राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

wwwjerungfilmswwwjerungfilms 3 May 2020


राज कुमार राई,२१,बैशाख –काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् । संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था सरकारले मिलाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...