आदिबासी किरात समाज गोकर्णेश्वर ९ आरुबारीद्वारा उधौली कार्यक्रम स्थगित गरिएको घोषणा

wwwjerungfilmswwwjerungfilms 28 Dec 2020

जेरुङ फिल्मस सम्वाददाता, २०७७ साल १३ गते सोमबार, काठमाण्डौ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय सहिद तथा शान्ती पार्क यज्ञडोल –जगडोल सामुदायिक वन भित्र प्रत्येक वर्ष दुई पटक हुदै आएको  किरात महान चाड उधौली कोभिड १९ का कारण २०७७ पौष १५ गते बुधबार पर्ने उधौली कार्यक्रमलाई स्थगित गरिएको छ।

आदिबासी किरात समाज गोकर्णेश्वर ९ आरुबारी काठमाण्डौका सचिब नैन सेटाल्चु जेरुङ, संस्थापक अध्यक्ष दिपेन्द्र चाम्लिङ र कार्यवाहक अध्यक्ष वम वहादुर राई संयुक्त तीन जना द्वारा हस्ताक्षरित एक सुचना जारी गर्दै स्थगित गरिएको बताएका हुन।

किरात संघ संस्थाका काठमाण्डौ जिल्ला तथा उपत्यका कार्यसमितिहरु रहेकोले निम्न बमोजिम जानकारी दिनुभयो ।

किरात जेरुङ समाज , किरात चाम्लिङ समाज, सुनुवार सेवा समाज नगर समिति गोकर्णेश्वर, किरात दुमी राई फन्सिक्खम समाज, किरात माक्पाली समाज, खोटाङ बतासे ढोलभ्mम्टा समिति, किरात कुलुङ गुस्खाम, किरात रदु नाछिरिङ साखाम बाहिङ किरात मुलुखिम, किरात याम्फु समाज , किरात लोहोरुङ समाज ,किरात मेवाहाङ समाज, किरात साम्पाङ समाज , किरात देवन समाज, किरात खालिङ  समाज , किरात थुलुङ समाज, किरात कोयु समाज, किरात आठपहरिया समाज लगायत सम्पुर्ण किरातजन्य संघ संस्थाहरुको साभाm भुमेपुजा, सिलीनाच तथा उधौली चाड लाई  विश्वको विसंम परिस्थिति मशामारी कोरोना कोभिड १९ को कारणले सुरक्षित रहनको लागि कार्यक्रम स्थगित गरिएको जानकारी आदिवासी  किरात समाजले सुचना सर्वजनिक गरेकोछ  ।

बिगतका वर्षहरुमा उधौली उभौली भुमेनाच भब्य रुपमा मनाउदै आएता पनि यसपाली भने कोभिड( १९ तथा सबैको स्वास्थ्यलाई ध्यानमा राखी कार्यक्रम स्थगित गरिएको सुचनामा उल्लेख गरिएको छ भने सबैमा पर्न गएको असुबिधा प्रती क्षमा प्रार्थी रहेको समेत बताईएको छ ।

भुमेथानमा संयुक्त पुजा गरिने जानकारी गराउदै  प्रत्येक संस्थाका तर्फबाट दुई जना  पदाधिकारी तथा प्रतिनिधि उपस्थित भईदिन समेत आग्रह गरेको छ।किरात सम्बत ५०८० तथा किरात महान चाड उधौलीको पावन अवसरमा सम्पुर्ण किरात तथा गैरकिरातजनहरु प्रती सुख, शान्ती, समृद्धि, दिर्घायु सुस्वास्थ्य लाभ तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना समेत ब्यक्त गरिएको छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...