राई जाति होइन पद हो भन्दै, आ आफ्नो पहिचान लेख्न र लेखाउने किरात महासंघको आवहान

wwwjerungfilmswwwjerungfilms 25 Oct 2021

जेरुङ फिम्म्स, ८ कात्तिक – कठमाण्डौं । आदिवासी किरात महासंघले १२ औं राष्ट्रिय जनगणना २०७८ मा ‘राई, शब्दलाई बहिष्कार गर्दै,आआफ्नो पहिचान लेखाउन अपिल गरेका छन् । ‘राई, शब्द पद मात्र हो, जाति होइन भन्दै महासंघले अवधारण राख्दै आएको छ ।

किरात महासंघद्धारा १४ किरात समुदायको संयुत्तरुपमा शनिबार सूचनामुलक सभ्यदृश्य निर्माण गर्दै सामुहिक रुपमा यस्तो कुरा बताएका हुन् । जाति,भाषा र धर्म सुनिश्चित गर्न कर्तिक २५ गते देखि मंसिर ९ गते सम्म हुने जनगणनामा आ–आफ्नो जाति पहिचान लेखाउन महासंघले किराती समुदायहरुलाई सुझाव दिएका छन् ।

आ–आफ्नो वास्तविक जातिय पहिचान दिएर जनगणना गणक प्रतिनीधिहरुलाई नाम टिपाउदा मातृभाषी सबै सुमुदायलाई फाईदा हुने समेत महासंघले जनाएको छ । तर किरात राई यायोक्खाले भने इतिहास र पहिचान बोकेको हामी ‘राई, हो भन्दै आगामी जनगणना २०७८ मा ‘राई, शब्द नै लेखाउन आवहान गरेको छ ।

आदिवासी किरातहरु भित्र

चाम्लिङ,बाहिङ,खालिङ,कुलुङ,थुलुङ,बान्तावा,नाछिरिङ,साम्पाङ,मेवाहाङ,जेरुङ,याम्फु,लोहोरुङ लगायतका २६ भाषा भाषीहरु छन् । अहिले यी भाषा भाषीहरु आपसमा कसैले ‘राई, शब्द लेख्ने र कसैले हामी ‘राई, होइन भन्दै विभिन्न धारणा राख्दै आएका छन् । किरात समुदाय भित्रको किचलोले केही केही व्यक्तिहरु भने आफ्नो वास्तविक पहिचान के हो र के लेख्ने हो भन्ने कुरामा अलमलमा परिरहेको अवस्थामा किरात महासंघले भ्रममा नपरी आ आफ्नो जाति, भाषा, धर्म लेख्न लेखाउन अपिल गरेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...