दुई दिदीबहिनीहरुले गरेको कामको सुर्खेत जिल्ला चिङ्गाड गाउँपालिकाद्वारा प्रशंसा

wwwjerungfilmswwwjerungfilms 10 Apr 2020

राज कुमार राई ,२८,चैत्र–सुर्खेत । दुई मनकारी युवतीहरु गीता रिजाल र सीता रिजालले विपन्न परिवारलाई राहत वितरण गरेका छन् । सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका वडा नं २ मा बुधबार यी यवतीहरुले राहत वितरण गरेका हुन् । उनीहरु दिदी बहिनीहरु हुन् ।

यी अविवाहित युवतीहरु सीता दिदी हुन् भने् गीता बहिनी हुन् । लामो समयदेखि विभिन्न समाज सेवामा तल्लीन यी दुई दिदीबहिनीहरुले आफ्नो व्यक्तिगत तर्फबाट विपन्न परिवारका लागि राहत वितरण गरेको कलाखबरलाई जानकारी दिए ।

लकडाउनले मानव जीवन अस्तव्यस्त बनाए पछि ज्याँला मजदुरी गरेर खानेहरुको स्थिति नाजुक देखेर आफ्नो भित्री ह्रृदयदेखि व्यक्तिगत तर्फबाट राहत सामाग्री वितरण गरेको समाज अभियन्ता तथा गायीका समेत रहेकी गीता रिजालले बताइन् ।

उनी केही समयदेखि समाजसेवासँगै गीतसंगीत तथा साहित्य सृजनामा समेत सशक्त ढंगले अगाडी बढ्दै आईरहेकी छन् । ठूलो मनकारी यी दिदीबहिनीहरुले अत्ति समस्यामा परेका २० घरधुरीका लागि राहत प्याकेज छुटाएका हुन् ।

२० घरधुरीका लागि,२० बोरा,चामल,२० लिटर तेल,२०, के जी दाल ,२० प्याकेट नुन र २० प्याकेट साबुन चिङ्गाड गाउँपालिका अध्यक्ष देव बहादुर चन्दलाई बुझाएका हुन् । राहत सामाग्री बुझ्दै यसरी आफ्नो व्यक्तिगत तर्फबाट दीनदुःखी जनताको लागि खाइनखाइ सेवा गर्ने यी दिदीबहिनी नै पहिलो व्यक्ति हुन भन्दै पालिका अध्यक्षले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

जस्तो नाम त्यस्तै प्रशंसनीय काम पनि गरेको भन्दै यसलाई पालिकाले मूल्यङ्कन गर्ने अध्यक्ष चन्दले बताए । यस्तै सबै सहयोगीहरुबाट गाउँपालिकामा संङ्कलन भई रहेको रातह अब सम्बधित वडालाई बोलाएर वितरण गर्ने पनि उहाँले बताए । पहिल्यैदेखि समाजसेवामा आबद्ध हुदै आएकोले यसरी आफूले सकेको सहयोग दीनदुःखी पीडितहरुलाई गर्न पाउदा साह्रै खुशी लागेको समाजसेवी सीता रिजालले बताइन् ।

सानैदेखि विभिन्न सामाजिक कार्यमा लागेकोले यस्ता दीनदुःखीहरुको पीडा आँखाले टुलुटुलु हेरिरहन आफूहरुको मनले नमान्ने पनि रिजालले बताइन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...