लकडाउनको लामो समयपछि बहराइनका राजकुमार जम्बो टोली सहित सगरमाथा चढ्न आउदै

wwwjerungfilmswwwjerungfilms 5 Sep 2020

२० भदौं–काठमाण्डौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा करिब दुई महिनाको लागि नेपाल आउँदै छन्। बहराइन सेनाको कमाण्डर समेत रहेका राजकुमार १८ जनाको टोलीको नेतृत्व गरी हिमाल आरोहणका लागि नेपाल आउन लागेका हुन्।

कोभिड १९ को कारण केही महिनायता हिमाल आरोहणमा रोक लगाइएको भएपनि पर्यटन विभागले केही दिनअघि ६ जनाको विदेशी टोलीलाई माउन्ट वरुण आरोहणको अनुमति दिएको थियो।

त्यसअघि नै पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्तावमा मन्त्रीपरिषदले रोयल गार्ड बहराइनको टिमलाई चार्टर्ड उडान गरी नेपाल आउन अनुमति दिइसकेको छ।

हिमाल आरोहण गर्ने रोयल गार्ड बहराइनको टोलीको नेपालमा स्थानीय एजेन्सी सेभेन समिट ट्रेकर्स हो। जसको अध्यक्ष विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने पहिलो नेपाली मिङ्मा शेर्पा हुन्।

शेर्पाका अनुसार राजकुमारको टोली नेपालमा सेप्टेम्बर १६ अर्थात् यही भदौ ३१ मा आउनेछ। अहिले कोभिड १९ को संक्रमको बेला विदेशबाट नेपाल आउनेले स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गरेरै हिमाल आरोहण गर्नेछन् 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...