ओली सरकार निरंकुशबादी, धर्म निरीपेक्षता र संविधान बिरोधी भएको प्रचण्डको आरोप

wwwjerungfilmswwwjerungfilms 30 Dec 2020

१४,पौष–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि समेत रहेका प्रचण्डले केपी ओली कलङ्क नेता भएको आरोप लगाएका छन् । ओलीले इतिहासमा लगाएको कलङ्कको टिका कहिल्यै नमेटिने पनि बताएका छन् । जनताले बिश्वास गरेर दिएको मतको दुरुपयोग गर्दै एक्लौटी ढङ्गबाट ओलीले प्रतिनिधि सभाको ह’त्या गरेको बताए ।


यो असंवैधानिक कदम अब जनताले नमान्ने पनि बताए । ओलीले ढाँटदै आफूलाई पटक पटक झुक्याउदा पनि सबै कुरा मान्दै गएकोले अहिले उनी साँढेगोरु भएको प्रचण्डको आरोप थियो ।


प्रचण्डले केपी शर्मा ओलीलाई सच्चिए भनेर विश्वास गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेका छन् । आज दाहाल–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।


उनले भने, ओलीले संविधानको बलात्कार गरें, मैले अपराध गरें भनेर नभनेसम्म नेपाली जनताले केपी ओलीलाई क्षमा दिनेछैनन् । प्रतिनिधिसभा भङ्ग भएको छैन बरु ओलीको सरकार भङ्ग भएको हो प्रचण्डले भन्नु भयो ।


उनले सम्बोधनको सुरुमा भनेका छन्,‘हामी छोटो समयमा यत्तिका धेरै विरोध सभा र प्रदर्शनमा उत्रिएका छौं । आज हाम्रो पार्टीले सबै जिल्लामा यस्तै प्रदर्शन र विरोध सभा आयोजना गरेको छ । हामीले देशभित्र र बाहिर रहेका सबै नेपाली दाजुभाई तथा दिदिबहिनीलाई सम्बोधन गरिरहेका छौं ।

संविधानमाथि भएको क्रुर र निर्मम प्रहारका विरुद्ध विश्वभरिका नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अपिल गरेका छौं । यो लडाई सबैको लडाई हो ।’ नेपाली जनताले ७० वर्ष लामो समय लगाएर कहिले जनयुद्ध र कहिले जनआन्दोलन गरेर संविधानसभाद्धारा संविधान बनायएको स्मरण गराउँदै उनले ओलीले संविधानमाथि नै प्रहार गरेको टिप्पणी गरे ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...