आदिवासी जनजाति र अधिकार पुस्तक कोटेश्वरमा बिमोचन

wwwjerungfilmswwwjerungfilms 28 Feb 2021

१५,फागुण–काठमाण्डौं । साहित्य सर्जक तथा सामाजसेवी अरुण कुमार राई ९दोभान० द्वारा लिखित आदिवासी जनजाति र अधिकार नामक पुस्तक लोकार्पण गरिएको छ । शनिबार किराँत राई यायोख्खाको केन्द्रिय कार्य समिति कार्यलय सुम्निमा हल कोटेश्वर काठमाण्डौैंमा सो पुस्तक विमोचन भएको छ ।

साहित्यकार अरुण कुमार राई द्वारा लिखित पुस्तकलाई पूर्व यु।के। मेजर योगेश कोयी राईले प्रकाशन गरेको हो । किराँत राई यायोख्खा लेखक सङ्घ केन्द्रिय कार्यसमिति द्वारा आयोजित लोकार्पण समारोहमा किराँत राई यायोख्खा केन्द्रिय कार्र्यसमितिका अध्यक्ष दिवस राई प्रमुख अतिथिको रुपमा रहेका थिए ।

अन्य विशेष अतिथिहरुमा साहित्यकार राजन मुकारुङ,आदिवासी जनजाती महासङघका सचिव सोनाम याङकी योल्मो,राजनीतिकर्मी शान्ति कुमारी राई,दुर्गा राई,हिमाल राई लगायतका विशिष्ट व्यक्तिहरु अन्य अतिथिको रुपमा रहेका थिए ।

प्रमुख अतिथि दिवस राईले दोस्रो संस्करणको रुपमा महत्पूर्ण पुस्तक ल्याएकोमा साहित्कार अरुण कुमार राईलाई बधाई तथा शुभकामना दिनुभएको थियो । उनले समाज परिवर्तनका लागि अरुण जस्तो हजारौं अरुण जन्मिनुपर्ने पनि बताए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण सर्जकहरुले अरुण कुमार राई द्वारा लिखित पुस्तक एउटा नमुना रुपी खोजमुलक साधन भएको बताएका छन् । उनीहरु सबैले लेखक राईलाई बधाई तथा शुभकामना दिदै छुट्टाछुट्टै आ–आफ्नो धारणा राखेका थिए ।

आदिवासी जनजाति र अधिकारको मुख्य विषय समेटिएकोले यो पुस्तक महत्पूर्ण रहेको साहित्यकार राजन मुकारुङले बताए । साथै उनले बधाई तथा शुभकामना दिदै यो पुस्तकमा जनजातिहरुको अधिकारका मुद्धाहरु समेत समावेश गरिएको बताए ।

उनले पुस्तकको समिक्षा गर्ने क्रममा अहिले सम्म यायोख्खाले जनजातिहरुको भाषा,धर्म,लिपि,सँस्कृति र भेषभुषा जोगाउने काम नगरेको पनि आरोप लगाए । यायोख्खाले समग्रह राई जातीको हक,अधिकार धर्मसँस्कृतिको उत्थानको लागि लड्ने कि रु आफ्नो व्यक्तिगत स्वार्थको राजनीति गर्ने भन्दै मुकारुङले प्रश्न त्यस्र्याउदा यायोख्खाका अध्यक्ष जस्किएका थिए ।

ओलीले सरकार चलाएको तीन बर्ष यता जनजातिहरुको हक अधिकार र धर्म सँस्कृतिमाथ हमला हुँदै आएको पनि उनले बताए । किराँतहरुको इतिहास र पहिचान बोकेको शालिक ढल्दा पनि यायोख्खाले विज्ञप्ती जारी नगरेको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशक योगेश कोयी राईले यो पुस्तककोले जनजातिहरुमा केही सचेतना जोगाउन सक्छ भन्ने विश्वास लिएको बताए । लामो समय ३५ बर्ष विदेशी भुमीमा बस्दा बस्दा नेपालमा पनि केही सम्भावना छ, आफू नेपाल फर्केर केही गर्छु भन्ने उद्देश्यका साथ यो पुस्तक प्रकाशन गरेको बताए ।

यो पुस्तकले जनजातिहरुको केही चेतनाको विकास हुने र यसले समाजमा केही परिवर्तन ल्याउने विश्वास पनि रहेको औल्याए । लेखक अरुण कुमार राई जस्तो मौलाउदै गएको बिरुवाको जोगेर्ना तथा थाङग्रोको रुपमा उभिएर टेवा पुर्याउनु सबैको दायित्व समेत भएकोे रहेको उनको भनाई थियो । साभार कलाखबर

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...