नेवारी भाषा बोल्यो भन्दै बालाजुका २ जना पक्राउ

wwwjerungfilmswwwjerungfilms 27 Feb 2021

१४ फागुन ०७७, काठमाडौं । काठमाडौंको वालाजुबाट नेवारी भाषा बोलेको भन्दै २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । स्थानीय रविन्द्र कुमार श्रेष्ठका अनुसार सुमन सायमी विरोचन श्रेष्ठलाई वालाजु क्षेत्रबाट पक्राउ परेका अभियुक्तहरुलाई भेट्ने क्रममा नेवारी भाषा बोलेको र प्रहरीले नबोल्न आदेश दिदा विवाद भएपछि पक्राउ गरिएको ललितपुर खबरलाई जानकारी दिए ।


केही दिन अघि वाईपास क्षेत्रमा निर्माणाधिन वालाजु सुचना केन्द्र बनाएको विरोधमा ६ जना अभियन्ताहरुलाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो । अदालतले स्टे अडर दिएको ठाउँमा काठमाडौं महानगरपालिकाले सुचना केन्द्र बनाउने कार्य सुरु गरेपछि अभियन्ताहरुले विरोध गरेका थिए ।


काठमाडौंका सम्पदा अभियान्ता श्रेष्ठका अनुसार भिमदेव श्रेष्ठ,महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, संजय तामाङ, मनोज श्रेष्ठ, , मीन शाही, निरन्जन श्रेष्ठलाई पक्राउ गरिएको छ । अभियान्ता श्रेष्ठका अनुसार अदालतले स्टे अडर दिएकोे ठाउँमा सुचना केन्द्र बनाउन खोजेपछि रोक्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई वालाजु पक्राउ गरे पनि अहिले सोह्र खुट्टेमा राखिएको छ ।


केही बर्षअघि यस क्षेत्रमा सडक विस्तार आयोजनाले ३९ वटा स्थानीयबासीहरुको घर भत्काएर सडक विस्तार गरेको थियो । त्यही ठाँउमा काठमाडौं महानगरले बजेट विनियोजन गरेर सूचना केन्द्र बनाउदै थियो ।


शर्त सहित रिहा हुन अस्विकार पक्राउ गरेका अभियन्ताहरुलाई प्रहरीले अवदेखि यस्तो गल्ती नगर्ने शर्तमा रिह ागर्न खोजे पनि अभियन्ताहरुले आफूहरुले कुनै गल्ती नगरेको भन्दै गल्ती अस्विकार गरेपछि प्रहरीले म्याद थपेको श्रेष्ठले ललितपुर खबरलाई जानकारी दिए । पक्राउ गरिएको अभियन्ताहरुलाई ५ दिन म्याद थप गरिएको छ ।


आज माइतीघरमा प्रर्दशन हुँदै सूचना केन्द्र निर्माण र अभियन्ता पक्राउको विरोधमा शुक्रबार विहान १० बजे प्रर्दशनको आयोजना गरिएको छ । बृहत नागरिक आन्दोलन,उपत्यका व्यापी सडक विस्तार पिडित संर्घष समिती,नेवा देय्दवुले आयोजना गरेको प्रर्दशनमा उपत्यकाका नेवारी समुदायहरुको सहभागीता रहने श्रेष्ठले जनाकारी दिए ।

साभार ललितपुर खबर

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...