राष्ट्रिय जनगणना २०७८ मा बहुल किरात जाति भाषागत पहिचान स्थापना गर्न किरात महासंघको अवधारणा

wwwjerungfilmswwwjerungfilms 26 Oct 2021

जनगणनामा भाषागत किराती समुदाय जातीय सवाल

२०६८ को जनगणनामा आदिवासी किरात महासंघमा आवद्ध किराती मूलका बाहिङ, कुलुङ, लोहोरूङ, चाम्लिङ, नाछिरिङ, साङपाङ, बान्तावा, थुलुङ, याम्फू, आठपहरिया, खालिङ र मेवाहाङ गरी जातिमा १२ किराती समूहहरू र भाषामा जेरूङको उल्लेख भएको थियो । तर देवान समुदायको जाति र भाषा दुवैमा उल्लेख भएको थिएन । २०७८ को जनगणनामा देवानसहित थप सुसूचित किरातीहरूले जातीय पहिचान स्थापित गर्नेछन् । आफ्नो जातिको स्वतन्त्र अस्तित्व र पहिचानका लागि सबै भाषागत समुदायहरूले २५ कार्तिकदेखि ९ मंसिर २०७८ सम्म हुन गइरहेको  बाह्रौं राष्ट्रिय जनगणनामा सोधिने तपाईको जात÷जाति के हो भन्ने प्रश्नको उत्तरमा किरातीको आफ्नो मातृभाषाको नाम अनुसार नै जाति हो भनी लेख्नु÷लेखाउनु अति आवश्यक छ । जस्तै – देवान भाषा भएकाले जातिमा पनि देवान लेखाउनु आवश्यक छ । यसो नगरिए विविध किरातीहरूको जातीय पहिचान लोप हुनका साथै तिनीहरूको विकासका कार्यक्रमहरूमा प्राथमिकता निर्धारण गर्न अन्यौल सृजना हुनेछ  । फलस्वरुप सत्ता, शक्ति, स्रोत र राजनीतिक जनप्रतिनिधिमा पहुँच पुग्ने केही टाठाबाठाहरूको मात्र विकास भई अन्य किरातीहरू सदा पछि पर्नेछन् । विगतमा राई समेत भनेर चिनिने किरातीहरू – ‘याक्खा’ र ‘सुनुवार’ अलग अस्तित्व र जातीय पहिचानकासाथ आदिवासी जनजातिको सूचीमा रहेका छन् । विगतमा राई भनेर चिनिदै आए तापनि स्वतन्त्र भाषा बोल्ने र विविध संस्कार संस्कृतिहरू गर्ने किरातीहरूको भिन्न जातीय पहिचान जनगणनामा स्थापित गर्न पाउनु तिनीहरूको मानवअधिकार हो ।  जनगणनाबाट जातीय पहिचान स्थापित हुनु भनेको असमानता र विभेद न्यूनीकरण हुने मार्ग खुला हुनु पनि हो । जातिगत पहिचान मर्यादापूर्वक र आत्मसम्मानपूर्वक बाँच्न पाउने संविधान प्रदत्त नागरिक अधिकारको कार्यान्वयन पनि हो ।

राष्ट्रिय कानूनको मापदण्ड अनुसार आफ्नो छुट्टै भाषा, छुट्टै संस्कृति, भिन्न सामाजिक संरचना तथा परम्परागत रीतिरिवाज र लिखित अलिखित इतिहास भएका जाति वा समुदाय आदिवासी जनजाति हुन्् । नेपाल सरकार पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी जनजातिसम्बन्धीको महासन्धि अर्थात आइएलओ १६९(१९८९) ले आदिवासी हुनका लागि स्वःपहिचानको अधिकार प्रदान गरेको छ । नागरिक तथा राजनीतिक अधिकार; आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धीको अन्तराष्ट्रिय महासन्धिले हरेक नागरिकलाई आत्मनिर्णयको अधिकार प्रदान गरेको छ । नेपाल सरकारले हस्ताक्षर गरेको आदिवासी जनजातिका अधिकारसम्बन्धी संयुक्त राष्टसंघिय घोषणापत्र–२००७ ले कुनै पनि जातिको अस्तित्व र पहिचानलाई विलिन गराउन नपाउने अधिकार प्रदान गरेको छ । यसले आफ्नो समुदायको अस्तित्व र पहिचान निर्धारण गर्ने आत्मनिर्णयको अधिकार प्रदान गरेको छ ।

किरातीहरूको संस्थागत सशक्तीकरण

किरातीभित्रका २८ भन्दा बढी स्वतन्त्र भाषागत समुदायहरू सबैले जनगणनामा जातिकारुपमा लेखाएमा मात्र राज्यले प्रत्यक्षरूपमा सबै किरातीहरूको स्वतन्त्र पहिचान गर्दछ । स्वतन्त्र जातीय पहिचानका कारणबाट रोजगार तथा आर्थिक, शैक्षिक तथा सामाजिक, धार्मिक तथा साँस्कृतिक पक्षकासाथै एकल जातीयभित्रको पनि महिला, युवा, किशोर, बालबालिका, वृद्ध तथा ज्येष्ठ नागरिक, अपाङ्ग, यौनिक अल्पसंख्यक तथा तेस्रोलिंगी आदि सबै समूहहरूको वास्तविक सूचना राज्य समक्ष पुग्दछ । जुन सूचनाका आधारमा दिगो विकासको लक्ष्य अनुरूप पूर्ण समावेशी–समानुपातिक तथा विविध किरातीहरूको समानान्तर समतामुलक र समन्यायिक विकासका योजनाहरू निर्माणमा सहयोग पुग्दछ । ती योजनाहरूको कार्यान्वयनबाट राज्य सञ्चालनमा समेत अधिक जातीय समुदायहरूको प्रतिनिधित्व हुने अवसर प्राप्त हुन्छ । यी र यस्ता अवसरहरूबाट सबै भाषागत किराती समुदायहरूलाई संस्थागत सुदृढ र सशक्तिकृत हुने अवसर प्राप्त हुन्छ ।

