आज नेपाली काँग्रेसले देशभर बृहत आन्दोलन गर्दै

wwwjerungfilmswwwjerungfilms 15 Feb 2021

३,सोमबार फागुण–काठमाण्डौं । प्रतिनिधि सभा बिघटनको बिरोधमा आज नेपाली काँग्रेसले देशभर बृहत रुपमा आन्दोलन गर्ने भएको छ । सरकारविरुद्ध घोषणा गरिएको तेस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो ।

सरकारविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्वहरु पनि जिल्ला–जिल्ला जाने भएका छन् । उनीहरुले सबै कार्यकताहरुलाई सहभागी हुन आवहान समेत गरेका छन् । सोमबारको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देही जाने कार्यक्रम रहेको को छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ जाँदै छन् भने महामन्त्री डा। शशांक कोइराला दाङमा हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुँदैछन् । यस्तै सहमहामन्त्री डा. प्रकाशशरण महतले सिराह, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापा र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह कास्कीको विरोध सभामा सहभागी हुने भएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले काठमाडौंमा, एनपी साउदले दार्चुलामा, डा। मिनेन्द्र रिजाल प्युठानमा, डा. रामशरण महतले काभ्रेमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै युवा नेता गगन थापा चितवन र अर्का युवा नेता प्रदीप पौडेल दैलेखमा हुन गइरहेको सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बैतडीमा, केन्द्रीय सदस्य कल्याण गुरुङ रोल्पा, केन्द्रीय सदस्य अर्जुन जोशीले भक्तपुरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले बझाङमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...