चीनको अवस्था सामान्य भएपछि सिनेमा हलमा चल्ने पहिलो बलिउड फिल्म ‘सुपर-३०’

wwwjerungfilmswwwjerungfilms 13 Apr 2020

एजेन्सी मुम्बई,  बैशाख १ सोमबार २०७७, काठमाण्डौ | लामो समय बन्द भएको कोरोना भाइरसको उद्गम देश चीन विस्तारै चलमलाउन थालेको छ।  लकडाउनले त्यहाँका मात्र हैन, संसारभरकै सिनेमा हलहरू बन्द भएका छन्।

तर चीनमा स्थिति सामान्य हुँदै जाने क्रम बढेको छ। चीनको अवस्था सामान्य भएसँगै सिनेमा हलहरू खुल्नेछन्। यही क्रममा चीनमा बलिउड फिल्म पनि रिलिज हुनेछ।

कोरोना त्रासपछि खुलेका हलमा सबभन्दा पहिले लाग्ने बलिउड फिल्म ऋतिक रोशनको ‘सुपर ३०’ हुने हिन्दुस्तान टाइम्सले लेखेको छ।

रिलायन्स इन्टरटेन्मेन्ट ग्रुपका सिइओ शिवाशिष सरकारले यो खबर पुष्टि गरेका हुन्। ‘सुपर-३० चीनमा सेन्सरसीपका लागि पठाइएको थियो,’ सरकारले भनेका छन्, ‘जब चीनको अवस्था सामान्य भएर सिनेमा हल खुल्नेछन्, यसले सेन्सरसीप अनुमति पाउनेछ र देशभर रिलिज हुनेछ।’

‘सुपर-३०’ ऋतिक रोशनद्वारा अभिनित पहिलो ‘बायोपिक’ हो। यो गणितविज्ञ आनन्द कुमारको जीवनमा आधारित छ। फिल्मले भारतमा एक सय करोड भारूको व्यापार गरेको थियो।  साभार सेतोपाटी

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...