयहरु यस प्रकार छन !!

१. पार्टीको नामाकरण माओवादी कम्युनिष्ट पाटी, नेपाल भएको छ । यसबीच बिभिन्न प्रयासको प्रतिफलस्वरुप नामकरण सम्बन्धी बैठकले यस्तो निर्णय लिएको हो ।

२. समाजवादी क्रान्तिको तयारी गर्न पहिचान आन्दोलनलाई ठोस योजनासहित अघि बढाउने गरी बैठकले दशवटा गणराज्य सरकार पुर्नस्थापना आन्दोलन तयारी समिती गठनका लागि दश जना केन्द्रीय नेताहरुरलाई संयोजनको जिम्मेवारी तोकेको छ । (तलको ईन्टरलिंकमा हेर्नु होला) महान जनयुद्धको क्रममा, तत्कालीन नेकपा माओवादीले ०६० मा घोषणा गरेको स्वायत्त गणराज्य सरकारहरु शान्तिपुर्ण आन्दोलनको माध्यमले पुर्नस्थापना गर्ने सातौ बैठकको निर्णयले देशमा कुण्ठित जनताको पहिचान आन्दोलनलाई पुर्नजागरण उर्जा दिने ठानिएको छ ।

३. माओ दिवसको अबसरमा, आगामी पुष ११ गते बुटवलमा माक्र्सवादको तीन संघटक अंग र पार्टीका बिकसित बिचारहरुबारे केन्द्रीय समितिका सदस्यहरुको ब्यबस्थित स्कूलिङ सन्चालन गर्नेछ ।

४. आगामी फागुन–चैत महिनामा पार्टीको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्नेछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...