आदिवासी किरात समाजले राष्ट्रिय शहिद तथा शान्ति पार्क जगडोल समुदायक वन र किरात भुमेथान क्षेत्रमा वृक्षारोपन गर्यो ।

wwwjerungfilmswwwjerungfilms 18 Jul 2021

जेरुङ फिल्मस् ३ श्रावण २०७८ काठमाण्डौ । आदिवासी किरात समाज गोकर्णेश्वर ९ आरुवारीको आयोजना र किरात समुदायक संस्थाहरुको सहकार्यमा २०७८ श्रावण २ गते शनिवारको दिन गोकर्णेश्वर नगरपालिका वडा नं. ४ राष्ट्रिय शहिद तथा शान्ति पार्क जगडोल यज्ञडोल समुदाय वन र क्षेत्रमा लगायत किरात भुमेथान क्षेत्रमा वृक्षारोपनका लागि विभिनन प्रजातिका २२५ भन्दा बढी विरुवहरुमा सुनचाप, कल्की, अमला, हर्रोबर्रो, विरेन्द्र फुल, धुपी, बगनबेली, पहेलो पुल, लगायत विभिन्न २० प्रजातिका विरुवाहरु वृक्षारोपनका लागि संस्थाले माग गरिएकोमा नेपाल सरकार आधुनिक अनुसन्धान नर्सरी मनोहरा ६ का अधिकृत लालबबु झाले उपलब्ध गराउनु भएको थियो भने नर्सरी नाइके संजय शेर्पाले विरुवा व्यवस्थापनमा सहयोग गर्नु भएको थियो । केहि प्रजातिका विरुवा जगडोल समुदायक वनले समेत विरुवा उपलब्ध गराउनु भएको थियो ।

किरात भुमेथान र वन क्षेत्रमा सरसफाई गरी वृक्षारोपन गर्न जगडोल यज्ञडोल समुदायक वनका अध्याक्ष सुदर्शन सिंग्देल, समुदायक वन विभाग तथा भु संरक्षणका अधिकृत विष्णु ज्ञावली शहरी विकास तथा निर्माण विभागका इन्जिनियर, अधिकार सम्पन्न बागमति विकास समितिका पूर्व अध्यक्ष तथा सामजिक अभियान्ता कृष्ण केसी र आकिसको अध्याक्ष दिपेन्द्र चाम्लिङले भुमेथान आसपासमा वृक्षारोपन गर्नु भएको थियो ।

यस वृक्षारोपनामा सुनुवार, लोहोरुङ, जेरुङ, चाम्लिङ, कुलुङ, याम्फु, खालिङ, दुमी, कोयी, नाछिरिङ र विभिन्न किरात समाजका अध्यक्ष बेद बहादुर सुनुवार, चित्र ब.लोहोरुङ, समाजसेवी सुर्य बहादुर कुलुङ, डम्बर लोहोरुङ, तथा बुद्धिजिविहरु,संस्थाका पदाधिकारीहरु, समुदायक सदस्य मानुभावहरु गरी १०० जना भन्दा बढीको उपस्थितिमा विहान ७ बज ेदेखि दिउसो ३ बजे सम्म सरसफाई तथा वृक्षारोपन कार्यक्रम गरी सफालता पुर्वक सम्पन्न भएको थियो भने संस्थाका उपाध्याक्ष बम बहादुर राई महासचिव नैन सेटाल्चु जेरुङ लगायत समितिका पदाधिकारीहरुले व्यवस्थापन भुमिका निभाउनु भएको थियो ।
कार्यक्रम आयोजक संस्था आदिवासी किरात समाजले सामान्या चियापान समेत गरिएको भन्ने जानकारी संस्थाका अध्यक्ष दिपेन्द्र चाम्लिङले सुचना दिनु भएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...