गृहमन्त्री बादलको नेतृत्वमा बैठक जारी ओली समूह छोडेको घोषणा

wwwjerungfilmswwwjerungfilms 17 Feb 2021

५ फाल्गुन, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिवद्धता अनुसारको भूमिका नदिएको र आफूहरुमाथि शंकाको नजरले हेरेको भन्दै उनीनिकट पूर्वमाओवादी नेताहरु परामर्शमा जुटेका छन् ।

ओलीले आफूहरुलाई पेलेर जाने मनस्थिति बनाएपछि पूर्वमाओवादी नेताहरुले विकल्प खोज्न थालेको स्रोत बताउँछ । स्रोतका अनुसार ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई सहअध्यक्ष बनाउने वचन दिए पनि अहिले तेस्रो बरियता दिनसमेत आनाकानी गरिरहेका छन् ।

त्यसैगरि गृहमन्त्रीमा जिल्लिएका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई महासचिव विष्णु पौडेलभन्दा माथिल्लो बरियता दिने वचन दिएका ओलीले पछिल्ला दिनमा बेवास्ता गर्न थालेका छन् ।

ओलीले पूर्वमाओवादी नेताहरुलाई प्रतिवद्धताअनुसारको जिम्मेवारी र विश्वास नगरेपछि उनीहरु चिढिएका थिए । प्रधानमन्त्रीमा उपयोग गर्ने मानसिकता मात्र देखियो’’ नाम उल्लेख नगर्ने शर्तमा गृहमन्त्रीनिकट एक नेताले भने, उहाँमा आफूतिर तान्नलाई सबै कुरा हुन्छ भन्ने र पक्ष लिएपछि पेल्ने नियत देखिएको छ ।
तर, प्रधानमन्त्री स्रोतले भने गृहमन्त्री थापा र पूर्वमाओवादी समूहका नेताहरुलाई हैसियतभन्दा बढी जिम्मेवारी दिएको दाबी गरेको छ । प्रधानमन्त्री ओलीको सचिवालयमा काम गरिसकेका एक सदस्यले भने सुरुमा गृहमन्त्रीले मेरो सबै टीम नै मसँग छ भन्नुभएको रहेछ ।

अहिलेसम्म हेर्दा उहाँ एक्लै हुनुहुँँदो रहेछ । उहाँले आफ्ना नेताहरुलाई सरकारको बचाउमा लाग्न आग्रहसमेत नगर्नुलाई कसरी हेर्ने ? यस हिसाबले हेर्दा उहाँलाई दिइएको जिम्मेवारी हैसियतभन्दा माथिल्लो हो ।
गृहमन्त्री थापाले युवा संघमा समानान्तर कमिटी बनाएर एकताविरोधी गतिविधि गरेको उनले आरोप लगाए । ‘‘सरकारमा बस्ने, अनि समानान्तर कमिटी पनि बनाउने ? यस्तो तरिकाले चल्दैन’’ उनले भने ।

ओलीले फागुन १ गते आफूहरुको इज्जयत जोगाउनका लागि भए पनि जनयुद्ध दिवस मनाउने विश्वासमा रहेका नेताहरु त्यसमा पनि जिल्लिएका छन्। जनयुद्ध दिवसमा कुनै न कुनै कार्यक्रम गरौं भनेर हामीले आग्रह गर्‍यौं । तर, प्रधानमन्त्रीमा त्यसप्रति अरुचि मात्रै होइन, असहमति पनि देखिएको छ’’ खानेपानीमन्त्री मणिचन्द्र थापानिकट एक नेताले भने ।


गृहमन्त्री थापाले केही दिनअघि युवा संघको केन्द्रीय समिति बैठक बहिस्कार गर्न आफूपक्षीय नेताहरुलाई निर्देशन दिएका थिए । उनकै निर्देशनअनुसार युवा संघमा विवाद बल्झिएको छ । युवा संघमा मात्र होइन, थापाले आफूपक्षीय नेताहरुलाई सबै मोर्चामा असहमति राख्न निर्देशन दिइसकेका छन् ।

थापा मात्र होइन, उद्योगमन्त्री लेखराज भट्ट पनि ओलीसँग चिढिएका छन् । पछिल्ला दिन उनले सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै ओली समूह छोड्न सक्ने संकेत गर्दै आएका छन् । ओलीले पेल्दै गए उनलाई छोड्न कुनै आइतबार कुर्नु पर्दैन भट्टले सार्वजनिक रुपमै चेतावनी दिँदै आएका छन् । भट्टनिकटका नेता–कार्यकर्ताले पनि पछिल्लोसमय सामाजिक सञ्जालमा ओलीविरुद्ध असहमति जाहेर गरिरहेका छन् ।


थापाको असहमतिमा सर्वोच्चमा चलिरहेको बहसको छायाँ पनि देखिएको छ । सुरुका दिनमा ‘संसद पुनर्स्थापना हुनै सक्दैन’ भन्ने विश्वासमा रहेका थापा पछिल्ला बहसहरुको श्रृंखलाले झस्किएका छन् । संसद पुनर्स्थापनाको सम्भावना बढी देखेपछि थापाले ओली समूहबाट बाहिरिने बहानाबाजी खोजिरहेको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ ।


माघ २८ को आमसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकारका दुई मन्त्री नै आफूहरुसँग आउन छलफलमा रहेको बताएका थिए । प्रचण्डको अभिव्यक्तिले ओली क्याम्पमा भूकम्प नै गएको थियो भने उर्जामन्त्री टोपबहादुर रायमाझीको निजी सचिवालयले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको थियो । सञ्चारमाध्यमले पनि नेकपामा फर्किनसक्ने नेताहरुले मनोविज्ञानबारे विभिन्न कोणबाट समाचार सम्प्रेषण गरेका थिए ।


तर, प्रचण्डको अभिव्यक्ति कुनै भावावेश नभएर यथार्थ भएको घटनाक्रमले संकेत गर्दै आएको छ। गृहमन्त्री र उद्योगमन्त्रीको असहमति सतहमा आए पनि अरु नेताहरुले भित्रभित्रै ओली समूहको बिकल्प खोजिरहेका छन् । उनीहरुले आफूनिकट नेता–कार्यकर्ताको भेटमा बाध्यतावश ओली समूहतिर लागे पनि ‘स्थिति सोचेजस्तो नभएको’ भन्दै आएका छन् ।


स्रोतका अनुसार गृहमन्त्री थापाले पूर्वमाओवादी समूहका सबै नेतालाई आफूमा केन्द्रित गर्ने, त्यसकै बलमा ओलीसँग बार्गेनिङ गर्ने र कुरा नमिले बिकल्प खोज्ने तयारी गरेका छन् । यसका लागि उनले पूर्वमाओवादी खेमाका नेताहरुसँगको परामर्श तीव्र पारेका हुन् । युवासन्देेशबाट

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...