उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेल विरुद्ध अख्यितयारमा उजुरी, प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न माग

wwwjerungfilmswwwjerungfilms 3 Apr 2020

राजकुमार राई, चैत्र  २० बिहीबार  – २०७६, काठमाण्डौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री आयातमा ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्द वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार मुद्दा दायर गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी ग्रुपका सञ्चालकविरूद्ध त्रिपाठीले मुद्दा दायर गरेका हुन् ।

उजुरीमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र र ओम्नी बिजनेस समूहका सञ्चालकलाई समेत कारवाहीको माग गरिएको छ ।

प्रमाण नष्ट हुने भएकाले उपप्रधान तथा रक्षा मन्त्री पोखरेललाई तत्कालै हिरासतमा लिएर मुद्दा दायर गर्न उजुरीमा माग गरिएको छ । बजार मूल्यभन्दा महँगोमा खरिद गरेको, गुणस्तरहीन र मापदण्डमा नपरेका किट खरिद भएको अनि सेटिङका आधारमा खरिद गरेर भ्रष्टाचार गरेको आरोप लगाएर त्रिपाठीले मुद्दा दर्ता गरेका हुन ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...