विश्वभर कोरोनाबाट मृत्यू हुनेको संख्या एक लाख नाघ्यो,संक्रमित संख्या १६ लाख भन्दा बढी

wwwjerungfilmswwwjerungfilms 11 Apr 2020

 चैत्र २९ शनिबार, २०७६ –काठमाण्डौं । विश्वभर महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट मृत्यू हुनेको संख्या अहिले एक लाख नाघीसकेको छ । आज सम्मको विश्व तथ्याङ्क अनुसार मृत्यू हुनेको संख्या १,०२७३४ र संक्रमितको कुल संख्या १६,९९,६७६ पुगेको छ ।

विभिन्न मुलुकमा ठूलो संख्यामा मानिसको मृत्यू भई रहेको अवस्थामा नेपालमा भने कसैले पनि अहिले सम्म ज्यान गुमाउनु परेको छैन । कुनै पनि कोरोना संक्रमित बिरामी पहिचान हुनु भन्दा अगाडी नै सावधानी अपनाउदै सरकारले लकडाउन घोषणा गरेकोले अहिले सम्म कसैले ज्यान गुमाउन नपरेको विभिन्न स्वस्थ विज्ञहरु बताउछन् ।

नेपालमा अहिले सम्म ३,५२५ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ९ जनामा मात्र कोरोना भाइरस भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । संक्रमित ९ जना मध्य एक जना निको भएर पनि घर फर्कि सकेका छन् भने बाँकी ८ जनाको पनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले बताउदै आएको छ ।

नेपालमा कोरोनाको कारण मृत्यू हुनेको संख्या अहिले सम्मको तथ्याङ्क अनुसार शून्य नै रहेको छ ।

कलाखबर

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...