कोरोनाको लामो समयपछि पहिलो पर्यटक बनेका बहराइनका राजपरिवार लुक्ला विमान स्थलमा स्वागत

wwwjerungfilmswwwjerungfilms 24 Sep 2020

८ असोज काठमाण्डौं । लामो समयको लकडाउन पछि बहराइनका राजपरिवार नेपालका लागि पहिलो टुरिष्ट बनेका छन् । उनीहरु हिमाल आरोहणका लागि बिहीबार सोलुखुखम्बुस्थित लुक्ला विमानस्थलमा आइपुगेका छन्।

बहराइनका राजकुमार सेख नासिर विन हमाद अल खलिफा नेतृत्वको १८ जनाको टोली बिहीबार लुक्ला अवतरण गरेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा २ का अध्यक्ष आङफूर्वा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। टोली लबुचे पिक आरोहणका लागि त्यता पुगेका टोलीलाई विमानस्थलमा गाउँपालिकाले स्वागत गरेको थियो।

उनीहरुलाई सेभेन समिट ट्रेक्सले आरोहणमा साथ दिनेछन्। कोभिड९१९ संक्रमण रोकथाममा लागि लगाएको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र लगभग ठप्प रहेको बेला पहिलोपटक भदौ ३१ गते बहराइनका राजपरिवारको टोली काठमाडौं आइपुगेका थिए।

राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका बहराइनका ३३ वर्षे राजकुमार खलिफाको टोली चार्टड् फ्लाइटबाट विमानस्थल उत्रेका थिए। उनीहरुलाई खदा ओढाएर विमान स्थलमा स्वागत गरिएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...