विश्व मुटु दिवसको अवसरमा मुटु रोग लाग्नु अघि नै सर्तकता अपनाऔं अभियान सहित भक्तपुरमा स्वास्थ्य शिविर सम्पन्न ।

wwwjerungfilmswwwjerungfilms 30 Sep 2021

बुधबार १४ भक्तपुर । विश्व मुटु दिवसको अवसरमा भक्तपुरमा स्वास्थ्य शिविर रोग लाग्नु अघि नै सर्तकता अपनाऔं अभियानमा प्राध्यापक डा। कोईरालाले विश्व मुटु दिवसको अवरसमा लायन्स क्लब अफ काठमाण्डौं लर्डबुद्धको आयोजनामा वाग्मती लर्ड बुद्धको सहकार्य तथा मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्री अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्च मावि लायकु मध्यपुर, थिमी ४ भक्तपुरमा जनचेतना मुलक कार्यक्रममा मुटु तथा दन्त शिविर सम्पन्न भएको छ ।

शिविरमा करिब चार सय जनाको मुटु सम्बन्धि परिक्षण गरिएको थियो भने करिब ५० जनाको दन्त परिक्षण गरिएको थियो । शिविर उद्घाटन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डा।भगवान कोइरालाले मुटु रोगको कारण देशभर बर्सेनि ३० हजार व्यक्तिको मृत्यु हुने गरेको जानकारी दिँदै मुटु रोग लाग्न नदिन खानपान तथा जीवन शैली परिवर्तन गरी रोग लागेर उपचार गर्न जानु भन्दा पहिले नै सचेत हुन सके आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिने बताउदै आग्रह समेत गरेको थियो ।

लायन्स क्लब अफ काठमाण्डौं लर्ड बुद्धका संस्थापक अध्यक्ष तथा डिस्टिक ३२५ बी वानका चार्टर प्रेसिडेण्ट विष्णुप्रसाद भण्डारीले क्लवले विगत वर्षहरुमा पनि देशका विभिन्न दुर्गम जिल्लाहरुमा यस खालका शिविर आयोजना गरेको जानकारी दिँदै यो वर्ष कोभिडको कारण टाढा जान कठिन भएकोले भक्तपुरमा शिविर आयोजना गरिएको बताए । यस्तै कार्यक्रममा मध्यपुर ठिमिका उपप्रमुख अन्जना देवि मधिकर्मीले भक्तपुरमा शिविरि सञ्चालन गर्दा नगरका सयौं बासिन्दा लाभान्वित भएको बताउँदै आउने दिनमा आयोजना हुने भन्दै यस्ता शिविरमा नगरपालिकाको समेत साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन ।


लायन्स कलब अफ काठमाण्डौं इभा, लायन्स कलब अफ काठमाण्डौं लिटिल बुद्ध,लायन्स कलब अफ काठमाण्डौं लाफिङ बुद्ध,लायन्स कलब अफ काठमाण्डौं सिद्धार्थ गौतम बुद्ध, लायन्स कलब अफ काठमाण्डौं बुद्ध भूमीको सहयोगमा सम्पन्न उक्त शिविरमा डा। कोईरालाका साथै मुटु रोग विशेषज्ञ डाक्टरहरुमा डा।सञ्जिव थापा, डा।भवानी मानन्धर,डा।रवि कुमार बराल,डा।विजय यादव,डा।लोकेश आचार्य,डा।शिपाली यादव,डा।प्रकृती अधिकारी,डा।किपा मानन्धर,डा। सुतन यादव,लगायतका चिकित्सकहरु तथा अन्य स्वास्थ्यकर्मीहरुले विरामीहरुको चेक जाँच गर्नु भएको थियो ।


शिविरमा इको,एजिसि,इन्डोस्कपी सुगर टेष्ट तथा निशुल्क औषधी वितरण गरिएको लायन्स क्लब अफ काठमाण्डौं गौतम बुद्धका अध्यक्ष राम बादुर क्षेष्ठले जानकारी दिएको थियो । क्लबले विगतमा गुल्मी,अर्घाखाँची,दोलखा,उदयपुर लगातयतका दुर्गम जिल्लाहरुमा विगतका वर्षहरुमा मुटु रोग सम्बन्धि विभिन्न खालका जनचेतनामुलक कार्यक्रमहरु तथा क्याम्पहरु सञ्चालन गर्नुका साथै त्यसता शिविरमा जटिल खालका समस्या भएका मुटु रोगीहरुका लागि थप उपचारका गर्न गंगालाल हृदय रोग केन्द्रसँग समन्वय गरि उपचारमा समेत सहयोग गर्ने , शारीरिक अपाङ्गता भएकाहरूका लागि ह्वील चेयर वितरण जस्ता कार्य गरेको ल्कबले जानकारी दिएको छ ।


यस्तै ल्कबले जटिल प्रकारका रोग भएका मुटुका रोगी गुल्मी जिल्ला निवासि भुवन पन्थिलाई आजिवन औषधी उपलब्ध गराइरहको समेत क्लबले जानकारी दिएको छ भने विष्णु भण्डारी संस्थापक अध्यक्ष लायन्स क्लब अफ काठमाण्डौं लर्ड बुद्ध तथा आर्टर प्रसिडेण्ट लायन्स क्लव ३२५ बी वानले पनि सहकर्य गरिरहेको जानकारी जेरुङ फिल्म्सलाई दिएकोछ ।

फोटो, समाचार श्रोतः प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...