राई जातिको भ्रम परित्याग गरौं

‘किरात याक्खाको इतिहास ः एक छलफल’ नामक पुस्तकका लेखक दुर्गाहाङ याक्खा राई ‘राई’ जाति नभइ याक्खा जातिका हुन् । उक्त पुस्तकमा ‘राई’ शब्दको उत्पत्ति र भ्रान्ति धारणा (पृ.४) मा उल्लेख गर्नुभए अनुसार ‘राई’ शब्दले कुनै जाति वा थर पनि जनाउँदैन र ‘राय’ वा ‘राई’ शब्द किरातभाषा परिवारको पनि होइन भनी स्पष्ट पार्नु भएको छ । त्यस्तै डा. स्वामी प्रपन्नाचार्यले पनि ‘राय’ शब्दले धन वा राजा बुझाउने उल्लेख गर्नु भएको छ । प्राचीन इतिहास नामक पुस्तकमा उल्लेख गरिएको खोटाङका हर्कबली चाम्लीङ राय थिए न कि राई जातिका । किरात इतिहासिविद इमानसिंह चेम्जोङका अनुसार जिल, अजिल राई ‘राई’ जाति नभई भारतको कामरुपबाट आई किरात प्रदेशमा शासन गर्ने सेनवंशीका सन्तान थिए ।   धुलीखेलको चौकोटमा गोर्खाली फौजसँथ युद्ध गर्ने महेन्द्रसिंह राई किरात प्रमुख र नामसिंह राई सहायक प्रशासक पद धारक नै थिए । पृथ्वीनारायण शाहले एकीकरण गर्नु अघि सेनवंशी राजाहरूले किरात प्रदेशमा खम्बू अन्तर्गतका विभिन्न किराती समुदायहरू (बाहिङ, कुलुङ, चाम्लिङ, खालिङ, साङपाङ, बान्तवा, जेरो÷जेरूङलगायतका); मेवाहाङ, याम्फू, आठपहरिया, लोहोरूङ; लिम्बू, सुनुवार, देवान आदिलाई चौतारिया, मन्त्री वा शासक, प्रशासककारुपमा दिएका पदहरु नै थिए । त्यसैलाई एकीकरणताका पृथ्वीनारायण शाह वा उनका उत्तराधिकारीहरूले शाहवंशिय शासन अन्तर्गत स्वायत्तरुपमा बस्न स्विकार गर्नेहरूका किपटलाई थामिदिन ‘राय÷राई’ पदलाई निरन्तरता प्रदान गरेका थिए । तर जंगबहादुर राणाको शासनकालपछि किपट भूमीलाई खण्डिकृत गर्दै ‘रैकर’ बनाई सरकारलाई त्यसको आम्दानी बुझाएर खाल–खालका ‘राई’ पगरी प्राप्त गरेका थिए । उक्त ‘राई’ पगरीको प्रलोभनले किरातीहरूको स्वायत्त भूमि किपटको क्षयीकरण भयो । । करिब ५७ वर्ष अघि नागरिकता ऐन–२०२० प्रथम पटक नेपालमा जारी गरी नाागरिकता बनाउने क्रममा तत्कालिन किरात प्रदेशमा रहेका राय÷राई पद पाएकाहरूका क्षेत्रमा बस्ने आम किरातीहरूलाई समेत थरका रुपमा राई लेखि नागरिकता प्रदान गरेका थिए । त्यसपछि क्रमिक रुपमा राई लेखिदै आएको हो । वर्तमान अवस्थामा नागरिकतामा राई थर लेखिएकाहरू अधिकांश किराती खम्बूभित्रका पाइन्छन् । संखुवासभाका २६५ लिम्बूहरूले विगतमा नागरिकतामा लेखाएका थर ‘राई’ परिवर्तन गरी लिम्बु बनाइसकेको समाचार सञ्चारमाध्यमहरूमा आइसकेको छ । राई जातिको भाषा नभएको सत्यता सम्बन्धित संस्थाले नै अंगिकार गरिसकेको अवस्था छ ।

राई नागाबीचको तुलना हुन सक्दैन

२८ भाषी एक जाति ‘राई’ हुन सक्ने तुलना भारतका नागा समुदायहरुसँग गर्ने गरेको पाइन्छ । वास्तवमा नागा शब्दले नेपालमा किरात भनेझैं अर्थ राख्दछ । अर्थात नागा विभिन्न जातिहरूको साझा पहिचान हो । नेपालमा पनि २८ भन्दा बढी स्वतन्त्र भाषा बोल्ने र पृथक संस्कार संस्कृतिहरू गर्ने जातिहरूको साझा पहिचान र एकताको प्रतिक किरात हो ।  भारतको प्रादेशिक तथा संघिय  संविधाननै नागा समुदाय भित्रका १७ भिन्न भिन्न भाषागत समुदायहरू जनजातिारुपमा सूचिकृत भएका छन् ।  यदी नागा एउटै जाति भएको भए एउटा नागा जाति मात्रै जनजातिमा सूचिकृत हुनुपर्ने थियो । तर भारतमा त्यसो गरिएको छैन । त्यसैले ‘राई’ लाई ‘नागा’ सँग तुलना गर्न मिल्दैन ।

आदिवासी किरात महासंघ, केन्द्रीय समिति

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...