अलपत्र नागरिकलाई निश्चित गन्तव्यमा पुर्‍याउन लागेका हौं

wwwjerungfilmswwwjerungfilms 9 Apr 2020

चैत २७ बिहीबार २०७६,  काठमाडौं । सरकारले अलपत्र नागरिकलाई आफैंले व्यवस्थापन गरेर निश्चित गन्तव्यसम्म पुर्‍याउने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रोजगारी बन्द भएर अलपत्र परेका श्रमिक, उपचार गर्न आएका बिरामी, उनीहरूका आफन्तलाई शुक्रबार र शनिबार उपत्यका बाहिर, उनीहरूको गन्तव्यस्थानसम्म पुर्‍याउने तयारी गरेको जानकारी दिए ।

“उपचार गर्न आएका थिए बिरामी, उनीहरूको आफन्त, जसको रोजगारी गुम्यो, बन्द भयो त्यस्ता श्रमिकहरूलाई निश्चित गन्तव्यसम्म लगेर छाडिदिनेगरी निर्णय गरिएको हो,” ज्ञवालीले बाह्रखरीसँग भने ।

सरकारी योजनामा स्र्कटिङ सहित पठाउने ज्ञवालीले जानकारी दिए ।

सरकारले निश्चित ठाउँसम्म पुर्‍याउने र त्यहाँबाट सम्बन्धित जिल्लाले अर्को जिल्लासम्म गर्दै गन्तव्यमा पुर्‍याउने योजना रहेको उनले बताए । गृहमन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर आवश्यक योजना बनाइरहेको ज्ञवालीको भनाइ छ ।

सामाजिक, भौतिक दूरी, किटाणुशोधनलगायत आवश्यक सबै प्रक्रिया पूरा गरेर अलपत्रको उद्धार गरिने ज्ञवालीले जानकारी दिए 

बाह्रखरी  

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...