चाईनाको बुहान सहरमा लकडाउन हटयो,सबै देशबासी जनतामा छायो खुशी

wwwjerungfilmswwwjerungfilms 9 Apr 2020

२७,चैत्र– बुधबार २०७६  काठमाण्डौं । कोरोना भाइरसको महामारी सुरु भएको करिब तीन महिना पछि चिनको लकडाउन हटाइएको छ । चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको बिबिसी न्यूसले जनाएको छ ।

सोमबार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेपछि मंगलबार प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो।  तर मंगलबार फेरि २ छ जनाको कोरोनाको कारण ज्यान गएको वल्ड मिटर्सको तथ्याङ्कले देखाएको छ ।

गत जनवरीदेखि वुहान सहर पूर्णतया लकडाउनमा थियो । त्यहाँ महामारी नियन्त्रण आइसकेकोले लकडाउन खुकुलो पारिएको बताइएको छ । यससँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् ।

पहिलो पटक वुहानभित्र बन्दी अवस्थामा रहेका मानिसहरु अब अन्यत्र सहरमा जान सक्नेछन् । तर स्मार्टफोनमा व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएका हरूले मात्र यो सुविधान पाउनेछन् ।

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा गत जनवरी २३ देखि पूर्णतया सबैजसो व्यापार, व्यवसाय, यातायातका साधन बन्द गरिएको थियो । मानिसहरुलाई हिडडूल गर्न समेत बन्देज लगाइएको थियो ।

अब विस्तारै वुहान सहरको दैनिकी पुरानै लयमा फर्कन थालेको छ । अहिले चीनमा १ हजार १९० जनामा मात्र कोरोना भाइरसको संक्रमण हरेको पाइएको छ । चीनमा हालसम्म संक्रमितमध्ये ७७ हजार २७९ जना छ निको भइसकेका छन् भने ३ हजार ३३३ छ जनाको ज्यान गएको छ ।  कलाखबर 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...