पहिरोमा २८ बेपत्ता, सिन्धुपाल्चोकमा आईतबार बिहान पहिरो गयो |

wwwjerungfilmswwwjerungfilms 13 Sep 2020

२८–भदौं सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमाका तीन गाउँमा पहिरो जाँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने २८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो गएको हो । सबैभन्दा बढी क्षति भएको नागपूजेमा पहिरोले सात घरमा क्षति हुँदा १९ जना बेपत्ता भएको र एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

नागपूजेमा वर्ष ६२–६३ की भक्तिमाया श्रेष्ठको शव भेटिएको उनले बताए । यस्तै भिरखर्कमा आइतबार बिहान चारबजे तिर गएको पहिरोमा परेर २३ वर्षकी जुनु बिकको ज्यान गएको छ । त्यहाँका दुई घर बगाउँदा ६ जना बेपत्ता भएको डिएसजी सापकोटाले जानकारी दिए । यसैगरी नेवा टोलकी ६० वर्षे सर्किनी नेवारको शव फेला परेको छ ।

त्यहाँका दुई घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरो गएका स्थानमा आर्मी, प्रहरी, सशस्त्र परिचालन भएको जानकारी दिए । प्रभावितको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ । सन्धुपाल्चोकको लिदीमा गएका साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...