प्रचण्ड माधव समूहले मानव साङलो बनाएर टुँडिखेल घेर्दै

wwwjerungfilmswwwjerungfilms 18 Feb 2021

६,फागुण–काठमाण्डौं । चौथो चरणको आन्दोलन अन्र्तगत नेकपा ९प्रचण्ड(माधव नेपाल समूह०ले मानव साङलो बनाएर आज टुँडिखेल घेर्ने घोषणा गरेका छन् ।

संसद विघटन र महँगी भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।

मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड(माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ ।

भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता(कार्यकर्ताहरु रहने छन् । सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ ।

सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।

प्रचण्ड(माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ । फागुन ७ गते सबै वडामा विरोध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...