रााष्ट्रिय फोटो पत्रकार समुहले धादिङ जिल्ला स्तरीय फोटो प्रतियोगितामा ५ विधाको उत्कृष्ट फोटो पत्रकारहरुलाई पुरस्कृत गर्यो ।

wwwjerungfilmswwwjerungfilms 28 Sep 2021

असोज ११ धादिङ । रााष्ट्रिय फोटो पत्रकार समुह धादिङले आयोजना गरेको पर्यटन दिवसको अवसरमा धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको क्रिक होटलमा धादिङ जिल्ला स्तरीय फोटो प्रतियोगितामा ५ विधाको उत्कृष्ट ५ फोटो पत्रकारहरुलाई पुरस्कृत गरी कार्यक्रम सम्पनन भएको छ ।


रााष्ट्रिय फोटो पत्रकार समुह धादिङ शाखाका अध्यक्ष मनिशको अध्यक्षता र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुह नेपालका अध्यक्ष प्रदिपराज वन्तको विशेष आतिथ्यता रहेको थियो । भने राष्ट्रिय फोटो पत्रकार समुह नेपाल उपाध्यक्ष सहित कार्य समितिका सदस्यहरु, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, माओवादी केन्द्रका सह इन्चार्ज रामबहादुर भण्डारी, फोटो पत्रकार समुह बागमती प्रदेशका नारायण सिलवाल, पत्रकार महासंघ बागमती प्रदेशका सदस्य रामहरी गजुरेल, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, निवर्तमान अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्यता रहेको थियो ।


फोटो प्रतियोगिता प्रदर्शनीमा स्कटल्याण्डको एबरडीनमा रहेको जोन एम हेन्डरसन कम्पनीबाट सामग्री मगाएर नेपालको आफ्नै इञ्जिनियर किशोर नरसिंह राणाले डिजाइनमा बनाइएको पुलहरु मध्य धादिङको आँखुखोलामा बनाईएको झोलुङ पुलको विक्रम संवत् १९७९ सालमा खिचिएको फोटो, २०३४ सालमा खिचिएको गजुरीमा ग्रामिण विद्युत विस्तार कार्यक्रम देखि हाल सम्मका फोटोहरु राखिएको थियो ।


प्रतियोगितामा दैनिक जनजीवन विधामा सुशील श्रेष्ठ काठमाडौं, पर्यटन विधामा लाला गुरुङ, महिला तथा बालबालिका विधामा सागर बस्नेत काठमाडौं, कला धर्म र सस्कृती विधामा अर्जुन श्रेष्ठ धादिङ र आर्थिक विधामा पुजा थापा धादिङ पुरस्कृत भए । विजेताहरुलाई नगद २० हजार, ट्रफी र प्रमाण पत्रले सम्मान गरिएको थियो ।


कार्यक्रममा नीलकण्ठ नगरपालिका, सिदलेक गाउँपालिका, धुवाकोट घर भई यूकेमा रहेका धन तामाङ, क्रिक रिसोर्ट, प्रेक्षा स्टुडियो लगायतलाई फोटो पत्रकार समुहले सम्मान गरेको थियो । साथमा एड्भान्स एकेडेमीमा विद्यार्थीहरले नृत्य प्रदर्शन समेत गरेका थिए ।
प्mोटो÷समचार श्रोत ः प्रदिप कुमार श्रेष्ठ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...