वर्ल्डलिंक इन्टरनेट पैसामा बिक्न थाल्यो,समयमा पैसा नतिर्नेको धमाधम सेवा बन्ध गराउदै

wwwjerungfilmswwwjerungfilms 14 Apr 2020


राज कुमार राई, २ बैशाख काठमाण्डौं । लकडाउनको आपतकालिन अवस्थामा कनै पनि सेवा प्रदायक कम्पनीहरुले बत्ति,टेलिफोन र इन्टरनेट सेवामा छुट दिनु भनेर सरकारले घोषणा गरि रहेको अवस्थामा वल्र्डलिंङ्क कम्पनीले घात गर्न थालेका छन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई इन्टरनेटमा ग्राहकलाई सुविधा दिन आग्रह गरिरहेको बेला वर्ल्डलिंकले भने पैसा नबुझाउने ग्राहकको लाइन नै धमाधम काटिन थालेका छन् । बीना जानकारी सेवा बन्ध गर्न थाले पछि ग्रहकले चर्को गुनासो गर्न थालेका छन् ।

लकडाउनको सुरुका केही दिनमा लाइन नकाटेको वल्र्डलिंकले लाइन काट्नथालेपछि अहिले पैसा सिद्धिएका ग्राहक इन्टरनेट पहुँचबाट वञ्चित भएका हुन् । त्यस माथी पनि साह्रै ढिलो चल्ने वल्र्डलिङ्कले सेवाग्राही ग्राहको सन्तुष्टि नमेटाएको माथी पनि अहिलेको आपतकालिन अवस्थामा मनपरी लाइन काटन थाले पछि अहिले यो कम्पनीको चौतर्फी बिरोध हुन थालेका छन् ।

सरकारको नियम विपरीत कार्य गर्ने यस्तो कम्पनीलाई आवश्यक कार्बाही गर्नुपर्ने ग्राहकहरुले माग गरेका छन् । लकडाउनको बेलामा पनि मुलुकभरका विभिन्न शाखा निश्चित समयको लागि खुलेको र अनलाइन भुक्तानी समेत गर्न सकिने भएकाले ग्राहकलाई शुल्क पछि तिर्ने कुनै सुविधा नभएको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए। यसबाट के पुष्टि हुन्छ भने ग्राहकको सेवामुखी नभएर व्यापारी पैैसामुखी वल्र्डलिङ्क कम्पनी भएको प्रस्तै बुझिन्छ ।

वल्र्डलिंकले अनलाइन वा शाखामा पुगेर मासिक शुल्क तिर्न सकिने भने पनि सहज भने नभएको ग्राहक बताउँछन्। सबै ग्राहकले अनलाइनमार्फत पैसा तिर्न सक्दैनन्। अर्कोतिर, वर्ल्डलिंकले भने जस्तै शाखा पुगेर शुल्क तिर्न सक्ने अवस्था छैन।

सरकारले लकडाउनमा कडाइ गरेकाले नजिकको शाखा पुग्न सक्ने अवस्था नै छैन। प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले इन्टरनेटको शुल्क तिर्न भनेर कोही पनि बाहिर हिँड्न नपाउने बताए।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...