सरकारको आँखा नपुगेको ठाउँमा समाजसेवी तथा धर्म गुरु थुप्टेन लामाको सहयोग

wwwjerungfilmswwwjerungfilms 23 Apr 2020

जेरुङ फिल्मस संवाददाता,११,बैशाख–काठमाण्डौं । हाल क्यालोफोर्निया निबासी धर्म गुरु तथा समाजसेवी थुप्टेन डोनियो लामाको आर्थिक सहयोगमा मंगलबार राहत वितरण गरिएको छ । ज्याला मजुरी गरेर खाने पीडित सात परिवारलाई राम्रो नराम्रो कुरा अनलाइन चौतारीको माध्यमबाट राहत वितरण गरिएको हो । सरकारले राहत नै नदिएका ज्याला मजदुरी गरेर खाने सात परिवारलाई गोर्कणेश्वर नगरपालिका स्थित पयौटारमा राम्रो नराम्रो कुरा अनलाइन च्यानलको माध्यमबाट राहत वितरण गरिएको हो ।

समाजसेवी थुप्टेन लामाले पठाएको पैसाले राशन किनेर राम्रो नाराम्रो कुरा च्यानलका सञ्चालक श्याम कुलुङले राहत वितरण गरेका थिए । राहत पाउनेहरुमा नुरी कुलुङ,राजेन्द्र भण्डारी,लाख धन राई,पसी राई,हस्ता कुमारी कुलुङ,तिरा राई,भानु जेरुङ आदी रहेका थिए । राहत पाएपछि पीडित परिवार निकै खुशी भएका थिए । सरकारले वितरण गरेको राहत आफूहरुले हात पार्न नसकेको बेला व्यक्तिगत तर्फबाट राहत दिलाएको भन्दै पीडितहरुले थुप्टेन डोनियो लामालाई धन्यबाद दिएका थिए ।

किन हात पार्न सक्नु भएन ? भनेर सोधिएको प्रश्नमा वडाले अनावश्यक घर धनीको धनीपुर्जा,नागरिकता,सम्झौता पत्र, घर धनीको हस्ताक्षर जस्ता मागेर उल्टै दःख मात्र दिएको पीडितहरुले बताए । राहतको स्रोत खोजेर यो आपतकालिन अवस्थामा आफूहरुको छाक टारेको भन्दै पीडितहरुले श्याम कुलुङलाई पनि धन्यबाद दिए । जवाफमा श्याम कुलुङले विशेष गरी धन्यबादको पात्रो स्थाई घर सोलुखुम्बु भई हाल अमेरिकाको क्यालोफोर्निया निवासी थुप्टेन डोनियो लामा रहेको बताए ।

लामाको आर्थिक सहयोगमा मंगलबार प्रति व्यक्ति १० केजी जिरा मसिनो चामल, १ लिटर तेल,१ केजी नुन,२ केजी दाल ७ परिवारलाई वितरण गरिएका थिए । राहत वितरण गर्न टेलिभिजन पत्रकार तथा कला संगम मल्टि मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक राज कुमार राई पनि पुगेका थिए । विभिन्न जिल्लाका ज्याला मजदुरी गरेर खानेहरु यो ठाउँमा रहेकाले त्यो ठाउँमा राहत भाडन राम्रो नराम्रो कुरा अलनाइन च्यानलसँग अनुरोध गरिएको पत्रकार राईले बताए ।

राईको सहकार्य र पहलमा त्यो ठाउँका मजदुरहरुलाई राहत वितरण गरिएको हो । अमेरिकाको डेलेक चिल्ड्रिन फाउन्डेशन संस्थाका सञ्चालक समेत रहेका लामाले २००९ सालबाट विभिन्न यस्तै पीडितहरुलाई आर्थिक तथा लट्टाकपडा,राशन जस्ता धेरै सहयोग गर्दै आएको राम्रो नराम्रो अनलाइन चौतारीका सञ्चालक तथा सामाजिक अभियन्ता श्याम कुलुङले बताए ।

विभिन्न ठाउँका पीडित वालबच्चाहरुको पालनपोषण तथा शिक्षादिक्षामा लामाले सहयोग गर्दै आएको छ । यो संस्थाबाट उठेका रकम विश्वासको आधारमा राम्रो नराम्रो अनालाइन चौचारीमा पठाए पछि धेरै यस्तै पीडित तथा दुखीहरुलाई वितरण गर्दै आएको पनि कुलुङले जानकारी दिए । अरु युटयूवरहरुले् हेमा काण्ड,पूण्य गौतम काण्ड,अघोरी बाबा जस्ताको पिछा गर्दै भ्रम फैलाएर सारा मिडियाको बेइजत फाली रहेको बेला राम्रो नराम्रो कुरा च्यानल भने नमुना रुपी काम गरेको पत्रकार राइले बताए ।

यो च्यानलले विभिन्न ठाउँको कुना कुनामा पुगेर वास्तविक पीडितहरुको आवाज उठाएको छ । दुःखीहरुको पीडा बोलेको छ । रोगको सिकार भएकाहरुको उपचारमा जुटेको छ । त्यही कारण राम्रो नराम्रो कुरा अनलाइन सबैको दुःख पीडा बिसाउने एउटा साझा चौतारी समेत बनेको राईको भनाई थियो ।

यही चौतारीमा आफ्नो दुःख पोखाउन आएकाहरुको लागि विभिन्न स्रोत तथा सहयोगी दाताहरु खोजेर पीडितहरुको उद्धारकार्यमा यो च्यानल लागीपरेको छ । सबै आम दर्शकहरु तथा सहयोगी दाताहरुले धेरै बिश्वास गरिसके पछि आफ्नो घरपरिवार समेत भुलेर दीन दुःखीहरुको सेवामा लागी रहेको सामाजिक अभिन्यता तथा राम्रो नराम्रो कुरा च्यानलका सञ्चालक श्याम कुलुङले बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...