एसिड आक्रमणमा कडा कानुन, २० वर्ष कैद र १० लाखसम्म जरिबाना प्रस्ताव

wwwjerungfilmswwwjerungfilms 23 Sep 2020

२०७७ असोज ७ बुधबार, काठमाडौं । सरकारले अध्यादेशमार्फत् फौजदारी अपराध संहिता संशोधन गरेर तेजाब आक्रमणसम्बन्धी कसुरमा कठोर सजाय निर्धारण गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते एसिड आक्रमणका पीडितसँग सामूहिक छलफल गरेर १५ दिनभित्र कडा कानुन ल्याउने आश्वासन दिएका थिए । र मातहतका निकायलाई निर्देशन पनि दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा गरेको ऐनमा तेजाब छ्याप्ने कसुरमा २० वर्ष सजाय निर्धारण गरिएको छ । आक्रमणकारीको सम्पत्ति रोक्का गरेर तत्काल पीडितलाई राहत, क्षतिपूर्ति उपलब्ध गराउने पनि प्रधानमन्त्रीले यसअघि नै वचन दिएका छन् । 

एसिड प्रहार गर्ने व्यक्ति २० वर्ष नै कैद बस्नुपर्ने र उनको कैद मिनाहा एक दिन पनि नहुने गरी मस्यौदा तयार पारिएको छ । “एकदमै कडा कानुन तर्जुमा गरिएको छ । ज्यान मार्ने, अनुहार कुरुप बनाउने, अङ्गभङ्ग तुल्याउने नियत राखेर तेजाब छ्यापिएमा २० वर्षसम्म कैद र १० लाख जरिवाना निर्धारण गरिनेछ,” मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

त्यसमा आँखा, नाक, कानलगायत संवेदनशील अङ्गमा क्षति पुर्‍याएमा त्यसमा छुट्टै सजाय तोकिएको छ ।

मौजुदा कानुन ( फौजदारी अपराध संहिताको दफा १९३)मा तेजाबसम्बन्धी कसुरमा अपराधको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । र, बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्ने प्रावधान छ ।

यतिले मात्र पीडितलाई न्याय नहुने भएको कडा कानुन तर्जुमा गरिएको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयले बिक्री वितरण नियमन गर्न अलग्गै कानुन तयार गरेको छ । अध्यादेशमार्फत् ल्याउन लागिएको कानुनमा तेजाब बिक्री वितरणमा कडाइ गरिनेछ । कानुनको प्रावधानविपरीत बिक्रीवितरण गरे सजाय र जरिबानाको व्यवस्थापन गरिएको मन्त्रालयको भनाइ छ ।

अध्यादेश अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ

बाह्रखरी

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...