अख्तियारको प्रमुखमा प्रेमकुमारको प्रबेशले खैलाबैला,राईको नियुक्तिले बैधानिकता पाउलान त ?

wwwjerungfilmswwwjerungfilms 3 Feb 2021

२२, माघ–काठमाण्डौं । संवैधानिक परिषदको निर्णय अनुसार बुधबार प्रेम कुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति भएका छन् । उनको प्रवेशले अख्तियारमा खैलाबैला भएका छन् ।

सपथ ग्रहण पश्चात आजै राईले पदभार सम्हालेका छन् । तर यता प्रचण्ड माधव समूहले उनी लगायत आज नियुक्ति गरिएका सबैलाई नै अवैधानि र असंवैधानिक भनेका छन् । ६ जना परिषदको सदस्य भएकोमा सबैको उपस्थितिबीना निर्णय गरिएको भन्दै प्रचण्ड माधव समूहले आज चक्का जाम र मसाल जुलुस समेत गरेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आजको सबैको नियुक्ति अवैधानिक भन्दै रिट दायर गरेका हुन् । उनले आज नियुक्ति पाएका सबैलाई काम गर्न नदिनु भनी सर्वोच्चमा निवेदन पेश गरेका छन् ।

यता राई प्रमुख आयुक्त बन्ने र आज शपथ ग्रहण गर्ने निश्चित भएपछि हिजैदेखि अख्तियारका पदाधिकारीहरुमा हल्लाखल्ला सुरु भएको थियो । राई अख्तियारमा प्रमुख भएर आए लगतै आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङले पदबाट राजिनामा दिएका छन् ।

आफूहरू अख्तियारको आयुक्त हुँदा आफूहरुको मातहतमा अख्तियारको सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएर आउने भएपछि उनीहरूले बुधबार राजीनामा दिएका हुन् ।

अर्कोतिर प्रेम कुमार राई आफै घुस काण्डमा मुछिएको आरोप पनि लागेको छ । प्रचण्डा माधव समूहले यसको कडा बिरोध र संघर्ष गर्ने जनाइ सकेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...