नेपालको बिभिन्न अस्पतालहरुमा नेफिन कोरिया द्घारा स्वास्थ सामाग्री सहयोग

wwwjerungfilmswwwjerungfilms 10 Apr 2020

२८ चैत २०७६ काठमाण्डौ । नेपालको बिभिन्न अस्पतालहरुमा नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले पिपिइ लगाएतका स्वास्थ सामाग्रीहरु उपलब्ध गराएको छ । आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिनु भयो ।


तिब्र गतिमा फैलिदै गईरहेको कोरेना भाईरस (कोभिड १९) संक्रमित बिरामी नेपालमा चेक जाँच तथा उपचारको लागी पिपिई लगाएत स्वास्थ सामाग्री अभाबका भईरहेको बेला नेपालको बिभिन्न अस्पतालहरुमा उक्त सामाग्री उपलब्ध गराएको हो ।


अहिलेपनीे नेपालका कतीपय अस्पतालमा स्वास्थकर्मीहरुले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिइ) नभएको कारण स्वास्थकर्मीले बिरामी जाँच्न आनाकानी गरिरहेका छन् ।
नेपालमा आदिबासी जनजाति चलचित्र महासंघ मार्फत बितरण गरिएको स्वास्थ सामाग्रीमा दुई सय पचास थान पिपिई, ५०० थान माक्स, २० थान सेनिटाईजर लगाएतका बस्तुहरु उपलब्ध गराईएको थियो ।


सामाग्रीहरु सशस्त्र प्रहरी बलको नेपाल एपिएफ अस्पताल बलम्बु, धुलिखेल हस्पिटल धुलिखेल, कान्ती बाल अस्पताल महाराजगन्ज, मेडिकियर अस्पताल चाबहिल, स्तुपा सामुदायिक अस्पताल बौद्घ, सेचेन क्लिनिक तथा हस्पिटल बौद्घ, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा बितरण गरिएको छ ।


त्यसैगरि प्रदेश १ मा बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम, गण्डकी प्रदेशमा पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक ंअस्पताल सुर्खेत, र सुदुरपश्चिम प्रदेशकामा सेती प्रादेशिक अस्पताल धनगढी लाई बितरण गरिएको आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार बताएका छन ।


संसारभर कोरोना भाईरसको महामारीले सताईरहेको र नेपालमा पनी यसले ठुलो संकट ल्याएको हुदाँ उपचारमा स्वास्थकर्मी हरुको मनोबल बढाउन सहयोग गरिएको नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्दुप शेर्पाले बताए ।

यो अभियानमा कोरियामा रहने धेरै नेपालीहरुको पनी सहयोग रहेको उहाँले बताएका छन । कोरोना भाईरसको महामारी फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गते देखी देश भरी लकडाउन भएको घोषणा गरको छ । लकडाउन सँगै नेपालमा कारोना भाईरस प्रतिरोधी स्वास्थ उपकरण तथा सामाग्रीहरुको पनी अभाबको देखिएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...