कक्षा ११ को भर्ना धमाधम गरिदै यो वर्ष एसईईको नतिजामा विश्वास नलागेपछि ८ र ९ को समेत नतिजा चाहिने

wwwjerungfilmswwwjerungfilms 9 Sep 2020

२४ भदौं–काठमाण्डौं । एसइईको नतिजा प्रकाशनसँगै उपत्यकामा कक्षा ११ को धमाधम भर्ना गर्न थालिएको छ । यो बर्ष विद्यालयहरुले आफ्नो मनोमानी नम्बर दिए पछि कलेजले विश्वास नलागेर कक्षा ८ र ९ को समेत नतिजा माग्न थलेको छ ।

गत वर्षसम्म एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने गरेको थियो। तर यस वर्ष उपत्यकाका कलेहरूले एसइईको नतिजामाथि विश्वास गर्न सकेका छैनन्। त्यही भएर विद्यार्थीसँग कक्षा ८ र ९ को समेत नतिजा मागेका छन्।

कतिपय कलेजले विद्यार्थी भर्नाका लागि कक्षा १० सँगै ८ र ९ को नतिजा मागेका छन्। कतिपय कलेजले छात्रावृत्ति उपलब्ध गराउन भन्दै तल्लो कक्षाको नतिजा मागेको बताउने गरेका छन्। जुनसुकै बहानामा तल्लो कक्षाको नतिजा मागिए पनि मुख्य कारण भने यसपालिको एसइई नतिजामा विश्वास गर्न नसक्नु नै हो।

केही कलेजले कक्षा ८ र ९ को नतिजा नमागेर कक्षा १० कै पाठ्यक्रममा आधारित भएर विद्यार्थीसँग पुनः लिखित परीक्षासहित अन्तर्वार्ता लिइरहेका छन्।

यसअघिको भर्नामा यस्तो कहिल्यै गरिएको थिएन। माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले यस वर्ष विद्यार्थीसँग कक्षा ११ मा भर्ना हुन कक्षा ८ र ९ को नतिजासमेत मागेको छ। स्कुलको वेबसाइटमै विद्यार्थीले आफ्नो एसइईको नतिजासाथै कक्षा ८ र ९को नतिजासमेत अपलोड गर्न निर्देशन दिइएको छ।

लगनखेलस्थित अक्सब्रिज कलेजले भने कक्षा ११ मा छात्रावृत्ति दिने भन्दै कक्षा ८ को नतिजा मागेको छ।

ललितपुरस्थित मानभवनस्थित प्रसादी कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीसँग कक्षा १० कै पाठ्यक्रममा आधारित रहेर अनलाइनबाटै लिखित परीक्षा र अन्तर्वार्ता लिइरहेको छ। गोल्डेनगेट कलेजले अनलाइन प्रवेश परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित भएर लिइरहेको छ।

कालोपुलस्थित जेभियरले अनलाइन फाराम संकलन गरेर अनलाइनबाटै प्रवेश परीक्षा लिने तयारी गरेको छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...