प्रचण्ड माधव समूहले नेपाल बन्द गर्ने घोषणा पछि गृहमन्त्रालयको यस्तो तयारी,हेर्नुस्

wwwjerungfilmswwwjerungfilms 4 Feb 2021

२२,माघ–काठमाण्डौं । प्रचण्ड माधव समूहले आज माघ २२ गते नेपाल बन्द गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले छुट्टै तयारी गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कुनै पनि पसल,उद्योग व्यावसाय,सरकारी कार्यलय,विद्यालय सबै खुल्ला रहने उल्लेख गरेको छ ।

यसको लागि बाग्लो रुपमा सुरक्षा परिचालन गर्ने समेत मन्त्रालयले जनाएको छ । कसैले कुनै गाडी,पसल तोडुफोड गरेमा कानुन बमोजिम कारबाही गर्ने पनि मन्त्रालयले जनाएको छ । उता प्रचण्ड माधव पक्षले विहानैदेखि हरेक चोक चोकमा नेता तथा कार्यकर्ता परिचालन गर्ने जनाई सकेका छन् ।

ओलीको प्रतिबाद र निरंकुशको विरुद्धमा आम हड्ताल गर्न लागेको पनि उनीहरुले जनाएका छन् ।तर गृहले आमहड्ताल बन्दमा सबै सेवा निर्बाध रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधवार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरिएको पाइए कानून बमोजिम कारबाही हुने स्पष्ट पारे ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...