निलो आकाश सहकारीले १४ औं वार्षिक साधारण सभा सम्पन्न गर्यो ।

wwwjerungfilmswwwjerungfilms 5 Oct 2021

१८ सोमबार २०७८ काठमाण्डौ । निलो आकाश वचत तथा ऋण सहकारी संस्था लि।ले यस वर्ष पनि भर्चुअल माध्यमबाट करिव ६६ प्रतिशत शेयर सदस्यहरुको सहमतिमा संस्थाको अध्यक्ष निमनाथ फूयाँलको अध्यक्षता र बाग्मति प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उद्दव सापकोटाको प्रमुख आतिथ्यतामा १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले मिति २०७८ साल अशोज ७ गतेबाट १४ गते सम्म १५० जनाको दरले संस्थाको कार्यालय गैरीगाउँमा उपस्थिती पुस्तिकामा हाजिर गर्ने वातावरण मिलाएको थियो । स्वयम उपस्थित भएर हस्ताक्षर गर्ने सदस्यहरुलाई पारवहन भत्तास्वरुप रु ५०० उपलब्ध गराईएको थियो ।

कोभिड–१९ को जोखिम अझै रहेको हुनाले यस वर्ष पनि भर्चुअल माध्यमबाट साधारण सभा गर्नु परेको जानकारी संस्थाका अध्यक्षले दिनु भएको थियो । उक्त साधारण सभाको प्रत्यक्ष प्रसारण समेत गरेर सदस्यहरुलाई दुर सहभागिता गराईएको थियो ।
उक्त अबसरमा संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै दुईजोड भन्दा माथिका सैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरु तथा शेयर सदस्यहरुको छोरा छोरीहरुलाई निलो आकाश शैक्षिक सम्मानबाट सम्मानित गरिको थियो ।

निलो आकाशको साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेको थियो । हाल संस्थामा ७ जना कर्मचारीहरुले शेयर सदस्यहरुलाई सहयोग पु¥याई रहेको छ ।
संस्थामा आ।व। २०७७÷०७८ सम्ममा १०३१ जना शेयर सदस्यहरु रहेका छन । आ।व। २०७७÷०७८ सम्म संस्थाका वासलत ३२,२९,०१,४२७ रहेको, संस्थाले हाल ५ वटा कोषहरु सञ्चालन गर्नुको साथै ३० लाख सम्मको ढुकुटी वीमा र १ लाख बराबरको सदस्य दुर्घटना वीमा समेत गरेको जानकारी उक्त साधारण सभामा गराईएको थियो । संस्थाले २०७८÷०७९ को लागि २० वटा भावि निति तथा कार्यक्रमहरु समेत अघी सारेको छ ।


१४ औं वार्षिक साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधी तथा प्रमुखहरुले शुभकामनाको साथै संस्थाको उन्नती, प्रगति र शेयर सदस्यहरुको हितमा कामगर्न सल्लाह सुभाव दिनुभएको थियो । प्रमुख अतिथिले मन्तव्यको क्रममा यस संस्थालाई अझै अगाडी बढाउन आफु र आफु आवद्ध भएको संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
यस सहकारीको कार्यक्षेत्र हाल काठमाडौं महानगरपालिका भित्र रहेको र निकट भविश्यमै यसको कार्यक्षेत्र थप गरिने जानकारी समेत गराईएकोथियो । संस्थाले आ।व। २०७७÷०७८ मा १,२९,९६,०३१ मुनाफा गरेको थियो भने आ।व। २०७८÷०७९ मा १,६०,००,००० मुनाफा गर्ने लक्ष्य राखेको जानकरी गरादै कार्यक्रमा अध्यक्षाले कार्यक्रम समापन गरेको थियो भने संस्थाका सचिव गणेश अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

फोटो समचार श्रोत: प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...