दर्पण राईको माया यस्तो बनोस् हाम्रो’ बोल गीतको भिडियो सार्वजनिक

wwwjerungfilmswwwjerungfilms 2 Nov 2020

१७,कात्तिक–काठमाण्डौं । चर्चित गीतकार दर्पण राईको पछिल्लो गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘माया यस्तो बनोस् हाम्रो’ बोल गीतको भिडियो दर्शक तथा श्रोताका लागि जति प्रतिक्षित थियो, त्यति नै गीतकार दर्पणका लागि पनि । तर, भिडियो सार्वजनिक भएसँगै ‘यो गीतले गीतकार दर्पण राईको साखः कायम राख्ला रु’ भन्ने प्रश्न पनि उब्जिएको छ ।

‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकारको पहिचान छ दर्पण राईसँग । यसैबेला उनले आफ्नो महत्वकाँक्षी गीत ‘माया यस्तो बनोस् हाम्रो’ ल्याएका हुन् । मीठास र कर्णप्रिय गीतको भिडियो फिल्मीशैलीमा बनेको छ । भिडियो हेर्दा लाग्छ, ‘कुनै फिल्मभित्रको गीत हो यो ।

यस सन्दर्भमा पनि यो भिडियो गीतकार दर्पणका लागि चुनौती बनेको हो, किनकी यसै भिडियोमार्फत उनी मोडलका रुपमा खुलेका छन् जबकि यसअघि मोडलिङ गरेपनि यसरी उनी खुलेका थिएनन् । मानौँ, ‘माया यस्तो बनोस् हाम्रो’ दर्पणका लागि गीतिकारिताको एउटा खुड्किलो मात्र नभएर फिल्मीयात्राको ‘भर्याङ’ पनि हो । यस भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मको रुपमा प्रस्तुत गरेका छन् ।

नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृस्ट काम गराएका छन् । मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईले गाएको ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई दर्पणले नै लेखेका हुन् । एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन् । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...