प्रचण्ड चारपाँच दिनदेखि मानसिक त’नावमा

wwwjerungfilmswwwjerungfilms 24 Jul 2021

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी भित्र : ४९ जना सांसद सबैलाई मन्त्री चाहिने , अहिले कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने ? भनेर हुलका हुल बाँधेर आफूकहाँ मान्छेहरु आएको टिप्पणी गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्याको ८औं स्मृति दिवसमा पार्टी कार्यालय, पेरिसडाँडामा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मन्त्री बन्न मकहाँ दबाब दिन मान्छेहरुको हुल भित्रबाट आएको छ । आ’तंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने , कसलाई नबनाउने भनेर ।

हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने भनेको बढिमा ७ वटा मन्त्रालय हो । यहाँ मन्त्री नभयो भने चाहीँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भनेमात्रै गर्ने प्रवृत्ति चाहीँ जबरजस्त छ ।

यहाँ ठूलै नियुक्ती पायो भने ठिक छ । पाएन भने चाहीँ नेतृत्व चाहीँ बदमासै हो भन्ने परिपाटी छ ।’

चार पाँच दिनदेखि आफू एक खालको मानसिक त’नावभित्र रहेको पनि दाहालको भनाई छ ।

उनले भने,‘सबैलाई बनाउन त मन लागेको थियो नि । सबै ४९ जनालाई मन्त्री बनाईदिन पाए हुन्थ्यो नि ।

त्यो त हुँदैन फेरि । यसबाट के देखिन्छ भने हामी आदर्शको ठूला ठूला कुरा गर्ने, हामी सबैले भन्ने, तर चित्त चाहीँ के छ भने मन्त्री पाईन्छ कि पाईँदैन् ?’

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...