कोरोनाबाट एक पत्रकारको मृत्यू

wwwjerungfilmswwwjerungfilms 8 Sep 2020

२२ भदौ–काठमाण्डौं । कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुमा एक जना पत्रकारको मृत्यु भएको छ। तीन दशकदेखि कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले जानकारी दिए।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन्। थापाका अनुसार मृत्यु भएका ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थिए। उनका दुई छोरा कोरोना संक्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसिरहेका थिए। कोरोना संक्रमणको आशंका लागेर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशीक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन। उनका दुई छोराले पीपीइ लगाएर उनको दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...