श्रीमानलाई छोडेर भागेकी महिलाको आँखामा अहिले पीडा र पछुतोको आँशु

wwwjerungfilmswwwjerungfilms 4 Feb 2021

२२,माघ काठमाण्डौं । तनहँुमा एक श्रीमान र सानी छोरीलाई छोडेर गएकी महिलाको आँखामा अहिले पीडा र पछुतोको आँशु बग्न थालेको छ । उनले अनेक प्रलोभन र मीठो सम्मानित शब्दको पछि लागेर घरपरिवार त्यागेका थिए ।

अहिले दुःख पाएपछि उनले आफ्नो पूर्व घरपरिवार सम्झेका छन् । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परेकी थिइन् ।अहिले उनले पछुतोको आँशु झारेकी छन् ।

उनले आफु ठूलो संकटवाट जोगिएको भनेकी छन् । उनले यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । तनहँुमा राहुल गुरुङसँग विवाह गरि घरजम गरेर उनी बसेकी हुन् ।

तर सानो प्रलोभनको भरमा घर छोडेर हिडेकी राहुलको श्रीमती जनकपुरका नारायण यादवसंग काठमाडौमा भेटिएकी थिइन् । नारायणसंग सामाजिक सञ्जाल मार्फत कुराकानी भएको उनले बताइन् ।

उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् । त्यही क्रममा कुराकानी गर्दै जादा नारायणसँग प्रेम बसेको बताइन् ।

नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइ वाहेक कोही छैन भनेर फसाएको उनले सुनाइन् । उसको कुरा र ब्यवहारले आफु लठ्ठ परे पछि घर छोड्न बाध्य भएको उनले बताइन् ।

नारायणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् ।अहिले केही समय ती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको हो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...