सुनौलो बजारको भैरवि मन्दिर धार्मिक पर्यटनकहरुको आकर्षक अगतव्य

wwwjerungfilmswwwjerungfilms 29 Sep 2021

बुधबार, १३ धादिङ । धादिङबेशीको बजारबाट करिब १८ किलोमिटरको दुरीमा रहेको भैरवी मन्दिर क्षेत्र आन्तरिक धार्मिक पर्यटनको आकर्षण केन्द्र बन्न सक्ने स्थानीयबासी बताउछन । यद्यपि प्रचार प्रसारको अभावका कारण यस क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढाउन नसकेको उनीहरुको भनाइ छ ।


धादिङ जिल्लाको साबिक सुनौलो बजार गाविस र हाल नीलकण्ठ नगरपालिका–६ मा रहेको यो मन्दिर धादिङ बजारबाट पूर्र्वमा पर्दछ भने ५ किलोमिटर पक्की र १३ किलोमिटर कच्ची सडकको पहुँच रहेको मन्दिर जान धादिङ बजारबाट साना सार्वजनिक सवारी साधनको सुविधा सञ्चालन हुँदै आएको छ ।


समुन्द्र सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । यहाबाट उत्तरतर्फ मनमोहक हिमालहरूमा लाङटाङ, गणेश रेन्ज, मनासोलु, अन्नपुर्ण धौलागिरी हिमालसम्मको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।


एकातिर धार्मिक महत्त्व र अर्कोतिर यहाबाट मनोरम प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले दुवैखाले पर्यटकको गन्तव्यस्थल बन्ने सम्भावना बोकेको देखिन्छ । भूकम्पले भत्किएर जीर्ण बनेको यो मन्दिर तीव्र रुपमा निर्माण हुन लागेको स्थानीय श्याम श्रेष्ठले जानकारी दिनु भयो । दशै, माघे संक्रान्ति र रामनवमीका अवसरमा सो मन्दिरमा निकै भिड लाग्ने उनले बताए ।


ओझेलमा परेको पुरानो धादिङ बजारलाई जीवन्त दिन यस्ता धार्मिक र प्राकृतिक महत्वका स्थानलाई प्रचार प्रसार र प्रवद्र्धन गरी आन्तरिक र वाहिया पर्यटकको आकर्षण बढ्ने स्थानीयवासीहरु बताउछन ।


फोटो, समाचार श्रोत: प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...