भलामान राई उपचार सहयोग समितिले छोरी विपनालाई आर्थिक सहयोग हस्तान्तरण गर्यो

wwwjerungfilmswwwjerungfilms 2 Oct 2021

जेरुङ फिल्मस् । १५ असोज २०७८ काठमाण्डौ । भलामान राई उपचार सहयोग समितिले भोजपुर भैसीपंखा निबासी भलामान राई उपचार सहयोग समितिले चावहिल स्थित सत्कार रेस्टुरेन्टमा सहयोग संकलन भएको रकम जम्मा ( रु ५६४७३२ ) पाच लाख चौसठी हजार सात सय बत्तीस रुपैया संयोजक बलिराज खम्बुले आज उहाको छोरी विपना राईलाई हस्तान्तरण गर्यो ।

उपचार सहयोग समितिका ६ सदस्यहरु मध्य संयोजकमा समाजसेवि बलिराज खम्बु सदस्यहरुमा समाजसेवि, राजनीतिज्ञ, चलचित्र निर्देशक, मुन्धुम स्तारका संचलक सुमन बाङदेल, समाजसेवि इन्द्र चाम्लिङ राई समाजसेवी प्रकाश दुमी राई, समाजसेवि राकेश चाम्लिङ राई, समाजसेवी रवि चाम्लिङ राई र हङकङमा समिति गठन भएको थियो यसै समितिको पहलमा नेपाल लगायत विभिन्न देश र हङकङबाट सहयोग संकलन गरेको थियो ।


आज नेपाल लगायत विभिन्न देशमा रहेको मनकारी नेपालीहरुले गरेको सहयोग हस्तान्तरण गरेको छ भने विविध प्राविधिक तथा स्वस्थाको करणले हङकङमा संकलित रकम तिन लाख नब्बे हजार १, २ दिन भित्रमा हङकङ समितिले विरामीको छोरी विपना राईलाई हस्तान्तरण गर्ने जानकरी दिनुभयो ।


देश विदेशमा रहेको ४४ जनाको सहयोग संकलन भएको थियो र ७० जनाले सहयोग गर्ने प्रतिबद्धतामा भलामान राई बचाउन नसकेकोले उहाहरुको रकम संकलन रोकिएका थियौ भन्दै सहयोगि मनहरुले दिएको सहयोग रकम हस्तान्तरण गर्न केहि ढिलाई भएको कारणहरु कोभिडको संक्रमानले समितिका सदस्याहरु विरामी भएको र हङकङ समितिलाई पर्खिनु पर्ने भएकोले ढिलाई भएको जानकारी गराउदै भलामान राईलाई उपचारको क्रममा बचाउन नसकेकोमा खेद व्याक्त समेत गरे ।


समितिका सदसयहरु तथा संयोजकले बाकी दिनहरुमा भलामानको छोरी जेठी र कान्छीलाई उच्चशिक्षाको लागि पहल गरेको र कान्छीलाई सहयोग गर्ने मनकारी सहयोगि दाताले आर्थिक सहयोग गर्ने बचन दिएको छ र जेठी विपनाको लागि पनि आवश्यक पहल गर्ने बचन ब्यक्त गर्दै आर्थिक समस्या भएमा कुनै समयमा पनि हामीलाई जानकारी दिनु र हामीले सकेको सहयोग गर्ने छौ भन्दै बलिराज खम्बुले प्रतिबद्धता जनाएको छ ।

स्वर्गिय भलामान राईको छोरी विपना राईले आफ्नो बुबाको उपचार्थको लागि सहयोग गर्नुहुने सहयोग समिति लागायत सम्पुर्ण मनका धनि सहयोगीहरुलाई हृदयबाटै धन्यबाद व्यक्त गर्दै आफ्नो बुबालाई बचाउन सकेनौ र हामीलाई छाडी जानु भयो भन्दै भावुक बनेको थियो ।

देश विदेशमा रहनुहुने सम्पुर्ण सहयोगि मनहरुलाई विशेष धन्यबाद व्यक्त गर्दै सहयोग हस्तान्तरण कार्यक्रमको संचलाक सुमन बाङदेलले अबको सहयोग नितान्त व्यक्तिगत हुनेछ र यो सहयोग समिति आजदेखि खारेज भएको घोषण गरेर कार्यक्रम सकिएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...