उद्योग व्यावसायीको बैंकको ऋण मिनाहा गरेर सरकारले व्यावसायीलाई सहयोग गर्नुपर्ने सामाजसेवी तथा व्यावसायी रोक्काको माग

wwwjerungfilmswwwjerungfilms 2 May 2020


राज कुमार राई,२०,बैशाख–काठमाण्डौं । समाजसेवी तथा गरिबका सारथी बनेका व्यावसायी गोकुल रोक्काले उद्योग व्यावसायीलाई सरकारले विशेष छुट दिएर सहयोग गर्न आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमनको कारण लामो समय लकडाउनले सबै क्षेत्रका उद्योग व्यावसायीहरु मारमा परेकोले व्यासाय उकास्नका लागि आर्थिक तथा प्राविधिक दुवै क्षेत्रमा सरकारले सहजीकरण गरि सहयोग गर्न रोक्काले अपिल गरेका हुन् ।

समाजसेवासँगै गोकुल रोक्का प्लाई तथा फर्निचर व्यावसायी हुन् । उहाले सम्बृद्धि प्लाई हाउससँगै ऋषव एग्रो भेट समेत सञ्चालन गर्दै आएका छन् । कलाकारिता,राजनीति क्षेत्र,समाजसेवा र व्यावसायसँगै विभिन्न क्षेत्रमा सफल पाईला चाल्दै आएका रोक्काले लामो समय लकडाउनको कारण व्यावसायमा ठूलो धक्का लागेकोे बताएका छन् । विकासको मुख्य मेरुदन्द नै उद्योग व्यावासाय भएकोले व्यावसाय नफस्टाएसम्म आर्थिक समृद्धि नहुने पनि रोक्काले बताए ।

देशको समग्रह आर्थिक अवस्था तहसनहस भएकोले. यसलाई उकास्न सरकारले मुख्य प्राथामिक्तामा उद्योग व्यावसायलाई राख्नु पर्ने रोक्काले कलाखबरसँग बताए । व्यावसायी रोक्काले निरन्तर लकडाउनका कारण उद्योग व्यावसायीहरुमा बैंकको व्याँज,घरभाडा,तथा स्टाफ खर्च हरेक कुराले व्यावसायी ठूलो मारमा परेको बताए ।

यसतो विसम परिस्थितिलाई मध्य नजर राख्दै सरकारले ब्यावसायीहरुको बैंक ब्याज मिनाहा तथा करमा छुट गर्न पहल गर्नुपर्ने पनि रोेक्काले बताएका छन् । विभिन्न उद्योग तथा कलकारखानामा काम गर्ने मजदुरहरु यतिखेर हात बाँधेर बसेका छन् । सबै व्यावसाय चौपत छ । यो अवस्थामा काम गर्ने मजदुर पनि बिजोग भएको रोक्काले बताए । काम गरेको छैन,व्यापार पनि भएको छैन भनेर मजदुरहरुलाई पारिश्रमिक दिन्न पनि भन्न नमिल्ने उहाँले बताए ।

सम्बृद्धि प्लाई हाउस र ऋषव एग्रोभेटमा कार्यरत आफ्नो कर्मचारीलाई चैत्र महिनाको पुरै तलब दिई सकेको र बैशाख महिनाको चाँही आधा तलब दिने पनि रोक्काले बताए । यो माहामारीको अवस्थामा कामदारको तलब रोक्का गर्दा उनीहरुको घरखर्च तथा कोठा भाडा समस्या हुने उहाले बताए ।

रोक्काले हाल माहामारीको चपेटामा पिल्सिएर अठ्यारोमा परेका विभिन्न परिवारलाई राहत दिएर सहयोग गरि सकेका छन् । हरेक चाडबाड तथा आफ्नो जन्मत्सवको अवसरमा समेत विभिन्न बृद्धबद्धा एबम् बालआश्रम जस्ता ठाँउमा अनाथ बालबालिकाहरुको समेत उद्धार गरेका समाजसेवी रोक्काले यो कलडाउनको अवधीमा पनि २५ परिवालाई नुन,तेल,दाल र २५ बोरा चामल सहित राहत सहयोग गरेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...