पत्रकारको लागि राहत प्याकेजको घोषणा

wwwjerungfilmswwwjerungfilms 3 Apr 2020

२१ चैत्र शुक्रबार,   – २०७६  काठमाण्डौं ।  पत्रकारको लागि एक जनप्रतिनिधिले राहत प्याकेजको घोषणा गरेका छन् । देशव्यापी रुपमा लकडाउन रहेको बेलामा पनि राज्यको चौथो अंग भनिएका पत्रकार  स्थलगत पत्रकारीता गरी समाचार सम्प्रेषण गरी जानकारी दिने कार्यलाई पत्रकारले निरन्तरता दिएको भन्दै जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले पत्रकारका लागि विशेष प्याकेज घोषणा गरेका हुन् ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले स्थलगत पत्रकारीता गर्ने पत्रकारका निमित्त कोरोना महामारी अवधि भर काम गर्ने संचारकर्मीलाई एक लाख रुपैयाँको जिवनविमा, लकडाउनको अवधिसम्ममा कुनै किसिमको विरामी परेमा स्वास्थोपचारको निःशुल्क व्यवस्था र सो अवधिभर दैनिक १ लिटर पेट्रोल दिने वडाको बोर्ड वैठकबाट निर्णय गरी विशेष राहत व्यवस्थाको घोषणा गरेका छन् ।

वडाध्यक्ष जानकीराम साहले कोरोना भाइरस संक्रमणको बेलामा सुरक्षानिकाय, चिकित्सकहरु र पत्रकारहरु नै अग्रपंक्तिमा देखिएको र पत्रकार बाहेकका हकमा सरकारले विभिन्न प्याकेजहरुको घोषणा गरेपनि पत्रकारको हकमा कसैले केहि नगरेको देख्दा आफुहरुले वडाको बोर्डको वैठक बसेर पत्रकारहरुको मनोबल बढाउन उद्देश्यले स्थानीयस्तरमा काम गर्नेहरुका लागि केहि राहत व्यवस्था मिलाउने प्रयास गरेको बताए ।

वडाध्यक्ष साहले यसका लागि नेपाल पत्रकार महासंघ धनुषा शाखासंग समन्वय गरेको र महासंघले स्थलगत पत्रकारीता गर्नेहरुको नामावली सिफारिस गरेर दिएमा सो राहत व्यवस्था उपलब्ध गराउने स्पष्ट पारे ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...