नेकपाले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक तलब दिने

wwwjerungfilmswwwjerungfilms 20 Sep 2020

२०७७ असोज ४ आइतबार,  काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट सुरु भएको सचिवालय बैठकमा एजेन्डाकै रूपमा यसले प्रवेश पाएको छ  । तेस्रो नम्बरको कार्यसूचीमा रहेको एजेन्डामा नेकपाका केन्द्रीय सदस्यहरूलाई मासिक रूपमा पारिश्रमिक वापत् सुविधा उपलब्ध गराउने विषय रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

“राजकीय, संवैधानिक पदमा नरहेका, व्यापार व्यवसायमा आवद्ध नभएका र विशुद्ध पार्टी काम (होलटाइमर) रहेकाहरूलाई तत्कालीन एमालेले पार्टीले कोषबाट निर्वाह खर्च उपलब्ध गराउने गर्थ्यो । एकीकरणपछि दिएको थिएन,” केन्द्रीय सदस्य नीरज आचार्यले भने ।

साविक नेकपा (एमाले)ले राजकीय जिम्मेवारीमा नरहेकाहरूलाई निर्वाह खर्च भनेर मासिक १० हजार रुपैयाँ दिने गर्थ्यो । नवौं महाधिवेशनपछि पनि एमालेले यसलाई निरन्तरता दिएको थियो । एकीकरणपछि यो क्रम टुटेको थियो ।

साना कम्युनिस्ट पार्टीहरूले पनि नियमित रूपमा सदस्यहरूलाई मासिक खर्च उपलब्ध गराउँदै आएको छ ।

श्रोत बाह्रखरी

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...