राष्ट्रिय मानब अधिकार आयोगको अध्यक्ष अनुपराज शर्माको प्रतिज्ञा सुचिउन्मुख ४४ जातिहरुको सुचिकरण बिषय मुख्य एजेण्डाको रुपमा अगाडी बढाउने |

wwwjerungfilmswwwjerungfilms 3 Aug 2020

जेरुङ फिल्मस सम्बाददाता, १९ साउन २०७७, काठमाडौँ | राष्ट्रिय मानब अधिकार आयोगको कार्यालय हरिहर भवन ललितपुरमा सुचिउन्मुख ४४ जातिहरुलाई नेपाल सरकारले सूचीकरण गरी समुदायको मौलिक हक अधिकार सहित जातीय पहिचानको सुनिस्चित गरिदियोस भनि राष्ट्रिय आदिबासी जनजाती महासंघले डेलिकेसन सहित ज्ञापनपत्र बुझायो |  

राष्ट्रिय आदिबासी जनजाती महासंघको नेतृत्वमा आदिबासी किरात महासंघका पदाधिकारीहरुको उपस्थितिमा राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधान न्यायधिस अनुपराज शर्मा ज्यु समक्ष राष्ट्रिय आदिबासी जनजाती महासंघ र आदिबासी किरात महासंघका अध्यक्ष चन्द्रसिंह कुलुङले ज्ञापनपत्र बाचन गरी आयोगका अध्यक्ष ज्यु समक्ष पेश गर्नु भएको थियो |

आदिबासी किरात महासंघका महासचिब धिरेन सुस्तोचा वाहिङ र नैन सेटाल्चु जेरुङले समेत  समुदायहरुको मौलिक हक अधिकारका लागि  सुचिउन्मुख, अल्पसंख्यक, लोपन्मुख, सिमान्तकृत जातिहरुलाई सूचीकरण गरियोस भनि विचार पेश गरेको थियो भने अन्य सहभागीहरुले समर्थन गर्नु भएको थियो |

आयोगका अध्यक्ष अनुपराज शर्मा ज्युले ज्ञापनपत्र बुझेपछि नेपालको इतिहासलाई ब्याख्या गर्दै भन्नु भयो  नेपालको सन्दर्भमा जिम्मेवारी तथा पदबिया हिसाबले जाति बनेको कुरा सत्य हो र यो बिषय आदिबासी जनजातीमा मात्र नभएर अन्य जातिमा पनि यो समस्या भेटिन्छ तथापी किरात समुदायमा राई पदवीलाई जाति बनेकोले वास्तविक पहिचान हराएर गइरहेको विश्लेषण गर्नु भयो |  

त्यसकारण आदिबासी जनजाती समुदायहरुको, समुदायक अधिकार सहित मानब अधिकारका बिषय संबेदनशिल रहेको र हरेक समुदायहरुको मौलिक हक अधिकार र पहिचानलाई सम्मानजनक उनीहरुको भाषा सस्कृति परम्परागत ज्ञानसिप मुल्यमान्यतालाई राज्यले संरक्षण गरी हरेक तहमा सहभागीता जनक अधिकारलाई सुनिश्चित पार्नु पर्छ |

अन्तरास्ट्रिय महासन्धि आइ एल ओ १६९ लाई नेपाल सरकारले हस्ताक्षर गरेकोले समुदायक अधिकारलाई कुण्ठित पर्नु नहुने बताउदै अबको मुख्य एजेण्डाको रुपमा सुचिउन्मुख ४४ जातिलाई सूचीकरण गर्ने बिषयलाई अगाडी बढाउने प्रतिज्ञा गर्नु भयो |

सहभागी
०१, चन्द्रसिंह कुलुङ ०२, सुर्य कुलुङ ०३, भलाकाजी थुलुङ ०४, धिरेन सुस्तोचा वाहिङ ०५,  नैन सेटाल्चु जेरुङ ०६, सुजन खालिङ ०७, डेकेन्द्र मेवाहाङ ०८,  दिलिप खवास ०९, कृष्ण बाहिङको उपस्थिति थियो |

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...