घर फर्किन देउ सरकार आफ्नै देशमा मर्छौं, धार्चुलामा अलपत्रहरूको सन्देश ‘ढाट’ नाका खोलिदिनू !

wwwjerungfilmswwwjerungfilms 9 Apr 2020

चैत २७ बिहीबार, २०७६ काठमाडौं । “हामी १२ दिनदेखि धेरै दुःखमा छौं । देश फर्कने आशामा ८० किलोमिटर पैदल हिँडेर आयौं । घर परिवारसँग सम्पर्क हुन पाएको छैन । घर–परिवार रोइरहेका होलान् । हामी आफ्नै देशमा फर्कन चाहन्छौं ।

 आफ्नै घरमा क्वारेन्टाइनमा बस्छौं । आफ्नै खर्चमा उपचार गर्छौं । मरे पनि आफ्नै देशमा मर्छौं । हामी देश आउन चाहन्छौं ढाट (नाका) खोलिदिनू । हामीलाई आफ्नै देश फिर्ता गरिदिनू ।”यो याचना बझाङ, बुङल गाउँपालिका वडा नम्बर ८ का पुस्कर कामीको हो ।

भारतमा कोरोनाले आतङ्क मच्चाएपछि देश फर्किएर आएका पुस्कर धार्चुलाको बलुवाकोट महाविद्यालयमा भारतीयहरूको आश्रयमा छन् । पुस्करमात्र होइन दार्चुला सदरमुकाम खलङ्गाको ठीक पारिपट्टि, भारतको पिथौरागढ प्रशासनले एक हजार ६ जना नेपालीलाई विभिन्न सेल्टरमा बाँडेको छ । 

धार्चुलाको जबाहरसिंह मिनि स्टेडियममा ३ सय २५, बलुवाकोट महाविद्यालयमा ३ सय ७१, जौलजीवीमा २ सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएकोको पिथौरागढ प्रशासनले जनाएको छ । 

उनीहरूलाई दुई छाक खाना र बासको बन्दोबस्त भारतीय प्रशासनले गरेको छ । धार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित गणेशसिंह ठगुन्नाले भारततर्फको उद्योग वाणिज्य संघ, नागरिक समाज र त्यहाँको प्रशासनले गास, बासको प्रबन्ध गरेको जानकारी पाएको बताउँछन् ।

तर, अलपत्रहरूको भनाइ ठीक विपरीत छ । 

भारतीयहरूले दुई छाक खानाको प्रबन्ध गरेको भए पनि अलपत्र नेपालीको सङ्ख्या बढी हुँदा कतिले एकछाकमै चित्त बुझाउनु परेको बताउँछन् । प्रदूषण फैलिएर महामारीको रूप लिन सक्ने उनीहरूको चिन्ता छ । भारतको विभिन्न सहरमा रोजगारीका लागि गएका र कोरोनाको डरले फर्किएका उनीहरूको स्वास्थ्य परीक्षणसमेत भएको छैन ।

थर्मल गनले एकाधको ज्वरो परीक्षण भएको उनीहरूले बताएका छन् । धार्चुलालगायत सीमावर्ती इलाकामा अलपत्र परेका नेपालीलाई सके देशभित्र प्रवेश दिनु नसके उतै क्वारेन्टाइनसहितको प्रबन्ध मिलाउनु भनेर सर्वोच्चले पनि आदेश दिइसकेको छ । 

धार्चुलामा अलपत्र नागरिकहरूले न्यूनतम सुविधासमेत नपाएको जिकिर गरिरहेका छन् । देशभित्र ल्याउन याचना गरिरहेका छन् । “हामीले मुस्किलले खान खान पाइरहेका छौं । बस्ने ठाउँ क्वारेन्टाइनजस्तो छैन । सरकारले बस्दा एक मिटरको दूरी कायम गर्नुपर्छ भनेको छ । तर यहाँ एक मिटरको दूरीमा पाँचजना अटाउनुपर्छ । सुत्दा त त्यो संख्या अझै बढी हुनसक्छ,” बंगल नगरपालिका वडा नम्बर ८ का सुवास विश्वकर्मा बताउँछन् ।

साभार बाह्रखरी

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...