प्रधानमन्त्रीको नाम हटाए पछि सर्वोच्च अदालतमा अवहेलना मुद्धा दर्ता

wwwjerungfilmswwwjerungfilms 2 Nov 2020

१७,कात्तिक–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाएपछि सर्वोच्च अदालतले अवहेलना मुद्दा दर्ता गरेको छ। संवैधानिक व्यवस्था र अदालतको परमादेशविपरीत कोरोना संक्रमितको उपचार खर्च लिने निर्णय सरकारले गरेपछि अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले अवहेलना मुद्दा पेश गरेका थिए।

आइतबार यसअघि दायर भएको रिट निवेदनमा प्रधानमन्त्री विपक्षी नभएको भन्दै अवहेलना मुद्दा दर्ता गर्न अस्वीकार गरेको सर्वोच्च प्रशासनले सोमबार ओलीको नाम हटाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अवेहलना मुद्दा दर्ता भएको हो। कोरोनाबाट संक्रमितको निशुल्क परीक्षण र उपचार गर्न सर्वोच्च अदालतले असोज १५ गते परमादेश जारी गरेको थियो।

असोज २७ गते सार्वजनिक भएको फैसलाको पूर्णपाठमा कोरानाको निशुल्क उपचार गर्नुे दायित्व सरकारको भएको र संविधानमा उल्लेखित विषयलाई दायाँबायाँ गर्ने अधिकार कसैलाइ नहुने उल्लेख थियो। तर सरकारले त्यसको उल्लंघन गर्दै असोज १९ गतेको क्याबिनेबाट निशुल्क उपचार नगर्ने निर्णय गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कात्तिक २ गते उक्त निर्णय सार्वजनिक गरेका थिए।

गरिब, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकको उपचार मात्र निशुल्क गर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरे पनि अस्पतालहरुले सबै बिरामीबाट चर्को शुल्क असुल्न थालेका छन्। संविधानको धारा ३५ ले नागरिकले निशुल्क स्वास्थ्य उपचार पाउने ग्यारेन्टि गरे पनि सरकारले त्यसलाई उल्लंघन गरेको छ। संविधान र सर्वोच्चको फैसलालाई उल्लंघन गरेकाले अवहेलना मुद्दा स्वास्थ्यमन्त्री ढकाललाई एक वर्ष कैद र दश हजार रुपैयाँ जरिवाना गर्न माग गरिएको छ।

आज थप २९३३ जना नेपालीमा कोरोना पुष्टि ,१७,कात्तिक–काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३१५०जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ रहेको छ। काठमाण्डौं उपत्यकामा मात्र आज १६३० जनामा कोरोना ,१७,कात्तिक–काठमाण्डौं ।

काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौँका १ हजार ३ सय २९, भक्तपुरका १०८ तथा ललितपुरका १९३ जनामा संक्रमण पुष्टि भएको हो। नेपालभरिमा भने सोमबार २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...