प्रचण्ड – प्रधानन्यायाधीशबारे समाधान दिने गरी साझा धारणा ल्याउछौ

wwwjerungfilmswwwjerungfilms 30 Oct 2021

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा सम्बन्धमा साझा निर्णय बनाउने बताएका छन्।

जनकपुर विमानस्थलमा आज कुरा गर्दै उनले न्यायालयका बारेमा गठबन्धन दलको धारणा छिट्टै सार्वजनिक हुने पनि दाबी गरे ।

‘न्यायालय र राजीनामाबारे मेरो व्यक्तिगत धारणाभन्दा गठबन्धनकै साझा धारणा सार्वजनिक गर्ने क्रममा छौं,’ “गठबन्धनका नेताहरु अहिले को कहाँ को कहाँ भएकाले केही ढिलो भएको हो।

हामी केही दिनमै बैठक बसेर साझा धारणा बनाउने छौं,” उनले भने, “समाधान दिने गरी साझा धारणा बनाउने हाम्रो तयारी छ।”

सर्वोच्च अदालतका न्यायाधीशहरुसँगै नेपाल बार एसोसियसन तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रधानन्यायाधीशले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन् ।

यता, प्रधानन्यायाधीशले भने आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताउँदै आएका छन्। प्रधानन्यायाधीशका बारेमा राजनीतिक दलहरुको स्पष्ट आधिकारिक धारणा नआएको भन्दै आलोचना हुँदै आएको छ। ‘गठबन्धन स्मुथ्ली चलिरहेको छ।

कुनै वि’वाद आएको छैन,’ प्रचण्डले भने,‘दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’

प्रतिपक्षी दलले संविधानको मर्म र भावना विपरित अनावश्यक रुपमा संसद अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्त्वपूर्ण विषयमा विद्येयकहरु ल्याउने प्रचण्डले बताए।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...