नेपाल पर्यटन बोर्डको प्रेस विज्ञप्ति पर्यटन पुनरुत्थानका लागि नीतिगत सुधार बजेट ब्यवस्थापनमा जोड

wwwjerungfilmswwwjerungfilms 13 Apr 2021

चैत्र ३०, काठमाण्डौ । कोभिड १९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रर्वधनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सोमबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । पर्यटन बोर्डमा आयोजित ‘आजको पर्यटन चुनौती र अवसर ’ विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन पुनरुत्थानका लािग बजेट ब्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिनुभयो ।

उहाँले पहिले जस्तो अवस्था नभएपनि कोभिडले पर्यटन क्षेत्रलाई बढि प्रभावित गरेकोले यसको पुनरुत्थनाका लागि आफुले पहल गरेको जानकारी दिनुभयो । ‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताकासाथ अघि बढ्नु पर्ने अवस्था छ ।’ उहाँले भन्नुभयो ।


राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रैकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइएपनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताउनु भयो । उहाँले यो समयमा पूर्वाधार विकाससँगै मानव शंसाधन विकासमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्नु भयो ।


पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालले अहिलेको परिस्थती पहिलेभन्दा फरक रहेपनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अगाढि बढाउनु पर्ने अवस्था रहेको जानकारी दिनुभयो । उहाँले आउने बजेटमा पर्यटन पुर्नरुत्थान र प्रर्वद्धनका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने बताउनु भयो ।


पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधार देखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यक्ता भएको बताउनु भयो । उहाँले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार देखि पर्यटन मैत्री नीति आवश्यक भएको बताउनु भयो । नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जानकारी दिँदै उहाँले त्यसको लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आर्कषित गर्नु पर्ने बताउनु भयो ।


बोर्डका सञ्चालक समिति सदस्य कल्पना धमलाले कोभिडको कारण सिर्जित समस्याको कारण बोर्डमा बजेट अभाव रहेकोले आउने वर्षका लागि सरकारले बोर्डलाई अनुदान वा ऋण सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै बोर्डका निर्वतमान कार्यकारी प्रमुख दिपकराज जोशीले मन्त्रालयगत हुने कतिपय अन्य बजेट कटौती गरेर पनि यसको पुनरुत्थानलाई बजेट बिनियोजन हुनु पर्ने उल्लेख गर्दै भिजा फ्रिको अवधारणा पनि आवश्यक रहेको बताउनु भयो ।


कार्यक्रममा पर्यटन होटल संघ नेपाल हानका अध्यक्ष सिर्जना राणा,नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुल बहादुर गुरुङ,प्यासिफिक ट्रावल एशोसिएसन पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे,बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा,पर्यटक यातायात व्यवसायी महासंघका अध्यक्ष रामहरी शर्मा,टानका महासचिव सरिता लामा ,पर्यटन व्यवसायी मेघ आले,विजय झुनझुुनवाला,संर्घष विष्ट लगायतले सरकारले समस्यामा परेका व्यवसायीलाई राहत दिने गरी नयाँ बजेटमा व्यवस्था हुनुपर्ने,कोभिडको कारण बन्द रहेको समयका करहरु मिनाहा हुनु पर्ने माग गर्नु भयो । उहाँहरुले पर्यटन व्यवसायलाई बचाउन र चलायमान बनाउन राज्यले सहयोग नगरे व्यवसायीहरु पलायन हुने स्थिती आउने बताए ।


फोटो ः प्रदिप कुमार श्रेष्ठ । मिडिया सेन्टर नेपाल पर्यटन बोर्ड

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...